विजय घिमिरे विश्वकर्मा प्रतिष्ठानद्वारा कपडा वितरण
काठमाडौँ । विजय घिमिरे विश्वकर्मा प्रतिष्ठानद्वारा जाडोको समयमा कपडा वितरण गरिएको छ । प्रतिष्ठानले सिराह, सप्तरी, बाजुरा, रसुवामा न्यानो कपडा वितरण गरेको हो । दलित समुदायबाट पहिलो पटक सगरमाथा आरोहण गरेका विजय घिमिरेले आफ्नो नाममा स्थापना गरेको संस्थाले सामाजिक सक्रिय भूमिका काममा खेल्दै आएको जनाएका छन् ।
प्रतिष्ठानले सोलुखुम्बुको सोलु बाल कल्याण अनाथालय र काठमाडौंमा रहेको सुनौलो संसार बालआश्रम जोरपाटीमा न्यानो कपडा र शैक्षिक सामग्री र न्यानो कपडा वितरण गरिसकेको छ । घिमिरेले विभिन्न व्यक्ति र संघ संस्थाको सहयोगबाट आप्mनो अभियान प्रभावकारी भएको बताएका छन् । उनले माघ ९ गते परेको आफ्नो जन्मदिनको अवसरमा पनि कपडा र शैक्षिक सामग्री वितरण गरेका हुन् । घिमिरेले जन्मदिनको नाममा विभिन्न होटलमा कार्यक्रम गरेर अनावश्यक खर्च गर्नु भन्दा त्यो खर्च समाजसेवामा लगाए केही हुन्छ भन्ने सोचेको स्पष्ट पारे । उनले शैक्षिक सामग्री बैंक स्थापना गरी विभिन्न ठाउँमा विद्यार्थीलाई ती सामाग्री उपलब्ध गराउने समेत जनाएका छन् । ‘अहिले जाडोको मौसममा धेरै बालबालिका र जेष्ठ नागरिकका साथै अपाङ्गता भएका व्यक्ति र असहायहरुको दैनिकी संकटमा परेपछि हामीले यो अभियान चलाएका हौं’ प्रतिष्ठानका अध्यक्ष घिमिरेले भने ‘आगामी दिनमा पनि यस प्रकारका सामाजिक काममा निरन्तर लागिरहनेछौं ।’
ताजा
पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न
२०८३ कार्तिक १५ गते, आईतवार
पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न
२०८३ कार्तिक १५ गते, आईतवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक १० गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





