सूर्या लाइफ इन्स्योरेन्सको ‘सूर्या चौरासी पूजा’ बीमा योजना शुरु

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘सूर्या चौरासी पुजा’ नामक नयाँ बीमा योजना २०७७ फागुन ७ गतेदेखि बजारमा ल्याएको छ । दिर्घ जीवन, समृद्ध भविष्य भन्ने सन्देशका साथ एक कार्यक्रमबीच इन्स्योरेन्सले यो योजना बजारमा ल्याएको हो । बीमा योजनाको शुभारम्भ शताब्दी पुरुष सत्यमोहन जोशीले गरेका थिए । प्रमुख अतिथि जोशीले यस प्रकारको योजनाले बृद्धबृद्धाको लागि राहत मिल्ने बताए । उनले जीवनको अन्तिम साहाराको रुपमा यो बिमा योजना प्रभावकारी रहने समेत दावी गरे ।
यस योजनामा बीमीतको उमेर चौरासी वर्ष पुग्दासम्म रक्षावरण गर्ने छ भने ‘सूर्या चौरासी पुजा’ बीमा योजनाले बीमाङ्कको २ सय पचास प्रतिशतसम्म बीमा कभर प्रदान गर्नेछ । साथै बीमितले बीमाशुल्क भुक्तानी अवधिपश्चात एकमुष्ठ आर्जित बोनस प्राप्त गर्नुका साथै सो पश्चात निजको उमेर ८३ वर्ष नपुग्दासम्म बीमाङ्कको ६ प्रतिशतका दरले वार्षिक पेन्सन समेत प्राप्त हुनेछ । इन्स्युरेन्सले अहिलेसम्म १२ प्रकारका विमा योजना बजारमा ल्याएको छ । इन्सुरेन्सले अरु बिमा कम्पनी भन्दा आफ्नो योजना फरक भएको र बिमितको मन जित्न सक्ने दावी गरेको छ । बीमितको उमेर ८३ पूरा भई ८४ मा प्रवेश गर्दा बीमितलाई बीमाङ्कको १ सय पचास प्रतिशत रकम बिमा वापतको अन्तिम भुक्तानी प्राप्त हुनेछ र सो रकमबाट बीमितले निजको चौरासी पूजा उत्सवका रुपमा धुमधामका साथ मनाउन सक्नेछन् । कम्पनीले बिमितलाई ८४ वर्षको उपलक्ष्यमा आयोजना गर्ने कार्यक्रममा सहज होस् भनेर यस्तो योजना ल्याएको जनाएको छ ।
‘सूर्या चौरासी पुजा ’ बीमा योजना १६ वर्ष देखी ६० वर्षसम्म उमेरका व्यक्तिहरुले १० देखी ५० वर्षसम्म बीमाशुल्क भुक्तानी अवधीका लागि खरीद गर्न सक्नेछन् । न्युनतम १ लाख रुपैया बीमाङ्क तोकिएको सो बीमा योजना एकल भुक्तानी तरिकामा समेत उपलब्ध हुनेछ । बीमा प्रारम्भको दुई वर्षपछि बीमा अवधीभर बीमा समर्पण र बीमालेख धितोमा कर्जा सुविधाको समेत व्यवस्था रहेको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि जोशिले सूर्या लाइफ इन्स्योरेन्सले यो योजनाको शुभारम्भ गरेकोमा खुशी व्यक्त गदै सफलताको शुभकामना दिएका छन् । उनले आगामी दिनमा यस योजनाले बृद्ध, बृद्धालगायत उत्पीडितलाई सहयोग पुग्नेमा आफू विश्वस्त रहेको बताए ।
कार्यक्रममा सूर्या लाइफइन्योरेन्सका निमित्त प्रमुख कार्यकारी अधिकृत कमल कुमार खतिवडाले स्वागत गरेका थिए । खतिवडाले ‘सूर्या चौरासी पुजा ’नामक नयाँ बीमा योजनाका बारेमा थप प्रकाश पार्दैै बिमितलाई अलमलमा नपरी विमा गर्न समेत अनुरोध गरे । खतिवडाले आगामी दिनमा यो योजनालाई प्रभावकारी बनाउन आफूहरु सधैं प्रयत्नशील रहने समेत स्पष्ट पारे । उनले यो इन्स्युरेन्सका सबै प्रकारका योजनाहरुले विमितको मन जितेको समेत दावी गरेका छन् ।
कम्पनीका संस्थापक शेयरधनी विवेक झाले यो बीमा योजनालाई कार्यान्वयन गर्न सबैको सहयोग चाहिने बताए । झाले बजारमा विभिन्न योजनाहरु अरु कम्पनीले ल्याए पनि त्यो भन्दा पृथक रहेको समेत स्पष्ट पारे । उनले यो योजनाले भविष्यमा ठूलो फड्को मार्ने पनि बताए । कम्पनीले सोही कार्यक्रममार्फत शताब्दी पुरुष सत्यमोहन जोशीलाई सम्मान गरेको छ । यस्तै कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतः निःसहाय सेवा प्रदान, शान्तिनगरलाई तीन दिनको खर्च बाराबरको रकम सहयोग समेत गरेको छ । कम्पनीका ब्रान्ड एम्बेसडर गायिका इन्दिरा जोशी, कम्पनीका संस्थापक शेयरधनी विवेक झा, कम्पनीका अध्यक्ष केशब प्रसाद भट्टराईले संयुक्त रुपमा सूर्या चौरासी पुजा बीमा योजनाको शुरुवात भएको घोषणा गरेका थिए ।
ताजा

‘ए ङाला ह्राङ्बा माया’ असार २८ गते विशेष प्रदर्शन हुने
२०८२ असार २५ गते, बुधबार
‘ए ङाला ह्राङ्बा माया’ असार २८ गते विशेष प्रदर्शन हुने
२०८२ असार २५ गते, बुधबार
उच्च सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४ गते, मंगलवार
रसुवामा भीषण बाढीः मितेरीपुल भाँचियो, कन्टेनर र ईभी गाडी बगायो
२०८२ असार २४ गते, मंगलवार
रसुवा बाढीः तीन प्रहरीसहित १५ जना बेपत्ता
२०८२ असार २४ गते, मंगलवार
विद्या भण्डारी र बालेन शाहबिच भेटवार्ता
२०८२ असार २२ गते, आईतवार
विद्यालय शिक्षा विधेयकः समाधान गर्न सरकारलाई थप ५ दिनको म्याद
२०८२ असार २२ गते, आईतवार
नाउपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
२०८२ असार २२ गते, आईतवार
तारकेश्वरबाट एसईई उत्तीर्ण विद्यार्थीलाई परिवर्तन अभियानद्वारा सम्मान
२०८२ असार २२ गते, आईतवार
अन्तरघात भएको भन्दै कांग्रेसको अनुशासन समितिमा उजुरीको चाङ
२०८२ असार २२ गते, आईतवार
अफ्ताब अलाम काण्डः बम लागेका गौरीशंकर पीडा सुनाउन काठमाडौं आए
२०८२ असार २२ गते, आईतवारलोकप्रिय

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार