राष्ट्रपति बन्ने दाउमा रामचन्द्र, देउवालाई प्रधानमन्त्रीको लोभ

२०७७ माघ ११ गते, आईतवार

रमेश कुमार बोहोरा

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटन भएपछि पार्टीले अब के निर्णय लिन्छ भन्नेमा टुंगो लगाउन सकेको छैन । नेताहरुका फरकफरक अभिव्यक्ति आएपछि कांग्रेसमात्र होइन जनता पनि अन्यौलमा परेका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवा ताजा जनादेशको पक्षमा छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल प्रतिनिधिसभा पुनस्र्थापनाको पक्षमा छन् । पुनस्र्थापना भए सरकार ढल्ने र नयाँ सहमतिमा आफू राष्ट्रपति बन्ने दाउमा छन् पौडले । यसअघि नै नेकपाको दाहाल–नेपाल समूहले पौडेललाई भेटेर राष्ट्रपति बनाउने आश्वासन दिइसकेको छ । पौडेल तनहुँ–१ बाट प्रतिनिधिसभामा पराजित भएका थिए । कांग्रेसको महाधिवेशनमा सभापति पनि जित्ने सम्भावना नभएको र अर्को निर्वाचन पनि जितिन्छ कि जितिँदैन भन्ने टुंगो नभएपछि पौडेलले सजिलो बाटो यही हुन्छ भनेर रोजेका छन् । प्रतिनिधिसभा पुनस्र्थापना भएपछि ओली सरकारविरुद्ध दाहाल–नेपाल समूूहले अविश्वासको प्रस्ताव पेश गर्ने र असफल भएपछि सरकार परिवर्तन हुने दाउमा छ दाहाल–नेपाल समूह ।
ओलीको पछि लागेर संविधान मिचेको आरोप खेप्दै आएकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि महाअभियोग लगाएर हटाउने दाउमा छ दाहाल–नेपाल समूह । उता देउवा भने निर्वाचनमा कांग्रेस ठूलो पार्टी बन्ने भएकाले आफू नै प्रधानमन्त्री हुन पाउँछु भन्ने सोचमा छन् । प्रतिनिधिसभाको गत निर्वाचनमा चुनावी प्रचार प्रसारको क्रममा ज्योतिषले आफूलाई सात पटकसम्म प्रधानमन्त्री हुन्छस् भनेर भनेको भन्दै आएका देउवा चारपटक प्रधानमन्त्री भइसकेका छन् । देउवाले २०४८ सालदेखि निरन्तर संसदीय निर्वाचन जित्दै आएका छन् ।
प्रतिनिधिसभा विघटनको विरुद्धमा नेपाली कांग्रेसले गरेको आन्दोलनमा देउवा सकारात्मक छैनन् । पौडेलको दवावमा नै देउवा पनि देखावटी रुपमा आन्दोलनमा गइदिएका हुन् । पौडेललाई आफ्नै गृह जिल्लामा एक पुल उद्घाटन गर्न जाने क्रममा अवरोध भएपछि कांग्रेस त्यसको विरुद्धमा गएको थियो । कांग्रेसले संसदमा प्रमुख प्रतिपक्षको भूमिका खेल्न नसकेको आरोप लाग्दै आएको छ । देउवा र प्रधानमन्त्री ओलीको आन्तरिक सेटिङमा सरकार चलेकाले देउवा चुपचाप लाग्ने गरेको आरोप पनि लगाइएको छ ।

312 Views

ताजा

मोफसलबाट ‘रोल नं १’को प्रचार सुरु

२०८३ बैशाख २५ गते, शुक्रबार

मोफसलबाट ‘रोल नं १’को प्रचार सुरु

२०८३ बैशाख २५ गते, शुक्रबार

वर्षाअघि नै संकट व्यवस्थापन हुन अति आवश्यक

२०८३ बैशाख २५ गते, शुक्रबार

सार्वजनिक जग्गा खाली गर्नु नै उचित

२०८३ बैशाख २५ गते, शुक्रबार

प्रदेश हटाउँ, समानुपातिक सिट खारेज गरौँः गोकुल बास्कोटा

२०८३ बैशाख २४ गते, बिहीबार

आज प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै

२०८३ बैशाख २४ गते, बिहीबार

दश समस्याग्रस्त सहकारीका ठूला ऋणीको नाम सार्वजनिक

२०८३ बैशाख २४ गते, बिहीबार

विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणालीलाई नै ध्वस्त पारेः प्रधानमन्त्री

२०८३ बैशाख २२ गते, मंगलवार

सरकारले ट्रेड युनियन खारेज गर्ने निर्णय गरेपछि अध्यक्ष भट्टले सरकारलाई अन्तर्राष्ट्रिय इतिहास यसरी सम्झाए

२०८३ बैशाख २२ गते, मंगलवार

भाइरल ७ तल्ले भवनमा चल्यो डोजर

२०८३ बैशाख २० गते, आईतवार

सर्वोच्चको आदेशपछि लेखापढी व्यवसायीलाई राहत, कार्यालयमा सहज रुपमा प्रवेश गर्न पाउने

२०८३ बैशाख २० गते, आईतवार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal