केन्द्रीय सदस्यलाई ‘सडक छाप’ भन्ने ओली चाहिँ को हो ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका (दाहाल–नेपाल) समूहका केन्द्रीय सदस्य रामकुमार ज्ञवालीले पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले हिजोको दिनमा आफूहरुलाई सडकछाप भनेकोमा आपत्ति जनाएका छन् । पार्टीमा संकट पर्दै गएपछि पार्टीको नेतृत्वलाई केन्द्रीय सदस्यहरुले बैठक बोलाउनु प¥यो भनेर अनुरोध गरेपछि त्यसलाई वेवास्ता गर्दै ओलीले केन्द्रीय सदस्यहरुलाई सडक छाप भनेकोमा ज्ञवालीले चित्त दुखाएका छन् । ‘हामीलाई सडकछाप भनेर भन्ने उनी चाहिँ को हुन् ? एउटा मर्यादित ठाउँमा बसेको मान्छेले पार्टीका नेता कार्यकर्तालाई यस्ता शब्दले गाली गर्नु पक्कै राम्रो लक्षण होइन’ ज्ञवालीले भने– ओली हिजो पनि सधैं बैठकबाट भाग्दै आएका थिए । त्यही परिणामस्वरुप नै आज पार्टीको यो अवस्था आयो ।’ ज्ञवालीले ओलीले स्थायी कमिटी सदस्यहरुलाई ‘हुल्लडबाज’को संज्ञा दिएकोमा समेत आपत्ति जनाएका छन् । उनले ओलीको कार्यशैली र स्वभाव हिजो एमालेमा रहँदा देखिनै त्यस्तै खालको अराजक, असभ्य र असंस्कृत रहेको दावी गरेका छन् । एमालेको बैठक बोलाउने समयमा पनि उनले बैठक नबोलाई भाग्ने गरेको र पार्टीलाई वेवास्ता गरेर आफूमात्रै राजा हुँ भनेजस्तो गर्ने गरेको भन्दै दुःख व्यक्त गरेका छन् । ज्ञवालीले नेकपा भएपछि पनि ओलीको व्यवहारमा कुनै सुधार नआएको समेत स्पष्ट पारेका छन् । उनले ओलीले पार्टीको बैठक बोलाएको भए त्यहाँ देखिएका समस्याबारे छलफल गरेको भए र सरकार सन्चालनमा आपसी समन्वय गरेको भए पार्टीको यो अवस्था आउने थिएन भनेर भन्दै आएका छन् ।
ज्ञवालीले नेकपालाई यो स्थानसम्म ल्याउन सबैको योगदान रहेकाले ओलीले मैले मात्र पार्टी बनाएको भनेर तर्क गर्नु कुतर्क बाहेक अरु केही नभएकोमा जोड दिएका छन् । उनले अहिले देखिएको संकटको सबै जिम्मा ओलीले नै लिनु पर्ने दावी गरेका छन् । २०५१ सालको निर्वाचनमा कन्चनपुरबाट प्रतिनिधिसभा सदस्य बनेका उनले पार्टी निर्माणमा आफ्नो पनि कम योगदान नरहेको उल्लेख गरेका छन् ।
उनले पार्टीलाई विस्तार गर्न रातारात हिँडेर विभिन्न स्थानमा पुगेको र नखाईकन लागेको समेत जनाएका छन् । ओलीले संविधानविपरीत गएर प्रतिनिधिसभा विघटन गरेकाले संविधान र जनताले ओलीलाई कहिले पनि न्याय दिन नसक्ने बताए । उनले निर्वाचन आयोगबाट आफू रहेको पार्टीले नै नेकपाको आधिकारिकता पाउने दावी समेत गरेका छन् । हाल कायम रहेको ४३४ केन्द्रीय सदस्यमा आफूहरुसँग २७५ जना भएकाले आफूहरुको बहुमत सिद्ध भएको स्पष्ट पारेका छन् । उनले आयोगले कसैको डर, धम्की र प्रभावमा नपरी निर्णय गर्ला भन्ने विश्वास व्यक्त गरेका छन् ।
ताजा

अब नेपालमा लोडसेडिङ हुँदै हुँदैनः शाक्य
२०८२ जेष्ठ २ गते, शुक्रबार
अब नेपालमा लोडसेडिङ हुँदै हुँदैनः शाक्य
२०८२ जेष्ठ २ गते, शुक्रबार
हिमाल जोगाउनु पृथ्वी, महासागर र मानवता जोगाउनु होः प्रधानमन्त्री ओली
२०८२ जेष्ठ २ गते, शुक्रबार
राजसंस्था र हिन्दूराष्ट्र मान्छु भनेकै कारणले रवीन्द्र मिश्रलाई खोरमा राखिएको छः राजेन्द्र लिङ्देन
२०८२ जेष्ठ २ गते, शुक्रबार
गीतकार सुरेश शिवाकोटीको ‘केलाई हतार’ सार्वजनिक
२०८२ जेष्ठ २ गते, शुक्रबार
सगरमाथा दिवस साताव्यापी कार्यक्रमसहित मनाइने
२०८२ जेष्ठ २ गते, शुक्रबार
गीता अधिकारीलाई ‘रेखा फिल्मस् छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार’
२०८२ जेष्ठ २ गते, शुक्रबार
‘भेट्छ एप’ निर्माण गरी अष्ट्रेलियामा रहेका नेपालीलाई सघाउदै चितवनका नवीन
२०८२ जेष्ठ २ गते, शुक्रबार
मखनटोलमा आगलागी, एक जनाको मृत्यु
२०८२ बैशाख ३१ गते, बुधबार
दक्षिण कोरिया जाने विद्यार्थीको ‘एनओसी’ सरकारंद्वारा स्थगित
२०८२ बैशाख ३० गते, मंगलवार
रवीन्द्र मिश्रलगायत २६ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति
२०८२ बैशाख ३० गते, मंगलवारलोकप्रिय

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार
मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार