प्रहरी निरीक्षक भोजराज पाण्डेयकोे विदाई गर्दा गाउँले चिन्तित

२०७८ जेष्ठ ९ गते, आईतवार

काठमाडौं । ईलाका प्रहरी कार्यालय गजुरीमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) भोजराज पाण्डेयलाई सम्मानसहितलाई विदाई गरिएको छ । डेढ वर्षदेखि त्यहाँ कार्यरत उनलाई स्वास्थ्य मापदण्डको परिधिभित्र रही ईलाका प्रहरी कार्यालयले विदाई गरेको हो । उनको महानगरीय प्रहरी वृृत्त चापागाउँ ललितपुरमा काजको रुपमा सरुवा भएको छ ।
बिदाई कार्यक्रममा कार्यालयको तर्फबाट मायाको चिनो दिइएको थियो । उनले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा समेत बधाई दिँदै भावी कार्यकालको सफलताको शुभकामना व्यक्त गरिएको थियो । गजुरीमा कार्यरत रहेको अवधिमा उनले पाएको यो सम्मन पाँचौ पटकको हो । उनले यसअघि दुई पटक सोही कार्यालयबाट एक– एक हजार नगद पुरस्कार, प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट अभिलेखमा जनिने गरी नगद रुपैंयाँ दुई हजार र २०७७ सालको मंसीर महिनाको धादिङ जिल्लाको उत्कृष्ट प्रहरी अधिकृतको रुपमा घोषित भई सम्मान पाएका थिए । उनी अपराध अनुसन्धानमा विशेष दखल राख्ने र अनुसन्धानलाई टुंगोमा पुर्याउने सफल इन्स्पेक्टरको रुपमा चिनिन्छन् ।
सफलतापूर्वक अनुसन्धान गरेको कारण संघीय प्रहरी कार्यालय बागमतिबाट उत्कृष्ट अनुसन्धान अधिकृतको रुपमा प्रहरी प्रधान कार्यालयमा सिफारिस समेत भएका छन् । कानुन कार्यान्वयनको सवालमा कोही कसैसँग सम्झौता नगर्ने खरो स्वभावका उनी कानुनका विद्यार्थीसमेत हुन् । उनको कार्यकाल राम्रो भएको र स्थानीयले राहत महसुश गरेका कारण उनको विदाई भएपछि स्थानीयहरुले एउटा कुशल प्रहरी निरीक्षकलाई आफूहरुबाट विदाई गरेको महसुश गर्न थालेका छन् ।

347 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal