कांग्रेस सांसद दवाडीले माओवादीबाट निर्वाचितलाई पार्टीमा भित्र्याए

२०७७ चैत्र १ गते, आईतवार

काठमाडौं । गोरखाको क्षेत्र नम्बर २ को (२) नम्बरबाट निर्वाचित नेपाली कांग्रेसका सांसद प्रकाशचन्द्र दवाडीले गोरखाको सिरान्चोक गाउँपालिका ७ मा माओवादीबाट निर्वाचित वडा सदस्यलाई कांग्रेसमा भित्र्याएका छन् ।
राजनीतिसँगै समाजसेवामा लाग्दै आएका सांसद दवाडीले अरु पार्टीका विभिन्न पदमा रहेर सक्रिय राजनीति गर्दै आएकालाई कांग्रेसमा प्रवेश गराएका छन् । सांसद दवाडीले कांग्रेसको विचार र सिद्धान्तलाई मन पराउँदै कांग्रेस भित्रिनेको लहर नै चलेको बताएका छन् । दवाडीले आफ्नो पार्टीले बाटो बिराएको र जनताको पक्षमा काम नगरेकाले कांग्रेस
बन्नुपरेको भनेर उनीहरु पार्टी प्रवेश गरेको बताएका छन् ।
सांसद दवाडीले गुरुङले माओवादी पार्टीप्रति असन्तुष्टि जनाउँदै कांग्रेस प्रवेश गरेको बताए । मंगलबार आयोजित एक कार्यक्रममा सांसद दवाडीले उनलाई फूलमाला र अविर लगाएर पार्टीमा स्वागत गरेका हुन् । सांसद दवाडीले केही दिनमै निर्वाचित वडाध्यक्ष पनि पार्टी प्रवेश गर्ने तयारी गर्दै गरेको बताए ।
सांसद दवाडीले सोमबार अजिरकोट गाउँपालिका १ मा स्थानीयसँग समसामयिक राजनीतिका साथै स्थानीय क्षेत्रको विकास निर्माणका बारेमा छलफल र अन्तरक्रिया गरेका थिए । उनले केही दिनअघि अजिरकोट गाउँपालिका २ का १०५ वर्षका कामी गुरुङलाई आफूले लगाएको ज्याकेट फुकालेर लगाइदिएका थिए । राजनीतिलाई अरुले कमाउने बाटो बनाएको भनेर असन्तुष्टि राख्दै आएका उनले समाजलाई दिनका लागिमात्र आफू राजनीतिमा लागेको स्पष्ट पार्दै आएका छन् ।
उनले चालु आर्थिक वर्षमा आफ्नो तलब भत्ताबाट ९ लाख रुपैयाँ सामाजिक काममा लगाएका छन् । उनले पाउने सांसदको तलव सधैं सामाजिक काममा लगाउने गरेका छन् । उनले पदमा रहँदा भ्रष्टाचार गर्ने र अकुत सम्पत्ति आर्जन गर्न खोज्ने नेताहरुलाई आफू उदाहरणीय बनेर राम्रो पाठसमेत सिकाएका छन् । प्रदेशसभा सदस्यको सपथ लिएकै दिन उनले सेवा सुविधावापत पाउने रकम आफ्नो परिवारका लागि उपयोग नगर्ने, सामाजिक काममा लगाउने घोषणा गरेका थिए । संसद बैठक भएका बेलामात्र प्रदेशको राजधानी पोखरा जाने गरेका उनी अधिकांश समय जनताको बीचमा नै हुन्छन् । उनले आफूले निर्वाचन क्षेत्रका नागरिकको स्वास्थ्य उपचार, विकास निर्माण, शिक्षा र कृषिजस्ता विषयमा सहयोग केन्द्रित गरेको बताए ।
‘मेरो राजनीति समाजकै टेवाका लागि, मेरो राजनीति तपाइहरुकै सेवाका लागि’ भन्ने नारा बनाएर काम गर्दै आएका छन् । दवाडी गण्डकी प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलको प्रवक्ता छन् ।

256 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal