पुरुषभन्दा महिला बढी सक्षम छन्– लक्ष्मी पाण्डे
काठमाडौं । नेपाली कांग्रेस कास्कीकी कोषाध्यक्ष लक्ष्मी पाण्डेले पुरुषभन्दा महिला बढी सक्षम भएको दाबी गरेकी छिन् । उनले महिलाको सक्षमतामाथि कम मूल्यांकन गर्न नमिल्ने पनि स्पष्ट पारेकी छिन् ।
कोषाध्यक्ष पाण्डेले समाज र संस्कृति बदलिए पनि महिलालाई हेर्ने दृष्टिकोणमा अझै परिवर्तन नआएको आरोप लगाइन् । उनले महिलालाई अवसर दिने हो भने कुनै पनि ठाउँमा कमजोर नबन्ने उनको भनाई छ । उनले महिलालाई दिएको प्रमुख पदलाई जसले पनि जिम्मेवारीताका साथ निर्वाह गरेको बताइन् । उनले महिलाहरु राष्ट्रपति, प्रधान न्यायाधीश, सभामुखजस्तो पदमा बसेर आफ्नो भूमिका देखाइसकेकाले कमजोर ठानेर सामान्य तर्क नगर्नसमेत आग्रह गरेकी छिन् ।
१ सय ११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा कुरा गर्दै उनले समाजमा परिवर्तनका ठूला कुरा गरे पनि व्यवहारमा भने असमानता भएकोमा चिन्ता व्यक्त गरेकी छिन् । ‘विभिन्न आन्दोलन र क्रान्ति भए त्यसबाट उपलव्धि पनि हासिल गरियो तर महिलामाथिको विभेद अझै कायम छ’ उनले भनिन् ‘ महिलाले जिम्मेवारी लिन सक्दैनन् भन्ने आरोप लगाइन्छ तर जिम्मेवारी पाएका महिलाहरु कोही पनि कर्तव्य निर्वाह गर्नबाट चुकेका छैनन् ।’ उनले पुरुषको तुलनामा महिलाको व्यवहार बढी पारदर्शी भएको, पाएको जिम्मेवारीलाई कुशलतापूर्वक सम्हालेको, आर्थिक हिनामिनामा नफसेको दाबी गरिन् । कामको जिम्मेवारी नदिने र आलोचनामात्र गरिरहने संस्कार ठिक नभएको उनको भनाई छ ।
उनले पछिल्लो समयमा बालिका हत्या, बलात्कार र अन्य हिंसाका घटना बढ्दै गरेकोमा चिन्ता व्यक्त गरिन् । एक महिलाले अर्को महिलालाई हेर्ने र बुझ्ने दृष्टिकोणमा पनि परिवर्तन आउनुपर्ने उनको भनाई छ । उनले राजनीतिमा सबै पार्टीले उचित स्थान दिनुपर्ने माग गरेकी छिन् । ‘महिलालाई कोटा पु¥याउनका लागि मात्र दिएजस्तो गरिनु हुँदैन’ उनले थपिन् ‘ महिला पनि एउटा शक्ति हो भन्ने सम्झेर अवसर दिनुपर्छ ।’
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





