कोरोना प्रभावितलाई जनगणतान्त्रिक सम्पर्क मंचद्वारा सहयोग

२०७८ जेष्ठ १६ गते, आईतवार

काठमाडौँ । जनगणतान्त्रिक सम्पर्क मञ्चले कोरोना संक्रमणबाट प्रभावित व्यक्तिहरुलाई सहयोग हस्तान्त्रण गरेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट मञ्चको केन्द्रीय समन्वय समितिले निषेधाज्ञामा समस्या परेका सहिद परिवार, जेल जीवनमा रहेका व्यक्तिका परिवार र अग्रमोर्चामा रहेर समाचार संकलन गरिरहेका र समस्या परेका पत्रकारको लागि संकलन गरिएका सहयोग सामाग्री शनिबार हस्तान्त्रण हो ।
सहयोग अभियानको समन्वय रेडियो मिर्मिरेका अध्यक्ष घनश्याम श्रेष्ठ ‘पुष्कर’ले गरेका हुन् ।
सहयोग हस्तान्त्रण कार्यक्रममा मञ्चका वरिष्ठ उपाध्यक्ष सुरेश अधिकारीले सरकारले कोरोना भाइरससँग नियन्त्रण र पीडितभन्दा कुर्सीको खेलमा लागेको बताए । उनले कोरोना र निषेधाज्ञा कारण चुलो बल्न नसक्ने अवस्था सिर्जना भाएपछि आफूहरुले पहल गरेर सहयोग जुटाएको बताए । यो सहयोग अभियानको उद्घाटन मात्रै भएको भन्दै स्थानीय प्रशासनसँग समन्वय गरी जारी रहने अधिकारीले जानकारी समेत दिए ।
नेकपाका युवा नेता अर्जुन कटुवालले निषेधाज्ञाले समस्या परेका नागरिकलाई सहयोगले वास्ता नगरेपछि आफूहरुले वैकल्पिक रुपमा सहयोग अभियान संचालन गरेको बताए । समस्या परेका व्यक्तिलाई सरकारले आफूले पनि सहयोग नगर्ने र सहयोगी हातहरुमाथि प्रतिबन्ध लगाएको कटुवालले बताए ।
त्यसैगरी दुर्गा अधिकारीले निषेधाज्ञाले खाद्यान्नसँगै कोरोना संक्रमितको उपचारमा पनि समस्या भएको भन्दै त्यसमा आफूहरुले सहयोग गरिरहेको बताए । राज्य गैरजिम्मेवार बनेकै कारण उपचार नपाएरै नागरिकले मर्नु परेको बताउँदै सरकारलाई गम्भीर बन्न समेत अधिकारीले आग्रह गरे ।
त्यस्तै, बुद्धि ढुंगानाले साथीहरु भोकै बसेको खबरले आफूहरुलाई सहयोग जुटाउन बाध्य बनाएको बताए । उनले सहयोग गर्न चाहेर पनि घरभित्रै बास्नु पर्ने अवस्था सिर्जना भएको बताए । आफूहरुले सहयोग गर्न चाहेर पनि पीडितलाई साथीहरुलाई सहयोग गर्न नपाएको भन्दै ढु्ंगानाले दुःख व्यक्त गरे ।
त्यसैगरी मंचाका नेता विक्रम पौडेलले समस्या परेका साथीहरुलाई अभियानात्मक रुपमा सहयोग गर्ने बताए । उनले खान नपाएर कोही पनि मर्नु हुँदैन भन्ने उद्देश्यले सहयोग अभियान सुरु गरिएको बताए ।
सहयोग सामाग्री उद्धव पौडेल, नारायण रिमाललगायतले सहयोग गरेका थिए भने उमा गुरुङ, अमित विष्ट, देवेन्द्र श्रेष्ठ, बुद्धिमान तामाङ लगायतका व्यक्तिहरुले सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेको मंचले जानकारी दिएको छ ।
संवाद डबलीका सचिव धनञ्जय बुढाले आफूहरु कोरोना र निषेधाज्ञाको प्रवाह नगरी अग्रमोर्चामा खटिरहने पत्रकारलाई सहयोग गरेकोमा धन्यवाद दिए ।

321 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal