तामाङ राष्ट्रिय मुक्ति मोर्चाले भन्यो, ‘राष्ट्रपति भण्डारी पनि प्रतिगमनको मतियार बनेको छर्लङ्ग भयो’

२०७८ जेष्ठ ९ गते, आईतवार

काठमाडौं । एकीकृत तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालले राष्ट्रपति विद्यादेवी भण्डारी पनि प्रतिगमनको मतियार बनेको आरोप लगाएका छन् ।
दोश्रोपटक संघीय संसदको प्रतिनिधिसभा विघटन गरेपछि विज्ञप्ति निकाल्दै मोर्चाका संयोजक सुर्यमान दोङ लालध्वजले प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमलाई साथ दिएर राष्ट्रपति भण्डारी पनि प्रतिगमनको मतियार भएको बताएका हुन् ।
त्यस्तै दक्षिणपन्थी शक्तिको आड र इच्छामा ओलीले संसद विघटन गरेको भन्दै यसका विरुद्ध मोर्चा जस्तोसुकै आन्दोलनमा जाने विज्ञप्तिमा उल्लेख छ ।
‘धारा ७६ को उपधारा ५ अनुसार बहुमत सिद्ध गर्न सक्ने प्रतिनिधिसभाका सदस्यलाई प्रधानमन्त्रीमा नियुक्ति गर्नुपर्ने राष्ट्रपतिको संवैधानिक दायित्व हो । तर, यसअघि पनि संसदको असंवैधानिक विघटन गरी प्रतिगमनको बाटो समाततिसकेका प्रधानमन्त्री ओलीसँगको साँठगाँठमा नियोजित ढंगले संसद् विघटन गर्नुले राष्ट्रपति भण्डारी पनि प्रतिगमनको मतियार बनेको छर्लङ्ग भएको छ ।’ विज्ञप्तिमा भनिएको छ ।
प्रधानमन्त्रीले चालेको प्रतिगामी कदमको विरुद्धमा भइरहेको सबैखाले आन्दोलनमा आफूहरुको ऐक्येबद्धता रहेको भन्दै मोर्चाले देशभक्त अग्रगमनका पक्षधरताहरुलाई पनि डटेर आन्दोलन र प्रतिवादनमा उत्रिन अपिल गरेको छ ।

396 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस

२०८३ जेष्ठ २९ गते, शुक्रबार

‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस

२०८३ जेष्ठ २९ गते, शुक्रबार

चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग

२०८३ जेष्ठ २९ गते, शुक्रबार

१३ औं म्युजिक खबर म्युजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

२०८३ जेष्ठ २९ गते, शुक्रबार

अमेरिका र क्रोएशिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

२०८३ जेष्ठ २९ गते, शुक्रबार

ग्लोबल आईएमई बैंकको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई

२०८३ जेष्ठ २९ गते, शुक्रबार

सरकारद्वारा रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय

२०८३ जेष्ठ २९ गते, शुक्रबार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण तीन निर्णय

२०८३ जेष्ठ २९ गते, शुक्रबार

काभ्रेमा बस दुर्घटना, सात जनाको मृत्यु

२०८३ जेष्ठ २९ गते, शुक्रबार

हाम्रा परम्परागत खानाको महत्व

२०८३ जेष्ठ २९ गते, शुक्रबार

फिफा विश्वकप २०२६ः उद्घाटन खेलमा मेक्सिकोको विजयी सुरुआत

२०८३ जेष्ठ २९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal