तामाङ राष्ट्रिय मुक्ति मोर्चाले भन्यो, ‘राष्ट्रपति भण्डारी पनि प्रतिगमनको मतियार बनेको छर्लङ्ग भयो’

२०७८ जेष्ठ ९ गते, आईतवार

काठमाडौं । एकीकृत तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालले राष्ट्रपति विद्यादेवी भण्डारी पनि प्रतिगमनको मतियार बनेको आरोप लगाएका छन् ।
दोश्रोपटक संघीय संसदको प्रतिनिधिसभा विघटन गरेपछि विज्ञप्ति निकाल्दै मोर्चाका संयोजक सुर्यमान दोङ लालध्वजले प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमलाई साथ दिएर राष्ट्रपति भण्डारी पनि प्रतिगमनको मतियार भएको बताएका हुन् ।
त्यस्तै दक्षिणपन्थी शक्तिको आड र इच्छामा ओलीले संसद विघटन गरेको भन्दै यसका विरुद्ध मोर्चा जस्तोसुकै आन्दोलनमा जाने विज्ञप्तिमा उल्लेख छ ।
‘धारा ७६ को उपधारा ५ अनुसार बहुमत सिद्ध गर्न सक्ने प्रतिनिधिसभाका सदस्यलाई प्रधानमन्त्रीमा नियुक्ति गर्नुपर्ने राष्ट्रपतिको संवैधानिक दायित्व हो । तर, यसअघि पनि संसदको असंवैधानिक विघटन गरी प्रतिगमनको बाटो समाततिसकेका प्रधानमन्त्री ओलीसँगको साँठगाँठमा नियोजित ढंगले संसद् विघटन गर्नुले राष्ट्रपति भण्डारी पनि प्रतिगमनको मतियार बनेको छर्लङ्ग भएको छ ।’ विज्ञप्तिमा भनिएको छ ।
प्रधानमन्त्रीले चालेको प्रतिगामी कदमको विरुद्धमा भइरहेको सबैखाले आन्दोलनमा आफूहरुको ऐक्येबद्धता रहेको भन्दै मोर्चाले देशभक्त अग्रगमनका पक्षधरताहरुलाई पनि डटेर आन्दोलन र प्रतिवादनमा उत्रिन अपिल गरेको छ ।

377 Views

ताजा

आज एनपीएलका दुई खेलः चितवन र कर्णाली भिड्दै

२०८२ मंसिर २ गते, मंगलवार

आज एनपीएलका दुई खेलः चितवन र कर्णाली भिड्दै

२०८२ मंसिर २ गते, मंगलवार

मध्यरातमा पक्राउ परे दुर्गा प्रसाईं

२०८२ मंसिर २ गते, मंगलवार

व्यवस्था परिवर्तन नभएसम्म महेन्द्र राजमार्गमै बस्छौंः प्रसाईं

२०८२ मंसिर १ गते, सोमबार

मानवता विरुद्धको गम्भीर अपराधमा शेख हसिनालाई मृत्युदण्डको सजाय

२०८२ मंसिर १ गते, सोमबार

मंसिर १८  बाट ‘अभिमन्युः च्याप्टर १’ आउँदै

२०८२ मंसिर १ गते, सोमबार

मुल्डे भ्यू–पार्क: हिमाल हेर्ने सबैभन्दा ‘उत्कृष्ट दृश्य बिन्दु’

२०८२ मंसिर १ गते, सोमबार

कर्णाली प्रदेशमा मन्त्रालयको संख्या घटाइयो

२०८२ मंसिर १ गते, सोमबार

नेपाली कम्युनिस्ट पार्टीविरुद्ध अदालत जान्छौंः सुबेदी

२०८२ मंसिर १ गते, सोमबार

‘द ब्ल्यू लाइट’को पोस्टरमा पाँच पात्रबीच समानता र भिन्नता

२०८२ मंसिर १ गते, सोमबार

आजदेखि एनपिएलः जनकपुर र काठमाडौं भिड्दै

२०८२ मंसिर १ गते, सोमबार

लोकप्रिय

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal