संविधानले गराउने भयो काँग्रेसको महाधिवेशन

२०७७ फाल्गुन ९ गते, आईतवार

रमेश कुमार बोहोरा

काठमाडौं । नेपाली काँग्रेसको १४औं महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौंमा हुने भएको छ । पार्टीको हालै सम्पन्न केन्द्रीय समितिको बैठकले महाधिवेशन गर्ने निर्णय गरेको हो । काँग्रेसको केन्द्रीय कार्य समितिको कार्यकाल ४ वर्षको रहेको छ । विधानले १ बर्ष थप्ने व्यवस्था गरेको छ । थपिएको कार्यकाल समेत यही फागुनमा सकिँदैछ । संविधानले प्रत्येक पार्टीको महाधिवेशन ढिलोमा पनि साढे पाँचवर्षभित्रमा गरिसक्नु पर्ने व्यवस्था गरेकाले काँग्रेस महाधिवेशन गर्न बाध्य भएको हो । काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गत वर्ष नै पार्टीको महाधिवेशन यही फागुन ७ गतेदेखि गर्नुपर्ने प्रस्ताव राखेका थिए । उनको प्रस्तावलाई उनी पक्षधरले समर्थन गरे पनि पार्टी नेतृत्वले भने चासो देखाएको थिएन । गत वर्ष नै महाधिवेशन गर्नका लागि उपयुक्त वातावरण भए पनि एकवर्ष थप्ने व्यवस्थालाई नै सदुपयोग गर्दै महाधिवेशन लम्ब्याइएको थियो । त्यसपछि कोरोनाको संक्रमण बढ्दै गएपछि एकातिर वातावरण बन्न सकेन भने अर्कातिर काँग्रेसलाई महाधिवेशन नगर्नका लागि बाहानाबाजी समेत भएको थियो । काँग्रेसको आगामी महाधिवेशनको चर्चा शुरु भएपछि उनीहरुबीच वडादेखि नै केन्द्रसम्म नेतृत्व लिनेको होडबाजी शुरु भएको छ । पछिल्लो समयमा वरिष्ठ नेता पौडेलले पार्टी सभापति शेरबहादुर देउवालाई विभिन्न समयमा दबाब दिँदै आएका छन् । विभिन्न प्रकारका आन्दोलन गर्न देउवा निष्क्रिय भएका बेला पौडेलकै दबाबमा काँग्रेस आन्दोलन गर्न बाध्य भएको छ ।
संसदमा प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको काँग्रेसले आफ्नो भूमिमा खेल्न नसकेको आरोप खेप्दै आएको छ । सभापति देउवा भने हचुवाको भरमा काँग्रेसले कुनै निर्णय नगर्ने भन्दै त्यसलाई थामथुम पार्दै आएका छन् । सभापति देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आन्तरिक सहमतिमै हरेक कुरा हुँदै आएका छन् । देउवा सरकार र विशेषगरी ओलीको विरुद्धमा कुनै कार्यक्रम गर्नु भन्दा पनि मिलेरै जाने लाइनमा छन् । देउवाको कदमको पार्टीभित्रैबाट चर्को आलोचना भएको छ । सभापति देउवाले नै काँग्रेसलाई बिगारेको आरोप अर्काे पक्षले लगाउँदै आएको छ तर देउवा भने आफूले नै नेतृत्व गरेपछि काँग्रेसलाई यहाँसम्म सफल भएको दाबी गर्दै आएका छन् ।
पटक पटक बैठकमा आलोचना खेप्दै आएका देउवाले संसदीय निर्वाचनमा समेत आफूले ६ पटकसम्म जितेको र अरु नेताले त्यस्तो सफलता हाँसिल नगरेको भन्दै आफ्नो भूमिकाको प्रदर्शन गर्दै आएका छन् । २०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा तनहुँ १ बाट वरिष्ठ नेता पौडेलले समेत हार व्यहोर्नु परेको थियो । पौडेलजस्तै काँग्रेसका धेरै प्रमुख नेताहरुले पनि त्यो निर्वाचन जित्न सकेनन् । आगामी महाधिवशेनमा देउवा नै सभापतिको उम्मेदवार हुने निश्चित छ । उता अर्को पक्षबाट भने को उम्मेदवार बन्ने विषयमा अझै विवाद छ । अर्को गुटमा देखिएको विवाद र एकले अर्कालाई नपत्याउने गरेका कारण पनि देउवा फेरि पनि सभापति बन्छु भन्नेमा ढुक्क छन् । राजनीतिमा कुशल खेलाडीका रुपमा आफूलाई स्थापित गराएका उनले महाधिवेशन के हो भन्ने बुझेकाले पनि उनी अरुलाई आफूसँगको प्रतिस्पर्धी समेत ठान्ने गरेका छैनन् । देउवाले यो कार्यकालमा पौडेललाई सहित नेता कृष्णप्रसाद सिटौलालाई सभापतिमा हराएका थिए । पहिलो चरणमा सिटौला बाहिरिए पछि उनकै सहयोगमा देउवा सभापति भएका हुन् । नेपाली काँग्रैसको महाधिवेशनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुप्मा निकै चासोका साथ हेरिएको छ । पार्टीभित्र विभिन्न विवाद भैरहँदा पनि त्यसलाई व्यवस्थापन गरेर भदौमा महाधिवेशन गर्नु बाध्य रहेकाले काँग्रेसको अरु कुनै विकल्प समेत छैन ।

244 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित ‘पार्टी बस नेपाल’ पुन सुरू, काराभान र क्याम्पर भ्यान पनि थपिने

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal