प्रधानमन्त्री ओलीकै कारण अन्यौलता

२०७७ माघ २५ गते, आईतवार

प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण देशमा अहिले अन्यौलता छाएको छ । ओलीले असंवैधानिक अडान राख्दै गएपछि देशले फेरि अर्को संकट व्यहोरेको छ । आफू बाहेक अरु कोही पनि नेता होइनन् र सरकार चलाउन सक्दैनन भनेर गलत अडान लिएपछि उनले अचानक प्रतिनिधिसभा विघटन गरेर देशलाई अन्यौलतातिर धकेलेका छन् ।
संविधानले वर्तमान प्रधानमन्त्रीलाई प्रतिनिधिसभा भंग गर्ने अधिकार नदिएको भएपनि उनी आफ्ना विभिन्नखाले तर्क पेश गर्दै आफू अधिकार सम्पन्न भएको बताउँदै आएका छन् । आफूसँग ६४ प्रतिशत सांसदको समर्थन रहेकाले अर्को कुनै बाटोबाट सरकार बन्न नसक्ने भएकाले बाध्य भएर आफूले संसद विघटन गरेको हावादारी तर्क प्रस्तुत गर्दै आएका छन् । ६४ प्रतिशत सांसदको समर्थन आफूसँग भएकोमा उनी विश्वस्त भएको भए संसदमा आइपर्ने अविश्वासको प्रस्ताव सामाना गरेर जाँदा उनलाई सजिलो हुने थियो । तर उनले त्यो बाटो नअपनाई अर्को बाटो लागेपछि संविधान र देश समेत संकटमा पर्दै आएको छ । ओलीले आगामी वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन गर्ने घोषणा गरेका छन् । तर त्यो निर्वाचन हुन्छ भन्नेमा ओली पनि विश्वस्त छैनन् । पार्टीमा देखिएको आधिकारितासम्बन्धी विवादलाई टुंगो लगाउन निर्वाचन आयोगले नसकेको र निर्वाचनको मिति पनि नजिकिँदै गर्दा निर्वाचन हुन सक्ने सम्भावना कमै छ । ओलीले आफू नै आधिकारिक पार्टीको अध्यक्ष भएको भन्दै आए पनि निर्वाचन आयोगमा त्यतिबेला बुझाएको केन्द्रीय सदस्यको संख्यालाई आधार मान्दा उनले आधिकारिक पार्टी र निर्वाचन चिन्ह सूर्य पाउने सम्भावना छैन ।
ओलीले संसदमा अविश्वासको प्रस्तावको सामना गर्दा प्रधानमन्त्री पद जाने बुझेर नै गलत निर्णय गरेको स्पष्ट रुपमा बुभ्mन सकिन्छ । उनले आफ्नै पार्टीको अर्को गुटका देशद्रोही र विदेशीको दलाललाई सत्ता सुम्पनु भन्दा ताजा जनादेशमा जानु नै उपयुक्त भएकाले यस्तो निर्णय गरेको तर्क पेश गरेर आफूलाई नै सर्वोच्च नेता भनेर सावित गर्ने प्रयास गरिरहेका छन् ।

178 Views

ताजा

वरिष्ठ सईको तलब समायोजन गर्न सरकारलाई सर्वोच्च अदालतको ताकेता

२०८१ फाल्गुन २८ गते, बुधबार

वरिष्ठ सईको तलब समायोजन गर्न सरकारलाई सर्वोच्च अदालतको ताकेता

२०८१ फाल्गुन २८ गते, बुधबार

ज्ञानेन्द्रलाई गद्दीमा फर्काउन चैत १ बाट राप्रपाले फेरि आन्दोलन थाल्ने

२०८१ फाल्गुन २६ गते, सोमबार

चौधरी र राउतले छिट्टै पार्टी एकता गर्ने

२०८१ फाल्गुन २६ गते, सोमबार

राजतन्त्रको पक्षमा मैले माहोल देखेको छैनः कांग्रेस सभापति देउवा

२०८१ फाल्गुन २६ गते, सोमबार

ज्ञानेन्द्र बोक्ने राजावादीहरुलाई सडकबाटै ठेगान लगाउनुपर्ने माओवादीको निश्कर्ष

२०८१ फाल्गुन २६ गते, सोमबार

मेरो बोल्ने समय एकदमै नजिक आउँदैछ, अब प्रतिक्षा लामो छैनः लामिछाने

२०८१ फाल्गुन २६ गते, सोमबार

काठमाडौं महानगरलाई राप्रपाले बुझायो जरिवाना

२०८१ फाल्गुन २६ गते, सोमबार

पूर्वराजा ज्ञानेन्द्रलाई त्रिभुवन विमानस्थलबाहिर भव्य स्वागत

२०८१ फाल्गुन २५ गते, आईतवार

साइत बिग्रने डरले दही खाएर काठमाडौं फर्किँदै पूर्व राजा ज्ञानेन्द्र

२०८१ फाल्गुन २५ गते, आईतवार

भ्रष्टाचारीको नेतृत्वमा सर्लाही कांग्रेस, देउवाले नै काखी च्यापेको आरोप

२०८१ फाल्गुन २५ गते, आईतवार

लोकप्रिय

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal