केन्द्रीय सदस्यलाई ‘सडक छाप’ भन्ने ओली चाहिँ को हो ?
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका (दाहाल–नेपाल) समूहका केन्द्रीय सदस्य रामकुमार ज्ञवालीले पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले हिजोको दिनमा आफूहरुलाई सडकछाप भनेकोमा आपत्ति जनाएका छन् । पार्टीमा संकट पर्दै गएपछि पार्टीको नेतृत्वलाई केन्द्रीय सदस्यहरुले बैठक बोलाउनु प¥यो भनेर अनुरोध गरेपछि त्यसलाई वेवास्ता गर्दै ओलीले केन्द्रीय सदस्यहरुलाई सडक छाप भनेकोमा ज्ञवालीले चित्त दुखाएका छन् । ‘हामीलाई सडकछाप भनेर भन्ने उनी चाहिँ को हुन् ? एउटा मर्यादित ठाउँमा बसेको मान्छेले पार्टीका नेता कार्यकर्तालाई यस्ता शब्दले गाली गर्नु पक्कै राम्रो लक्षण होइन’ ज्ञवालीले भने– ओली हिजो पनि सधैं बैठकबाट भाग्दै आएका थिए । त्यही परिणामस्वरुप नै आज पार्टीको यो अवस्था आयो ।’ ज्ञवालीले ओलीले स्थायी कमिटी सदस्यहरुलाई ‘हुल्लडबाज’को संज्ञा दिएकोमा समेत आपत्ति जनाएका छन् । उनले ओलीको कार्यशैली र स्वभाव हिजो एमालेमा रहँदा देखिनै त्यस्तै खालको अराजक, असभ्य र असंस्कृत रहेको दावी गरेका छन् । एमालेको बैठक बोलाउने समयमा पनि उनले बैठक नबोलाई भाग्ने गरेको र पार्टीलाई वेवास्ता गरेर आफूमात्रै राजा हुँ भनेजस्तो गर्ने गरेको भन्दै दुःख व्यक्त गरेका छन् । ज्ञवालीले नेकपा भएपछि पनि ओलीको व्यवहारमा कुनै सुधार नआएको समेत स्पष्ट पारेका छन् । उनले ओलीले पार्टीको बैठक बोलाएको भए त्यहाँ देखिएका समस्याबारे छलफल गरेको भए र सरकार सन्चालनमा आपसी समन्वय गरेको भए पार्टीको यो अवस्था आउने थिएन भनेर भन्दै आएका छन् ।
ज्ञवालीले नेकपालाई यो स्थानसम्म ल्याउन सबैको योगदान रहेकाले ओलीले मैले मात्र पार्टी बनाएको भनेर तर्क गर्नु कुतर्क बाहेक अरु केही नभएकोमा जोड दिएका छन् । उनले अहिले देखिएको संकटको सबै जिम्मा ओलीले नै लिनु पर्ने दावी गरेका छन् । २०५१ सालको निर्वाचनमा कन्चनपुरबाट प्रतिनिधिसभा सदस्य बनेका उनले पार्टी निर्माणमा आफ्नो पनि कम योगदान नरहेको उल्लेख गरेका छन् ।
उनले पार्टीलाई विस्तार गर्न रातारात हिँडेर विभिन्न स्थानमा पुगेको र नखाईकन लागेको समेत जनाएका छन् । ओलीले संविधानविपरीत गएर प्रतिनिधिसभा विघटन गरेकाले संविधान र जनताले ओलीलाई कहिले पनि न्याय दिन नसक्ने बताए । उनले निर्वाचन आयोगबाट आफू रहेको पार्टीले नै नेकपाको आधिकारिकता पाउने दावी समेत गरेका छन् । हाल कायम रहेको ४३४ केन्द्रीय सदस्यमा आफूहरुसँग २७५ जना भएकाले आफूहरुको बहुमत सिद्ध भएको स्पष्ट पारेका छन् । उनले आयोगले कसैको डर, धम्की र प्रभावमा नपरी निर्णय गर्ला भन्ने विश्वास व्यक्त गरेका छन् ।
ताजा
न्यायिक सेवाको पुनसंरचनाको आवश्यकता बढदैछ: अधिवत्ता बिष्णु गिरी
२०८३ असार ९ गते, मंगलवार
न्यायिक सेवाको पुनसंरचनाको आवश्यकता बढदैछ: अधिवत्ता बिष्णु गिरी
२०८३ असार ९ गते, मंगलवार
मेसीले रचे इतिहासः उच्च गोलकर्ताको कीर्तिमानी
२०८३ असार ९ गते, मंगलवार
आज रास्वपाको बन्दसत्र, प्रतिनिधिलाई परिचय वितरण
२०८३ असार ९ गते, मंगलवार
प्रधानमन्त्री बालेन शाहकी स्वकीय उपसचिव प्रकृति ढकाल रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
२०८३ असार ९ गते, मंगलवार
आधुनिक प्रबिधिले आजको नारिलाई धेरैनै आधुनिक बनाएको छ
२०८३ असार ९ गते, मंगलवार
कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण
२०८३ असार ५ गते, शुक्रबार
किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?
२०८३ असार ५ गते, शुक्रबार
‘क्याप्टेन साब’को सकियो छायांकन
२०८३ असार ५ गते, शुक्रबार
‘रोल नं १’को टिकटमा ५० प्रतिशत
२०८३ असार ५ गते, शुक्रबार
फाइभ जीका लागि सरकार र सेवा प्रदायक दुवै तयार
२०८३ असार ५ गते, शुक्रबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





