कांग्रेस सांसद दवाडीले माओवादीबाट निर्वाचितलाई पार्टीमा भित्र्याए
काठमाडौं । गोरखाको क्षेत्र नम्बर २ को (२) नम्बरबाट निर्वाचित नेपाली कांग्रेसका सांसद प्रकाशचन्द्र दवाडीले गोरखाको सिरान्चोक गाउँपालिका ७ मा माओवादीबाट निर्वाचित वडा सदस्यलाई कांग्रेसमा भित्र्याएका छन् ।
राजनीतिसँगै समाजसेवामा लाग्दै आएका सांसद दवाडीले अरु पार्टीका विभिन्न पदमा रहेर सक्रिय राजनीति गर्दै आएकालाई कांग्रेसमा प्रवेश गराएका छन् । सांसद दवाडीले कांग्रेसको विचार र सिद्धान्तलाई मन पराउँदै कांग्रेस भित्रिनेको लहर नै चलेको बताएका छन् । दवाडीले आफ्नो पार्टीले बाटो बिराएको र जनताको पक्षमा काम नगरेकाले कांग्रेस
बन्नुपरेको भनेर उनीहरु पार्टी प्रवेश गरेको बताएका छन् ।
सांसद दवाडीले गुरुङले माओवादी पार्टीप्रति असन्तुष्टि जनाउँदै कांग्रेस प्रवेश गरेको बताए । मंगलबार आयोजित एक कार्यक्रममा सांसद दवाडीले उनलाई फूलमाला र अविर लगाएर पार्टीमा स्वागत गरेका हुन् । सांसद दवाडीले केही दिनमै निर्वाचित वडाध्यक्ष पनि पार्टी प्रवेश गर्ने तयारी गर्दै गरेको बताए ।
सांसद दवाडीले सोमबार अजिरकोट गाउँपालिका १ मा स्थानीयसँग समसामयिक राजनीतिका साथै स्थानीय क्षेत्रको विकास निर्माणका बारेमा छलफल र अन्तरक्रिया गरेका थिए । उनले केही दिनअघि अजिरकोट गाउँपालिका २ का १०५ वर्षका कामी गुरुङलाई आफूले लगाएको ज्याकेट फुकालेर लगाइदिएका थिए । राजनीतिलाई अरुले कमाउने बाटो बनाएको भनेर असन्तुष्टि राख्दै आएका उनले समाजलाई दिनका लागिमात्र आफू राजनीतिमा लागेको स्पष्ट पार्दै आएका छन् ।
उनले चालु आर्थिक वर्षमा आफ्नो तलब भत्ताबाट ९ लाख रुपैयाँ सामाजिक काममा लगाएका छन् । उनले पाउने सांसदको तलव सधैं सामाजिक काममा लगाउने गरेका छन् । उनले पदमा रहँदा भ्रष्टाचार गर्ने र अकुत सम्पत्ति आर्जन गर्न खोज्ने नेताहरुलाई आफू उदाहरणीय बनेर राम्रो पाठसमेत सिकाएका छन् । प्रदेशसभा सदस्यको सपथ लिएकै दिन उनले सेवा सुविधावापत पाउने रकम आफ्नो परिवारका लागि उपयोग नगर्ने, सामाजिक काममा लगाउने घोषणा गरेका थिए । संसद बैठक भएका बेलामात्र प्रदेशको राजधानी पोखरा जाने गरेका उनी अधिकांश समय जनताको बीचमा नै हुन्छन् । उनले आफूले निर्वाचन क्षेत्रका नागरिकको स्वास्थ्य उपचार, विकास निर्माण, शिक्षा र कृषिजस्ता विषयमा सहयोग केन्द्रित गरेको बताए ।
‘मेरो राजनीति समाजकै टेवाका लागि, मेरो राजनीति तपाइहरुकै सेवाका लागि’ भन्ने नारा बनाएर काम गर्दै आएका छन् । दवाडी गण्डकी प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलको प्रवक्ता छन् ।
ताजा
लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ के नेपालको गभर्नरमा रमेश अधिकारी
२०८३ बैशाख १६ गते, बुधबार
लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ के नेपालको गभर्नरमा रमेश अधिकारी
२०८३ बैशाख १६ गते, बुधबार
फेसबुकबाट आम्दानीको ढोका खोल्दै MDR Team, हजारौं नेपाली लाभान्वित
२०८३ बैशाख १५ गते, मंगलवार
सशस्त्र प्रहरी महानिरीक्षकमा नारायणदत्त पौडेल
२०८३ बैशाख १४ गते, सोमबार
‘त्रिवि क्रिकेट मैदान भत्किँदैन’
२०८३ बैशाख १४ गते, सोमबार
यस्तो छ मन्त्रिपरिषद् बैठकको ३ निर्णय
२०८३ बैशाख १४ गते, सोमबार
अन्ततः भीष्मराज आङ्देम्बेले पाए दलको नेताको जिम्मेवारी
२०८३ बैशाख १४ गते, सोमबार
पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाह
२०८३ बैशाख ११ गते, शुक्रबार
आज देशभर बीसौँ लोकतन्त्र दिवस
२०८३ बैशाख ११ गते, शुक्रबार
खस क्षेत्री महाधिवेशन आज : अध्यक्ष पदमा अर्जुनबहादुर अधिकारी अग्रपंक्तिमा
२०८३ बैशाख ११ गते, शुक्रबार
आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
२०८३ बैशाख ६ गते, आईतवारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





