‘ओली तानाशाह बन्न खोज्दैछन्’– काँग्रेस नेतृ शोभा अर्याल

२०७७ माघ ११ गते, आईतवार

काठमाडौं । नेपाली काँग्रेसकी नेतृ शोभा अर्यालले प्रधानमन्त्री केपी शर्मा ओली तानाशाह बन्न खोजेको आरोप लगाएकी छिन् । नेपाल महिला संघ चितवनकी जिल्ला सदस्य र नेपाली काँग्रेसको सहकारी समन्वय विभागकी केन्द्रीय सदस्य समेत रहेकी उनले कम्युनिष्ट सरकार अलोकप्रिय भएकाले जनताले त्यसको विकल्प खोज्नु पर्ने बेला भएको बताइन् ।
उनले हिजोको दिनमा नेकपाले जनतालाई विभिन्न आश्वासन दिएर ठूलो पाटी बनाएको भए पनि अहिले आएर त्यो विश्वास गुमाउँदै गरेको दावी गरिन् । ‘ओलीले लोकतन्त्रको घाँटी रेट्ने काम गरेका छन् संविधानमाथिको प्रहार कसैलाई पनि स्वीकार्य छैन उनको कदमले राजनीति मात्र होइन देश नै संकटमा परेको छ’ उनले भनिन्– कम्युनिष्टले विकास गर्न खोज्दैनन् उनीहरुले जेलनेल पनि भोगेका छैनन्, गफ गरेकै भरमा सधैं शासन गर्न पाइन्छ भन्ने सोचेकाले यो दुर्दशा आएको हो ।’ उनले हिजोको निर्वाचनमा नेकपाले जनतालाई झुक्याएर मत लिएको टिप्पणी गरिन् ।
उनले नेपाली काँग्रेसले सरकार चलाउँदा जनताको पक्षमा धेरै काम गरेकाले आगामी दिनमा त्यो विषयलाई लिएर जनतामाझ जानुपर्ने समेत बताइन् । ‘कम्युनिष्ट नेताहरुले अहिले जे बोले पनि आफ्ना पार्टी कार्यकर्तालाई ताली बजाएर उकास्ने काम गरेका छन्, त्यसैले पनि उनीहरु जिम्मेवार बन्न सकेका छैनन् भन्ने पुष्टि हुन्छ’ नेतृ अर्यालले भनिन्– कम्युनिष्ट सरकारले शान्ति सुरक्षा र अमनचयन दिन सकेको छैन, ओलीको उखान टुक्काले मात्र देश बन्दैन ।’ उनले नेपाली काँग्रेसले शिक्षा, स्वास्थ्य, रोजगारी र विकासका काममा अतुलनीय भूमिका खेलेको दाबी गरिन् । नेपालीहरुलाई विदेश पठाउने सम्झौता पनि काँग्रेसले नै गरेको उनको भनाई छ । उनले आगामी निर्वाचनमा काँग्रेसले प्रष्ट एजेण्डा लिएर जानु पर्नेमा समेत जोड दिइन् ।

345 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal