गहिरिँदै संकट

२०७७ फाल्गुन ९ गते, आईतवार

प्रतिनिधिसभा विघटन भएपछि देशको राजनीति संकटग्रस्त बन्दै गएको छ । सरकारले वैशाख १७ र २७ गते निर्वाचन गराउने भने पनि अहिलेसम्मको वातावरण हेर्दा त्यस्तो सम्भावना छैन ।
प्रधानमन्त्री खड्गप्रसाद ओली जसरी भए पनि निर्वाचन गराउने नै भनेर लागिपरेका छन् । पार्टीभित्रको आपसी द्धन्द्धलाई व्यवस्थापन गर्न नसक्दा ओलीले आवेशमा आएर प्रतिनिधिसभा भंग गरेका हुन् । सामान्य विवादमा पनि देशलाई गम्भीर संकट आउने गरी निर्णय लिएका ओलीको एकपछि अर्को आलोचना भइरहँदा पनि उनले आफ्नो अडान छोडेका छैनन् । उनले प्रतिनिधिसभा विघटन गरेर महान काम गरेको भन्दै देशैभर सन्देश बाँड्दै हिँडेका छन् । दीगो विकास, स्थायित्व र सुशासनको नारा लाउन कहिल्यै पनि पछि नपर्ने ओलीले देश यसरी संकटमा पर्दा पनि राम्रो भएको र निकासको बाटो अरु केही नभएको भन्न छोडेका छैनन् ।
२०७४ सालको निर्वाचनमा नेकपालाई पत्याएर जनताले धेरै मत दिए पनि त्यसलाई सम्हाल्न नसक्दा एकातिर नेकपा संकटमा परेको छ भने अर्कोतिर देशले पनि निकास पाउने सम्भावना छैन । ओलीले संविधानविपरीत गएर गरेको प्रतिनिधिसभा विघटनको विपक्षमा देशव्यापी विरोध र जुलुस हुँदा पनि उनले आफ्नो तर्फबाट गलत अडान लिन छोडेका छैनन् । उनले पार्टीभित्रका खराव तत्वहरुलाई तह लगाइसकेकाले अबको निर्वाचनमा प्राप्त मतका आधारमा सरकार चलाएर जनताको बाँकी सपना पूरा गर्ने भन्दै आएका छन् । निर्वाचनको विपक्षमा कुनै पनि पार्टी र जनता नभए पनि संविधानको विरुद्धमा गएर चालिएको कदमको मात्र आलोचना भएको हो । वैशाखमा निर्वाचन हुन सकेन भने त्यसबाट आइपर्ने खतराबारे ओलीले कति पनि चासो देखाएका छैनन् ।
पार्टीभित्रै विरोध र असहमति भएपछि अत्तालिएर यो निर्णयमा पुगेका उनले संसदमा प्रक्रियामा गएर अविश्वासको प्रस्ताव सामना गर्दा आफ्नो प्रधानमन्त्रीको पद जान्छ भनेर नै यस्तो गलत निर्णय गरेको सजिलै बुझ्न सकिन्छ ।

233 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

हाम्रा परम्परागत खानाको महत्व

२०८३ जेष्ठ २९ गते, शुक्रबार

हाम्रा परम्परागत खानाको महत्व

२०८३ जेष्ठ २९ गते, शुक्रबार

फिफा विश्वकप २०२६ः उद्घाटन खेलमा मेक्सिकोको विजयी सुरुआत

२०८३ जेष्ठ २९ गते, शुक्रबार

आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती

२०८३ जेष्ठ २८ गते, बिहीबार

आजदेखि फिफा विश्वकप–२०२६ः उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने

२०८३ जेष्ठ २८ गते, बिहीबार

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

२०८३ जेष्ठ २८ गते, बिहीबार

‘बसौँ हजुर’ मा सेजल र जोन्दिरको रोमान्टिक अवतार

२०८३ जेष्ठ २८ गते, बिहीबार

संगीत रोयल्टी संकलन समाज नेपालद्वारा रोयल्टी वितरण

२०८३ जेष्ठ २८ गते, बिहीबार

सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो

२०८३ जेष्ठ २६ गते, मंगलवार

गृहमन्त्रीमा पुनः सुधन गुरुङ, आजै शपथ

२०८३ जेष्ठ २६ गते, मंगलवार

बुधबारसम्म प्रतिनिधि सभा बैठक स्थगित

२०८३ जेष्ठ २६ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal