कांग्रेस सांसद दवाडीले माओवादीबाट निर्वाचितलाई पार्टीमा भित्र्याए

२०७७ चैत्र १ गते, आईतवार

काठमाडौं । गोरखाको क्षेत्र नम्बर २ को (२) नम्बरबाट निर्वाचित नेपाली कांग्रेसका सांसद प्रकाशचन्द्र दवाडीले गोरखाको सिरान्चोक गाउँपालिका ७ मा माओवादीबाट निर्वाचित वडा सदस्यलाई कांग्रेसमा भित्र्याएका छन् ।
राजनीतिसँगै समाजसेवामा लाग्दै आएका सांसद दवाडीले अरु पार्टीका विभिन्न पदमा रहेर सक्रिय राजनीति गर्दै आएकालाई कांग्रेसमा प्रवेश गराएका छन् । सांसद दवाडीले कांग्रेसको विचार र सिद्धान्तलाई मन पराउँदै कांग्रेस भित्रिनेको लहर नै चलेको बताएका छन् । दवाडीले आफ्नो पार्टीले बाटो बिराएको र जनताको पक्षमा काम नगरेकाले कांग्रेस
बन्नुपरेको भनेर उनीहरु पार्टी प्रवेश गरेको बताएका छन् ।
सांसद दवाडीले गुरुङले माओवादी पार्टीप्रति असन्तुष्टि जनाउँदै कांग्रेस प्रवेश गरेको बताए । मंगलबार आयोजित एक कार्यक्रममा सांसद दवाडीले उनलाई फूलमाला र अविर लगाएर पार्टीमा स्वागत गरेका हुन् । सांसद दवाडीले केही दिनमै निर्वाचित वडाध्यक्ष पनि पार्टी प्रवेश गर्ने तयारी गर्दै गरेको बताए ।
सांसद दवाडीले सोमबार अजिरकोट गाउँपालिका १ मा स्थानीयसँग समसामयिक राजनीतिका साथै स्थानीय क्षेत्रको विकास निर्माणका बारेमा छलफल र अन्तरक्रिया गरेका थिए । उनले केही दिनअघि अजिरकोट गाउँपालिका २ का १०५ वर्षका कामी गुरुङलाई आफूले लगाएको ज्याकेट फुकालेर लगाइदिएका थिए । राजनीतिलाई अरुले कमाउने बाटो बनाएको भनेर असन्तुष्टि राख्दै आएका उनले समाजलाई दिनका लागिमात्र आफू राजनीतिमा लागेको स्पष्ट पार्दै आएका छन् ।
उनले चालु आर्थिक वर्षमा आफ्नो तलब भत्ताबाट ९ लाख रुपैयाँ सामाजिक काममा लगाएका छन् । उनले पाउने सांसदको तलव सधैं सामाजिक काममा लगाउने गरेका छन् । उनले पदमा रहँदा भ्रष्टाचार गर्ने र अकुत सम्पत्ति आर्जन गर्न खोज्ने नेताहरुलाई आफू उदाहरणीय बनेर राम्रो पाठसमेत सिकाएका छन् । प्रदेशसभा सदस्यको सपथ लिएकै दिन उनले सेवा सुविधावापत पाउने रकम आफ्नो परिवारका लागि उपयोग नगर्ने, सामाजिक काममा लगाउने घोषणा गरेका थिए । संसद बैठक भएका बेलामात्र प्रदेशको राजधानी पोखरा जाने गरेका उनी अधिकांश समय जनताको बीचमा नै हुन्छन् । उनले आफूले निर्वाचन क्षेत्रका नागरिकको स्वास्थ्य उपचार, विकास निर्माण, शिक्षा र कृषिजस्ता विषयमा सहयोग केन्द्रित गरेको बताए ।
‘मेरो राजनीति समाजकै टेवाका लागि, मेरो राजनीति तपाइहरुकै सेवाका लागि’ भन्ने नारा बनाएर काम गर्दै आएका छन् । दवाडी गण्डकी प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलको प्रवक्ता छन् ।

243 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal