गहिरिँदै संकट

२०७७ फाल्गुन ९ गते, आईतवार

प्रतिनिधिसभा विघटन भएपछि देशको राजनीति संकटग्रस्त बन्दै गएको छ । सरकारले वैशाख १७ र २७ गते निर्वाचन गराउने भने पनि अहिलेसम्मको वातावरण हेर्दा त्यस्तो सम्भावना छैन ।
प्रधानमन्त्री खड्गप्रसाद ओली जसरी भए पनि निर्वाचन गराउने नै भनेर लागिपरेका छन् । पार्टीभित्रको आपसी द्धन्द्धलाई व्यवस्थापन गर्न नसक्दा ओलीले आवेशमा आएर प्रतिनिधिसभा भंग गरेका हुन् । सामान्य विवादमा पनि देशलाई गम्भीर संकट आउने गरी निर्णय लिएका ओलीको एकपछि अर्को आलोचना भइरहँदा पनि उनले आफ्नो अडान छोडेका छैनन् । उनले प्रतिनिधिसभा विघटन गरेर महान काम गरेको भन्दै देशैभर सन्देश बाँड्दै हिँडेका छन् । दीगो विकास, स्थायित्व र सुशासनको नारा लाउन कहिल्यै पनि पछि नपर्ने ओलीले देश यसरी संकटमा पर्दा पनि राम्रो भएको र निकासको बाटो अरु केही नभएको भन्न छोडेका छैनन् ।
२०७४ सालको निर्वाचनमा नेकपालाई पत्याएर जनताले धेरै मत दिए पनि त्यसलाई सम्हाल्न नसक्दा एकातिर नेकपा संकटमा परेको छ भने अर्कोतिर देशले पनि निकास पाउने सम्भावना छैन । ओलीले संविधानविपरीत गएर गरेको प्रतिनिधिसभा विघटनको विपक्षमा देशव्यापी विरोध र जुलुस हुँदा पनि उनले आफ्नो तर्फबाट गलत अडान लिन छोडेका छैनन् । उनले पार्टीभित्रका खराव तत्वहरुलाई तह लगाइसकेकाले अबको निर्वाचनमा प्राप्त मतका आधारमा सरकार चलाएर जनताको बाँकी सपना पूरा गर्ने भन्दै आएका छन् । निर्वाचनको विपक्षमा कुनै पनि पार्टी र जनता नभए पनि संविधानको विरुद्धमा गएर चालिएको कदमको मात्र आलोचना भएको हो । वैशाखमा निर्वाचन हुन सकेन भने त्यसबाट आइपर्ने खतराबारे ओलीले कति पनि चासो देखाएका छैनन् ।
पार्टीभित्रै विरोध र असहमति भएपछि अत्तालिएर यो निर्णयमा पुगेका उनले संसदमा प्रक्रियामा गएर अविश्वासको प्रस्ताव सामना गर्दा आफ्नो प्रधानमन्त्रीको पद जान्छ भनेर नै यस्तो गलत निर्णय गरेको सजिलै बुझ्न सकिन्छ ।

171 Views

ताजा

अस्ट्रेलियाको प्रतिष्ठित एक्सेलसिया कलेजमा संगीतमा उच्च शिक्षा पढ्ने अवसर

२०८१ श्रावण ४ गते, शुक्रबार

अस्ट्रेलियाको प्रतिष्ठित एक्सेलसिया कलेजमा संगीतमा उच्च शिक्षा पढ्ने अवसर

२०८१ श्रावण ४ गते, शुक्रबार

तारकेश्वर डाँडागाउँ चौकीमा खुल्यो सिवांगी ब्युटी जोन, १ महिनासम्म विशेष अफर

२०८१ श्रावण ४ गते, शुक्रबार

भनाइ पत्रकारको निर्वाचन, गराइ राजनीतिक स्वार्थसिद्धिको खेल

२०८१ श्रावण ४ गते, शुक्रबार

गुरु पूर्णिमाको अवसरमा बबिना भट्टराईको भजन ‘गुरु चरणमा’ सार्वजानिक (भिडियो सहित)

२०८१ श्रावण ४ गते, शुक्रबार

सर्वाधिक चर्चामा “हरहर महादेव” (भिडियो सहित)

२०८१ श्रावण २ गते, बुधबार

ढल्यो प्रचण्ड सरकार, पक्षमा ६३, विपक्षमा १९४ मत

२०८१ असार २८ गते, शुक्रबार

निर्मलाका हत्यारा र जीबी राई खोइ पक्राउ गरेको ? : ज्ञानेन्द्र शाही

२०८१ असार २८ गते, शुक्रबार

गृहमन्त्री लामिछानेको आक्षेप, फाइल खोलेको २४ घण्टामा सरकार ढालियो

२०८१ असार २८ गते, शुक्रबार

कला संगीत मानव भावनाको सुन्दर प्रस्तुति हो –कलाकार निर्मला घिसिङ

२०८१ असार २८ गते, शुक्रबार

कास्की पहिरो अपडेट: मृतकको सङ्ख्या ११ पुग्यो

२०८१ असार २८ गते, शुक्रबार

लोकप्रिय

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

१ लाख १ हजार १सय ११ रुपैया राशिको आदर्श पत्रकारिता पुरस्कार किशोर नेपाललाई

२०७९ चैत्र २४ गते, शुक्रबार

धनकुटा महोत्सवमा ३० जना घाइते

२०७९ माघ १५ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal