केन्द्रीय सदस्यलाई ‘सडक छाप’ भन्ने ओली चाहिँ को हो ?

२०७७ माघ २५ गते, आईतवार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका (दाहाल–नेपाल) समूहका केन्द्रीय सदस्य रामकुमार ज्ञवालीले पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले हिजोको दिनमा आफूहरुलाई सडकछाप भनेकोमा आपत्ति जनाएका छन् । पार्टीमा संकट पर्दै गएपछि पार्टीको नेतृत्वलाई केन्द्रीय सदस्यहरुले बैठक बोलाउनु प¥यो भनेर अनुरोध गरेपछि त्यसलाई वेवास्ता गर्दै ओलीले केन्द्रीय सदस्यहरुलाई सडक छाप भनेकोमा ज्ञवालीले चित्त दुखाएका छन् । ‘हामीलाई सडकछाप भनेर भन्ने उनी चाहिँ को हुन् ? एउटा मर्यादित ठाउँमा बसेको मान्छेले पार्टीका नेता कार्यकर्तालाई यस्ता शब्दले गाली गर्नु पक्कै राम्रो लक्षण होइन’ ज्ञवालीले भने– ओली हिजो पनि सधैं बैठकबाट भाग्दै आएका थिए । त्यही परिणामस्वरुप नै आज पार्टीको यो अवस्था आयो ।’ ज्ञवालीले ओलीले स्थायी कमिटी सदस्यहरुलाई ‘हुल्लडबाज’को संज्ञा दिएकोमा समेत आपत्ति जनाएका छन् । उनले ओलीको कार्यशैली र स्वभाव हिजो एमालेमा रहँदा देखिनै त्यस्तै खालको अराजक, असभ्य र असंस्कृत रहेको दावी गरेका छन् । एमालेको बैठक बोलाउने समयमा पनि उनले बैठक नबोलाई भाग्ने गरेको र पार्टीलाई वेवास्ता गरेर आफूमात्रै राजा हुँ भनेजस्तो गर्ने गरेको भन्दै दुःख व्यक्त गरेका छन् । ज्ञवालीले नेकपा भएपछि पनि ओलीको व्यवहारमा कुनै सुधार नआएको समेत स्पष्ट पारेका छन् । उनले ओलीले पार्टीको बैठक बोलाएको भए त्यहाँ देखिएका समस्याबारे छलफल गरेको भए र सरकार सन्चालनमा आपसी समन्वय गरेको भए पार्टीको यो अवस्था आउने थिएन भनेर भन्दै आएका छन् ।
ज्ञवालीले नेकपालाई यो स्थानसम्म ल्याउन सबैको योगदान रहेकाले ओलीले मैले मात्र पार्टी बनाएको भनेर तर्क गर्नु कुतर्क बाहेक अरु केही नभएकोमा जोड दिएका छन् । उनले अहिले देखिएको संकटको सबै जिम्मा ओलीले नै लिनु पर्ने दावी गरेका छन् । २०५१ सालको निर्वाचनमा कन्चनपुरबाट प्रतिनिधिसभा सदस्य बनेका उनले पार्टी निर्माणमा आफ्नो पनि कम योगदान नरहेको उल्लेख गरेका छन् ।
उनले पार्टीलाई विस्तार गर्न रातारात हिँडेर विभिन्न स्थानमा पुगेको र नखाईकन लागेको समेत जनाएका छन् । ओलीले संविधानविपरीत गएर प्रतिनिधिसभा विघटन गरेकाले संविधान र जनताले ओलीलाई कहिले पनि न्याय दिन नसक्ने बताए । उनले निर्वाचन आयोगबाट आफू रहेको पार्टीले नै नेकपाको आधिकारिकता पाउने दावी समेत गरेका छन् । हाल कायम रहेको ४३४ केन्द्रीय सदस्यमा आफूहरुसँग २७५ जना भएकाले आफूहरुको बहुमत सिद्ध भएको स्पष्ट पारेका छन् । उनले आयोगले कसैको डर, धम्की र प्रभावमा नपरी निर्णय गर्ला भन्ने विश्वास व्यक्त गरेका छन् ।

228 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

न्यायिक सेवाको पुनसंरचनाको आवश्यकता बढदैछ: अधिवत्ता बिष्णु गिरी

२०८३ असार ९ गते, मंगलवार

न्यायिक सेवाको पुनसंरचनाको आवश्यकता बढदैछ: अधिवत्ता बिष्णु गिरी

२०८३ असार ९ गते, मंगलवार

मेसीले रचे इतिहासः उच्च गोलकर्ताको कीर्तिमानी

२०८३ असार ९ गते, मंगलवार

आज रास्वपाको बन्दसत्र, प्रतिनिधिलाई परिचय वितरण

२०८३ असार ९ गते, मंगलवार

प्रधानमन्त्री बालेन शाहकी स्वकीय उपसचिव प्रकृति ढकाल रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

२०८३ असार ९ गते, मंगलवार

आधुनिक प्रबिधिले आजको नारिलाई धेरैनै आधुनिक बनाएको छ

२०८३ असार ९ गते, मंगलवार

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ असार ५ गते, शुक्रबार

किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?

२०८३ असार ५ गते, शुक्रबार

‘क्याप्टेन साब’को सकियो छायांकन

२०८३ असार ५ गते, शुक्रबार

‘रोल नं १’को टिकटमा ५० प्रतिशत

२०८३ असार ५ गते, शुक्रबार

फाइभ जीका लागि सरकार र सेवा प्रदायक दुवै तयार

२०८३ असार ५ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal