राहत दिँदा फोटो नखिच्ने र फेसबुकमा पनि नहाल्ने संग्रौला को हुन् ?

२०७८ जेष्ठ ९ गते, आईतवार

काठमाडौं । कोरोना भाइरसका कारण भएको लकडाउनमा समस्यामा पर्दै आएका नागरिकलाई झापा दमकका लक्ष्मीप्रसाद संग्रौलाले राहत बाँड्दै आएका छन् । उनले दोस्रो चरणको लकडाउनमा अहिलेसम्म झण्डै ५ सय जना र परिवारलाई राहत स्वरुप चामल, दाल, नुन, तेल, साबुन, सेम्फो र अत्यावश्यक सामग्री वितरण गरेका छन् ।
केही समय अघिदेखि काठामाडौं बस्दै आएका उनले नागरिकको जनजीवन अस्तव्यस्त बन्दै गएकाले आफ्नो तर्फबाट सहयोग गरेको बताएका छन् । उनले कसैलाई पनि राहत दिएको फेसबुकमा फोटो पोष्ट गरेका छैनन् । ‘मैले चर्चाका लागि राहत दिएको होइन, केही दिन चुपचाप बसें, जनताको अवस्था गम्भीर भएकाले केही गर्नुपर्छ भनेर लागें’ उनले भने ‘यो असहज भएका बेला एकले अर्कालाई सहयोग गर्नुपर्दछ भनेर अभियान चलाएको हुँ, यसमा मेरो कुनै राजनीतिक र अन्य स्वार्थ छैन ।’ उनले फेसबुकमा झापा क्षेत्र नम्बर ५ घर भई काठमाडौं आएर बसेका कसैलाई दैनिकी गुजार्न समस्या भएमा म सहयोग गर्न तयार छु भनेर आफ्नो सम्पर्क नम्बरसहित फेसबुकमा राखेका थिए त्यसपछि उनलाई राहत लिएर जान भ्याइनभ्याई छ ।
उनले झापाकालाई मात्र होइन जुनसुकै जिल्लाबाट काठमाडौं आएर बसेकालाई सहयोग गरेका छन् । ‘मेरो गाडी छ त्यसैमा सबै चाहिने सामग्री हाल्छु र बिहानैदेखि दौडन्छु, जसले फोन गरे पनि उठाउँछु र त्यो ठाउँमा पुगेर सामग्री दिन्छु अरु धेरै कुरा सोध्दिन’ उनले खुशी हुँदै भनेका छन् ‘ सेवा गर्न पाएकामा मलाई आनन्द आएको छ, कतिलाई भने सागसब्जी किन्ने पैसा पनि छोडिदिने गरेको छु ।’ उनले सबैतिर पुग्दा मानिसको धेरै समस्या देखेका छन् । उनले कसैलाई अप्ठेरो परेको भए ९८५२६७०६४१ मा सम्पर्क गर्न अनुरोध पनि गरेका छन् ।
गतवर्ष भएको लकडाउनमा पनि उनले ७ सय ९० जनालाई राहत वितरण गरेका थिए । उनले झापाका विभिन्न ठाउँमा आफ्नो तर्फबाट सक्दो सहयोग गरेका छन् । केही दिनअघि उनले झापामा झुलसमेत वितरण गरेका थिए । उनले स्वास्थ्य, शिक्षाका साथै नागरिकका प्रत्येक समस्यालाई नजिकबाट बुझ्दै आएका छन् । उनले आफ्नो अभियानले निरन्तरता पाउने पनि जनाएका छन् ।

588 Views

ताजा

अब नेपालमा लोडसेडिङ हुँदै हुँदैनः शाक्य

२०८२ जेष्ठ २ गते, शुक्रबार

अब नेपालमा लोडसेडिङ हुँदै हुँदैनः शाक्य

२०८२ जेष्ठ २ गते, शुक्रबार

हिमाल जोगाउनु पृथ्वी, महासागर र मानवता जोगाउनु होः प्रधानमन्त्री ओली

२०८२ जेष्ठ २ गते, शुक्रबार

राजसंस्था र हिन्दूराष्ट्र मान्छु भनेकै कारणले रवीन्द्र मिश्रलाई खोरमा राखिएको छः राजेन्द्र लिङ्देन

२०८२ जेष्ठ २ गते, शुक्रबार

गीतकार सुरेश शिवाकोटीको ‘केलाई हतार’ सार्वजनिक

२०८२ जेष्ठ २ गते, शुक्रबार

सगरमाथा दिवस साताव्यापी कार्यक्रमसहित मनाइने

२०८२ जेष्ठ २ गते, शुक्रबार

गीता अधिकारीलाई ‘रेखा फिल्मस् छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार’

२०८२ जेष्ठ २ गते, शुक्रबार

‘भेट्छ एप’ निर्माण गरी अष्ट्रेलियामा रहेका नेपालीलाई सघाउदै चितवनका नवीन

२०८२ जेष्ठ २ गते, शुक्रबार

मखनटोलमा आगलागी, एक जनाको मृत्यु

२०८२ बैशाख ३१ गते, बुधबार

दक्षिण कोरिया जाने विद्यार्थीको ‘एन‌ओसी’ सरकारंद्वारा स्थगित

२०८२ बैशाख ३० गते, मंगलवार

रवीन्द्र मिश्रलगायत २६ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति

२०८२ बैशाख ३० गते, मंगलवार

लोकप्रिय

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal