विजय घिमिरे विश्वकर्मा प्रतिष्ठानद्वारा कपडा वितरण

२०७७ माघ ११ गते, आईतवार

काठमाडौँ । विजय घिमिरे विश्वकर्मा प्रतिष्ठानद्वारा जाडोको समयमा कपडा वितरण गरिएको छ । प्रतिष्ठानले सिराह, सप्तरी, बाजुरा, रसुवामा न्यानो कपडा वितरण गरेको हो । दलित समुदायबाट पहिलो पटक सगरमाथा आरोहण गरेका विजय घिमिरेले आफ्नो नाममा स्थापना गरेको संस्थाले सामाजिक सक्रिय भूमिका काममा खेल्दै आएको जनाएका छन् ।
प्रतिष्ठानले सोलुखुम्बुको सोलु बाल कल्याण अनाथालय र काठमाडौंमा रहेको सुनौलो संसार बालआश्रम जोरपाटीमा न्यानो कपडा र शैक्षिक सामग्री र न्यानो कपडा वितरण गरिसकेको छ । घिमिरेले विभिन्न व्यक्ति र संघ संस्थाको सहयोगबाट आप्mनो अभियान प्रभावकारी भएको बताएका छन् । उनले माघ ९ गते परेको आफ्नो जन्मदिनको अवसरमा पनि कपडा र शैक्षिक सामग्री वितरण गरेका हुन् । घिमिरेले जन्मदिनको नाममा विभिन्न होटलमा कार्यक्रम गरेर अनावश्यक खर्च गर्नु भन्दा त्यो खर्च समाजसेवामा लगाए केही हुन्छ भन्ने सोचेको स्पष्ट पारे । उनले शैक्षिक सामग्री बैंक स्थापना गरी विभिन्न ठाउँमा विद्यार्थीलाई ती सामाग्री उपलब्ध गराउने समेत जनाएका छन् । ‘अहिले जाडोको मौसममा धेरै बालबालिका र जेष्ठ नागरिकका साथै अपाङ्गता भएका व्यक्ति र असहायहरुको दैनिकी संकटमा परेपछि हामीले यो अभियान चलाएका हौं’ प्रतिष्ठानका अध्यक्ष घिमिरेले भने ‘आगामी दिनमा पनि यस प्रकारका सामाजिक काममा निरन्तर लागिरहनेछौं ।’

301 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal