राहत दिँदा फोटो नखिच्ने र फेसबुकमा पनि नहाल्ने संग्रौला को हुन् ?

२०७८ जेष्ठ ९ गते, आईतवार

काठमाडौं । कोरोना भाइरसका कारण भएको लकडाउनमा समस्यामा पर्दै आएका नागरिकलाई झापा दमकका लक्ष्मीप्रसाद संग्रौलाले राहत बाँड्दै आएका छन् । उनले दोस्रो चरणको लकडाउनमा अहिलेसम्म झण्डै ५ सय जना र परिवारलाई राहत स्वरुप चामल, दाल, नुन, तेल, साबुन, सेम्फो र अत्यावश्यक सामग्री वितरण गरेका छन् ।
केही समय अघिदेखि काठामाडौं बस्दै आएका उनले नागरिकको जनजीवन अस्तव्यस्त बन्दै गएकाले आफ्नो तर्फबाट सहयोग गरेको बताएका छन् । उनले कसैलाई पनि राहत दिएको फेसबुकमा फोटो पोष्ट गरेका छैनन् । ‘मैले चर्चाका लागि राहत दिएको होइन, केही दिन चुपचाप बसें, जनताको अवस्था गम्भीर भएकाले केही गर्नुपर्छ भनेर लागें’ उनले भने ‘यो असहज भएका बेला एकले अर्कालाई सहयोग गर्नुपर्दछ भनेर अभियान चलाएको हुँ, यसमा मेरो कुनै राजनीतिक र अन्य स्वार्थ छैन ।’ उनले फेसबुकमा झापा क्षेत्र नम्बर ५ घर भई काठमाडौं आएर बसेका कसैलाई दैनिकी गुजार्न समस्या भएमा म सहयोग गर्न तयार छु भनेर आफ्नो सम्पर्क नम्बरसहित फेसबुकमा राखेका थिए त्यसपछि उनलाई राहत लिएर जान भ्याइनभ्याई छ ।
उनले झापाकालाई मात्र होइन जुनसुकै जिल्लाबाट काठमाडौं आएर बसेकालाई सहयोग गरेका छन् । ‘मेरो गाडी छ त्यसैमा सबै चाहिने सामग्री हाल्छु र बिहानैदेखि दौडन्छु, जसले फोन गरे पनि उठाउँछु र त्यो ठाउँमा पुगेर सामग्री दिन्छु अरु धेरै कुरा सोध्दिन’ उनले खुशी हुँदै भनेका छन् ‘ सेवा गर्न पाएकामा मलाई आनन्द आएको छ, कतिलाई भने सागसब्जी किन्ने पैसा पनि छोडिदिने गरेको छु ।’ उनले सबैतिर पुग्दा मानिसको धेरै समस्या देखेका छन् । उनले कसैलाई अप्ठेरो परेको भए ९८५२६७०६४१ मा सम्पर्क गर्न अनुरोध पनि गरेका छन् ।
गतवर्ष भएको लकडाउनमा पनि उनले ७ सय ९० जनालाई राहत वितरण गरेका थिए । उनले झापाका विभिन्न ठाउँमा आफ्नो तर्फबाट सक्दो सहयोग गरेका छन् । केही दिनअघि उनले झापामा झुलसमेत वितरण गरेका थिए । उनले स्वास्थ्य, शिक्षाका साथै नागरिकका प्रत्येक समस्यालाई नजिकबाट बुझ्दै आएका छन् । उनले आफ्नो अभियानले निरन्तरता पाउने पनि जनाएका छन् ।

653 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal