सूर्या लाइफ इन्स्योरेन्सको ‘सूर्या चौरासी पूजा’ बीमा योजना शुरु
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘सूर्या चौरासी पुजा’ नामक नयाँ बीमा योजना २०७७ फागुन ७ गतेदेखि बजारमा ल्याएको छ । दिर्घ जीवन, समृद्ध भविष्य भन्ने सन्देशका साथ एक कार्यक्रमबीच इन्स्योरेन्सले यो योजना बजारमा ल्याएको हो । बीमा योजनाको शुभारम्भ शताब्दी पुरुष सत्यमोहन जोशीले गरेका थिए । प्रमुख अतिथि जोशीले यस प्रकारको योजनाले बृद्धबृद्धाको लागि राहत मिल्ने बताए । उनले जीवनको अन्तिम साहाराको रुपमा यो बिमा योजना प्रभावकारी रहने समेत दावी गरे ।
यस योजनामा बीमीतको उमेर चौरासी वर्ष पुग्दासम्म रक्षावरण गर्ने छ भने ‘सूर्या चौरासी पुजा’ बीमा योजनाले बीमाङ्कको २ सय पचास प्रतिशतसम्म बीमा कभर प्रदान गर्नेछ । साथै बीमितले बीमाशुल्क भुक्तानी अवधिपश्चात एकमुष्ठ आर्जित बोनस प्राप्त गर्नुका साथै सो पश्चात निजको उमेर ८३ वर्ष नपुग्दासम्म बीमाङ्कको ६ प्रतिशतका दरले वार्षिक पेन्सन समेत प्राप्त हुनेछ । इन्स्युरेन्सले अहिलेसम्म १२ प्रकारका विमा योजना बजारमा ल्याएको छ । इन्सुरेन्सले अरु बिमा कम्पनी भन्दा आफ्नो योजना फरक भएको र बिमितको मन जित्न सक्ने दावी गरेको छ । बीमितको उमेर ८३ पूरा भई ८४ मा प्रवेश गर्दा बीमितलाई बीमाङ्कको १ सय पचास प्रतिशत रकम बिमा वापतको अन्तिम भुक्तानी प्राप्त हुनेछ र सो रकमबाट बीमितले निजको चौरासी पूजा उत्सवका रुपमा धुमधामका साथ मनाउन सक्नेछन् । कम्पनीले बिमितलाई ८४ वर्षको उपलक्ष्यमा आयोजना गर्ने कार्यक्रममा सहज होस् भनेर यस्तो योजना ल्याएको जनाएको छ ।
‘सूर्या चौरासी पुजा ’ बीमा योजना १६ वर्ष देखी ६० वर्षसम्म उमेरका व्यक्तिहरुले १० देखी ५० वर्षसम्म बीमाशुल्क भुक्तानी अवधीका लागि खरीद गर्न सक्नेछन् । न्युनतम १ लाख रुपैया बीमाङ्क तोकिएको सो बीमा योजना एकल भुक्तानी तरिकामा समेत उपलब्ध हुनेछ । बीमा प्रारम्भको दुई वर्षपछि बीमा अवधीभर बीमा समर्पण र बीमालेख धितोमा कर्जा सुविधाको समेत व्यवस्था रहेको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि जोशिले सूर्या लाइफ इन्स्योरेन्सले यो योजनाको शुभारम्भ गरेकोमा खुशी व्यक्त गदै सफलताको शुभकामना दिएका छन् । उनले आगामी दिनमा यस योजनाले बृद्ध, बृद्धालगायत उत्पीडितलाई सहयोग पुग्नेमा आफू विश्वस्त रहेको बताए ।
कार्यक्रममा सूर्या लाइफइन्योरेन्सका निमित्त प्रमुख कार्यकारी अधिकृत कमल कुमार खतिवडाले स्वागत गरेका थिए । खतिवडाले ‘सूर्या चौरासी पुजा ’नामक नयाँ बीमा योजनाका बारेमा थप प्रकाश पार्दैै बिमितलाई अलमलमा नपरी विमा गर्न समेत अनुरोध गरे । खतिवडाले आगामी दिनमा यो योजनालाई प्रभावकारी बनाउन आफूहरु सधैं प्रयत्नशील रहने समेत स्पष्ट पारे । उनले यो इन्स्युरेन्सका सबै प्रकारका योजनाहरुले विमितको मन जितेको समेत दावी गरेका छन् ।
कम्पनीका संस्थापक शेयरधनी विवेक झाले यो बीमा योजनालाई कार्यान्वयन गर्न सबैको सहयोग चाहिने बताए । झाले बजारमा विभिन्न योजनाहरु अरु कम्पनीले ल्याए पनि त्यो भन्दा पृथक रहेको समेत स्पष्ट पारे । उनले यो योजनाले भविष्यमा ठूलो फड्को मार्ने पनि बताए । कम्पनीले सोही कार्यक्रममार्फत शताब्दी पुरुष सत्यमोहन जोशीलाई सम्मान गरेको छ । यस्तै कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतः निःसहाय सेवा प्रदान, शान्तिनगरलाई तीन दिनको खर्च बाराबरको रकम सहयोग समेत गरेको छ । कम्पनीका ब्रान्ड एम्बेसडर गायिका इन्दिरा जोशी, कम्पनीका संस्थापक शेयरधनी विवेक झा, कम्पनीका अध्यक्ष केशब प्रसाद भट्टराईले संयुक्त रुपमा सूर्या चौरासी पुजा बीमा योजनाको शुरुवात भएको घोषणा गरेका थिए ।
ताजा
आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प
२०८३ आश्विन ३ गते, शनिबार
आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प
२०८३ आश्विन ३ गते, शनिबार
‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन
२०८३ आश्विन ३ गते, शनिबार
चलचित्र ‘बखत्ते’को शुभमुहूर्त
२०८३ आश्विन ३ गते, शनिबार
प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण
२०८३ आश्विन ३ गते, शनिबार
चलचित्र चंगुलको ट्रेलर रिलिज
२०८३ आश्विन ३ गते, शनिबार
भूपेशको ‘मेरी आमा’ सार्वजनिक
२०८३ आश्विन ३ गते, शनिबार
आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै
२०८३ आश्विन ३ गते, शनिबार
डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ
२०८३ आश्विन २ गते, शुक्रबार
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन
२०८३ आश्विन २ गते, शुक्रबार
पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित ‘पार्टी बस नेपाल’ पुन सुरू, काराभान र क्याम्पर भ्यान पनि थपिने
२०८३ आश्विन २ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





