यस्ता पनि हुँदा रहेछन् मेयर
रमेश कुमार बोहोरा
काठमाडौं । सुन्दै अचम्म लाग्ला नगरपालिकाका मेयरले कुनै पनि सरकारी सुविधा लिँदैनन् भन्दा तर, कुरा सत्य हो । बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देव कुमार नेपालीले कुनै पनि सुविधा लिएका छैनन् । उनले कार्यालयमा रहँदा खाएको चियाको पैसा समेत आफैं तिर्ने गरेका छन् । त्यतिमात्र होइन उनले आफ्नो कार्यालयलाई चाहिने फर्निचरका सामाग्री पनि आफ्नै खर्चमा व्यवस्थापन गरेका छन् । मेयर नेपालीले सधैं जनताको पक्षमा आफू लागि परेको स्पष्ट पारेका छन् । नगरपालिकालाई उदाहरणीय बनाउने सोचमा रहेका उनले आफू राम्रो भए नगरपालिकालाई पनि आफ्नो सोच अनुसार अघि बढाउन सकिने धारणा स्पष्ट पारेका छन् । मेयर नहुँदा नै समाजसेवामा सक्रिय रहेका उनले हिजोको दिनमा जनता माझ गरेको सेवालाई आधार मानेर नै सबैको मन जित्न सफल भएका हुन् । नगरपालिकामा आफ्नो पार्टी नेकपा एमालेको चौथो स्थान रहेको र आफू उम्मेदवार भएपछि सबैको विश्वास जितेर पहिलो पाटी बनाएको उनको दावी छ । ‘म उम्मेदवार भएपछि कसैले पनि विरोध गर्ने आँट समेत गरेनन् यो नै मेरो ठूलो उपलब्धी हो, म जति समय नगरपालिकामा रहन्छु सबैलाई खुशी नै पार्छु’ उनले भने– म एउटा गरिब परिवारमा जन्मिएको मान्छे हुँ जनताका सबै प्रकारका दुःख मैले बुझेको छु । त्यसैले पनि तल्ल तहमा गएर सबैको भलाई हुने काम गर्दै आएको छु ।
मेयर नेपालीले आफू ओडारमा जन्मिएको पनि स्पष्ट पारेका छन् । आर्थिक अवस्था कमजोर भएपछि बाल्यकालमा श्रम गर्न विभिन्न जिल्लामा समेत पुगेर भारी बोकेको उनको यथार्थ छ । बाल्यकालमा विद्यालय जाने र पढ्ने खर्च नहुँदा उनले वीचैमा पढाई समेत छाड्नु परेको थियो । ‘यतिसम्म समस्या थियो कि त्यो अहिले कल्पना गर्न पनि गाह्रो हुन्छ तर म सत्य लुकाउन चाहन्न जे छ त्यो स्पष्ट भन्दै आएको छु ।’ उनले भने– हामी दुई जना दाजुभाई हौं पेन्सिल किन्नसमेत पैसा नहुँदा त्यही पेन्सिल भाँचेर आदिआदिले लेख्ने गरेका थियौं ।’
मेयर नेपालीले आप्mनो बाल्यकाल संघर्षपूर्ण भएकाले अरुको पनि दुःख र व्यथा हेर्न नसकेको बताएका छन् । उनले आफ्नै लगानीमा नगरपालिकालाई एम्बुलेन्स समेत किनिदिएका छन् । उनले जिल्लाका विभिन्न स्थानमा ७० जना शिक्षकलाई सरकारी विद्यालयमा राखेर नियमित रुपमा तलब खुवाइरहेका छन् । उनले यी शिक्षकलाई प्रशस्त तलब दिन नसके पनि केही न्यूनतम तलब भने दिएको स्पष्ट पारेका छन् । उनले हिजो समाजसेवामा रहँदा नगरपालिकाका पाँचसय परिवारको खरको छानो विस्थापन गरेर टिनको छानो लगाइदिएका थिए । उनले आर्थिक संकटका कारण स्वास्थ्य उपचार गर्न नपाएकालाई निजी खर्चमा उपचार समेत गरिदिँदै आएका छन् । स्थानीय ठाउँमा उपचार सम्भव नभएपछि उनले काठमाडौंमा समेत हेलिकोप्टर चाटर्ड गरेर ल्याइदिने गरेका छन् ।
समाजमा आफ्नो राम्रो छाप छोडेर अहिलेसम्म विवादित नबनेका मेयर नेपालीले पैसाका कारण आफ्नो काममा पोखरा वा आसपासका क्षेत्रमा जान संकटमा परेका नागरिकलाई आफ्नै खर्चमा सम्बन्धित ठाउँमा पठाएका छन् । उनले आफ्नो सामाजिक अभियानलाई भोलिका दिनमा थप विस्तार गर्दै लाने समेत जनाएका छन् । ‘मलाई कमाउनु छैन जति सकिन्छ नगरवासीकै हितमा समय खर्चन्छु मेरो अभियानलाई सबैले समर्थन गरेपछि म पनि झन् उत्साहित भएको छु’ मेयर नेपालीले भने– अहिलेसम्म मेरो विरोधमा बोल्न कसैले सकेका छैनन् र त्यो वातावरण भोलिका दिनमा पनि हुने छैन भन्नेमा म विश्वस्त छु ।’
ताजा
कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण
२०८३ असार ५ गते, शुक्रबार
कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण
२०८३ असार ५ गते, शुक्रबार
किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?
२०८३ असार ५ गते, शुक्रबार
‘क्याप्टेन साब’को सकियो छायांकन
२०८३ असार ५ गते, शुक्रबार
‘रोल नं १’को टिकटमा ५० प्रतिशत
२०८३ असार ५ गते, शुक्रबार
फाइभ जीका लागि सरकार र सेवा प्रदायक दुवै तयार
२०८३ असार ५ गते, शुक्रबार
के नेपालको धर्म, कला र संस्कृति आज हराउँदै गएको हो ?
२०८३ असार ५ गते, शुक्रबार
रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने
२०८३ असार ३ गते, बुधबार
साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी
२०८३ असार ३ गते, बुधबार
मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात
२०८३ असार ३ गते, बुधबार
गेरुवामा निशुल्क लोकसेवा तालिम समापन
२०८३ असार ३ गते, बुधबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





