‘ओली तानाशाह बन्न खोज्दैछन्’– काँग्रेस नेतृ शोभा अर्याल
काठमाडौं । नेपाली काँग्रेसकी नेतृ शोभा अर्यालले प्रधानमन्त्री केपी शर्मा ओली तानाशाह बन्न खोजेको आरोप लगाएकी छिन् । नेपाल महिला संघ चितवनकी जिल्ला सदस्य र नेपाली काँग्रेसको सहकारी समन्वय विभागकी केन्द्रीय सदस्य समेत रहेकी उनले कम्युनिष्ट सरकार अलोकप्रिय भएकाले जनताले त्यसको विकल्प खोज्नु पर्ने बेला भएको बताइन् ।
उनले हिजोको दिनमा नेकपाले जनतालाई विभिन्न आश्वासन दिएर ठूलो पाटी बनाएको भए पनि अहिले आएर त्यो विश्वास गुमाउँदै गरेको दावी गरिन् । ‘ओलीले लोकतन्त्रको घाँटी रेट्ने काम गरेका छन् संविधानमाथिको प्रहार कसैलाई पनि स्वीकार्य छैन उनको कदमले राजनीति मात्र होइन देश नै संकटमा परेको छ’ उनले भनिन्– कम्युनिष्टले विकास गर्न खोज्दैनन् उनीहरुले जेलनेल पनि भोगेका छैनन्, गफ गरेकै भरमा सधैं शासन गर्न पाइन्छ भन्ने सोचेकाले यो दुर्दशा आएको हो ।’ उनले हिजोको निर्वाचनमा नेकपाले जनतालाई झुक्याएर मत लिएको टिप्पणी गरिन् ।
उनले नेपाली काँग्रेसले सरकार चलाउँदा जनताको पक्षमा धेरै काम गरेकाले आगामी दिनमा त्यो विषयलाई लिएर जनतामाझ जानुपर्ने समेत बताइन् । ‘कम्युनिष्ट नेताहरुले अहिले जे बोले पनि आफ्ना पार्टी कार्यकर्तालाई ताली बजाएर उकास्ने काम गरेका छन्, त्यसैले पनि उनीहरु जिम्मेवार बन्न सकेका छैनन् भन्ने पुष्टि हुन्छ’ नेतृ अर्यालले भनिन्– कम्युनिष्ट सरकारले शान्ति सुरक्षा र अमनचयन दिन सकेको छैन, ओलीको उखान टुक्काले मात्र देश बन्दैन ।’ उनले नेपाली काँग्रेसले शिक्षा, स्वास्थ्य, रोजगारी र विकासका काममा अतुलनीय भूमिका खेलेको दाबी गरिन् । नेपालीहरुलाई विदेश पठाउने सम्झौता पनि काँग्रेसले नै गरेको उनको भनाई छ । उनले आगामी निर्वाचनमा काँग्रेसले प्रष्ट एजेण्डा लिएर जानु पर्नेमा समेत जोड दिइन् ।
ताजा
पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न
२०८३ कार्तिक १५ गते, आईतवार
पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न
२०८३ कार्तिक १५ गते, आईतवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक १० गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





