प्रधानमन्त्री ओलीकै कारण अन्यौलता

२०७७ माघ २५ गते, आईतवार

प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण देशमा अहिले अन्यौलता छाएको छ । ओलीले असंवैधानिक अडान राख्दै गएपछि देशले फेरि अर्को संकट व्यहोरेको छ । आफू बाहेक अरु कोही पनि नेता होइनन् र सरकार चलाउन सक्दैनन भनेर गलत अडान लिएपछि उनले अचानक प्रतिनिधिसभा विघटन गरेर देशलाई अन्यौलतातिर धकेलेका छन् ।
संविधानले वर्तमान प्रधानमन्त्रीलाई प्रतिनिधिसभा भंग गर्ने अधिकार नदिएको भएपनि उनी आफ्ना विभिन्नखाले तर्क पेश गर्दै आफू अधिकार सम्पन्न भएको बताउँदै आएका छन् । आफूसँग ६४ प्रतिशत सांसदको समर्थन रहेकाले अर्को कुनै बाटोबाट सरकार बन्न नसक्ने भएकाले बाध्य भएर आफूले संसद विघटन गरेको हावादारी तर्क प्रस्तुत गर्दै आएका छन् । ६४ प्रतिशत सांसदको समर्थन आफूसँग भएकोमा उनी विश्वस्त भएको भए संसदमा आइपर्ने अविश्वासको प्रस्ताव सामाना गरेर जाँदा उनलाई सजिलो हुने थियो । तर उनले त्यो बाटो नअपनाई अर्को बाटो लागेपछि संविधान र देश समेत संकटमा पर्दै आएको छ । ओलीले आगामी वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन गर्ने घोषणा गरेका छन् । तर त्यो निर्वाचन हुन्छ भन्नेमा ओली पनि विश्वस्त छैनन् । पार्टीमा देखिएको आधिकारितासम्बन्धी विवादलाई टुंगो लगाउन निर्वाचन आयोगले नसकेको र निर्वाचनको मिति पनि नजिकिँदै गर्दा निर्वाचन हुन सक्ने सम्भावना कमै छ । ओलीले आफू नै आधिकारिक पार्टीको अध्यक्ष भएको भन्दै आए पनि निर्वाचन आयोगमा त्यतिबेला बुझाएको केन्द्रीय सदस्यको संख्यालाई आधार मान्दा उनले आधिकारिक पार्टी र निर्वाचन चिन्ह सूर्य पाउने सम्भावना छैन ।
ओलीले संसदमा अविश्वासको प्रस्तावको सामना गर्दा प्रधानमन्त्री पद जाने बुझेर नै गलत निर्णय गरेको स्पष्ट रुपमा बुभ्mन सकिन्छ । उनले आफ्नै पार्टीको अर्को गुटका देशद्रोही र विदेशीको दलाललाई सत्ता सुम्पनु भन्दा ताजा जनादेशमा जानु नै उपयुक्त भएकाले यस्तो निर्णय गरेको तर्क पेश गरेर आफूलाई नै सर्वोच्च नेता भनेर सावित गर्ने प्रयास गरिरहेका छन् ।

243 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

‘ईयुमा डट कम’ले बुधबारदेखि आफ्नो औपचारिक सेवा सञ्चालनमा

२०८३ श्रावण २० गते, बुधबार

हलमा छैन ‘गौँथली’को टिकट

२०८३ श्रावण १९ गते, मंगलवार

‘आइतबारको अफिस’ को परिचर्चा सम्पन्न

२०८३ श्रावण १९ गते, मंगलवार

अर्जुन चन्द्रको ‘संवेदनाका प्रतिध्वनि’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ श्रावण १९ गते, मंगलवार

‘दुर्गा’ निर्माण गर्दै सम्राट

२०८३ श्रावण १८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक

२०८३ श्रावण १८ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal