सूर्या लाइफ इन्स्योरेन्सको ‘सूर्या चौरासी पूजा’ बीमा योजना शुरु

२०७७ फाल्गुन ९ गते, आईतवार

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘सूर्या चौरासी पुजा’ नामक नयाँ बीमा योजना २०७७ फागुन ७ गतेदेखि बजारमा ल्याएको छ । दिर्घ जीवन, समृद्ध भविष्य भन्ने सन्देशका साथ एक कार्यक्रमबीच इन्स्योरेन्सले यो योजना बजारमा ल्याएको हो । बीमा योजनाको शुभारम्भ शताब्दी पुरुष सत्यमोहन जोशीले गरेका थिए । प्रमुख अतिथि जोशीले यस प्रकारको योजनाले बृद्धबृद्धाको लागि राहत मिल्ने बताए । उनले जीवनको अन्तिम साहाराको रुपमा यो बिमा योजना प्रभावकारी रहने समेत दावी गरे ।
यस योजनामा बीमीतको उमेर चौरासी वर्ष पुग्दासम्म रक्षावरण गर्ने छ भने ‘सूर्या चौरासी पुजा’ बीमा योजनाले बीमाङ्कको २ सय पचास प्रतिशतसम्म बीमा कभर प्रदान गर्नेछ । साथै बीमितले बीमाशुल्क भुक्तानी अवधिपश्चात एकमुष्ठ आर्जित बोनस प्राप्त गर्नुका साथै सो पश्चात निजको उमेर ८३ वर्ष नपुग्दासम्म बीमाङ्कको ६ प्रतिशतका दरले वार्षिक पेन्सन समेत प्राप्त हुनेछ । इन्स्युरेन्सले अहिलेसम्म १२ प्रकारका विमा योजना बजारमा ल्याएको छ । इन्सुरेन्सले अरु बिमा कम्पनी भन्दा आफ्नो योजना फरक भएको र बिमितको मन जित्न सक्ने दावी गरेको छ । बीमितको उमेर ८३ पूरा भई ८४ मा प्रवेश गर्दा बीमितलाई बीमाङ्कको १ सय पचास प्रतिशत रकम बिमा वापतको अन्तिम भुक्तानी प्राप्त हुनेछ र सो रकमबाट बीमितले निजको चौरासी पूजा उत्सवका रुपमा धुमधामका साथ मनाउन सक्नेछन् । कम्पनीले बिमितलाई ८४ वर्षको उपलक्ष्यमा आयोजना गर्ने कार्यक्रममा सहज होस् भनेर यस्तो योजना ल्याएको जनाएको छ ।
‘सूर्या चौरासी पुजा ’ बीमा योजना १६ वर्ष देखी ६० वर्षसम्म उमेरका व्यक्तिहरुले १० देखी ५० वर्षसम्म बीमाशुल्क भुक्तानी अवधीका लागि खरीद गर्न सक्नेछन् । न्युनतम १ लाख रुपैया बीमाङ्क तोकिएको सो बीमा योजना एकल भुक्तानी तरिकामा समेत उपलब्ध हुनेछ । बीमा प्रारम्भको दुई वर्षपछि बीमा अवधीभर बीमा समर्पण र बीमालेख धितोमा कर्जा सुविधाको समेत व्यवस्था रहेको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि जोशिले सूर्या लाइफ इन्स्योरेन्सले यो योजनाको शुभारम्भ गरेकोमा खुशी व्यक्त गदै सफलताको शुभकामना दिएका छन् । उनले आगामी दिनमा यस योजनाले बृद्ध, बृद्धालगायत उत्पीडितलाई सहयोग पुग्नेमा आफू विश्वस्त रहेको बताए ।
कार्यक्रममा सूर्या लाइफइन्योरेन्सका निमित्त प्रमुख कार्यकारी अधिकृत कमल कुमार खतिवडाले स्वागत गरेका थिए । खतिवडाले ‘सूर्या चौरासी पुजा ’नामक नयाँ बीमा योजनाका बारेमा थप प्रकाश पार्दैै बिमितलाई अलमलमा नपरी विमा गर्न समेत अनुरोध गरे । खतिवडाले आगामी दिनमा यो योजनालाई प्रभावकारी बनाउन आफूहरु सधैं प्रयत्नशील रहने समेत स्पष्ट पारे । उनले यो इन्स्युरेन्सका सबै प्रकारका योजनाहरुले विमितको मन जितेको समेत दावी गरेका छन् ।
कम्पनीका संस्थापक शेयरधनी विवेक झाले यो बीमा योजनालाई कार्यान्वयन गर्न सबैको सहयोग चाहिने बताए । झाले बजारमा विभिन्न योजनाहरु अरु कम्पनीले ल्याए पनि त्यो भन्दा पृथक रहेको समेत स्पष्ट पारे । उनले यो योजनाले भविष्यमा ठूलो फड्को मार्ने पनि बताए । कम्पनीले सोही कार्यक्रममार्फत शताब्दी पुरुष सत्यमोहन जोशीलाई सम्मान गरेको छ । यस्तै कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतः निःसहाय सेवा प्रदान, शान्तिनगरलाई तीन दिनको खर्च बाराबरको रकम सहयोग समेत गरेको छ । कम्पनीका ब्रान्ड एम्बेसडर गायिका इन्दिरा जोशी, कम्पनीका संस्थापक शेयरधनी विवेक झा, कम्पनीका अध्यक्ष केशब प्रसाद भट्टराईले संयुक्त रुपमा सूर्या चौरासी पुजा बीमा योजनाको शुरुवात भएको घोषणा गरेका थिए ।

411 Views

ताजा

फेसबुकबाट आम्दानीको ढोका खोल्दै MDR Team, हजारौं नेपाली लाभान्वित

२०८३ बैशाख १५ गते, मंगलवार

फेसबुकबाट आम्दानीको ढोका खोल्दै MDR Team, हजारौं नेपाली लाभान्वित

२०८३ बैशाख १५ गते, मंगलवार

सशस्त्र प्रहरी महानिरीक्षकमा नारायणदत्त पौडेल

२०८३ बैशाख १४ गते, सोमबार

‘त्रिवि क्रिकेट मैदान भत्किँदैन’

२०८३ बैशाख १४ गते, सोमबार

यस्तो छ मन्त्रिपरिषद् बैठकको ३ निर्णय

२०८३ बैशाख १४ गते, सोमबार

अन्ततः भीष्मराज आङ्देम्बेले पाए दलको नेताको जिम्मेवारी

२०८३ बैशाख १४ गते, सोमबार

पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाह

२०८३ बैशाख ११ गते, शुक्रबार

आज देशभर बीसौँ लोकतन्त्र दिवस

२०८३ बैशाख ११ गते, शुक्रबार

खस क्षेत्री महाधिवेशन आज : अध्यक्ष पदमा अर्जुनबहादुर अधिकारी अग्रपंक्तिमा  

२०८३ बैशाख ११ गते, शुक्रबार

आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

२०८३ बैशाख ६ गते, आईतवार

बर्दियाको राजापुर जाँदै गरेको एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु

२०८३ बैशाख ६ गते, आईतवार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal