सिन्धुलीमा जीप दुर्घटना हुँदा एकजनाको मृत्य

२०७७ माघ १० गते, शनिबार

सिन्धुली– सिन्धुलीमा आज बोलेरो जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन्।
मृत्यु हुनेमा महोत्तरीको रामगोपालपुर नगरपालिका–५ कञ्चनपुर निवासी ४१ वर्षीय वसन्त मुखिया रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए। उनका अनुसार मुखियाको उपचारका क्रममा मृत्यु भएको हो।

सिन्धुली हुँदै खुर्कोटतर्फ जाँदै गरेको ज १ च १३५४ नंको बलेरो आफै अनियन्त्रित भइ सडकबाट अन्दाजी २० मिटर तल खसेको थियो।
बोलेरो चालक धनुषाका गोविन्दपुर–६ का अन्दाजी २२ वर्षीय सिजल यादव गम्भीर घाइते भएका छन्। उनको सिन्धुली अस्पताल उपचारपश्चात थप उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। (रासस)

244 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

न्यायिक सेवाको पुनसंरचनाको आवश्यकता बढदैछ: अधिवत्ता बिष्णु गिरी

२०८३ असार ९ गते, मंगलवार

न्यायिक सेवाको पुनसंरचनाको आवश्यकता बढदैछ: अधिवत्ता बिष्णु गिरी

२०८३ असार ९ गते, मंगलवार

मेसीले रचे इतिहासः उच्च गोलकर्ताको कीर्तिमानी

२०८३ असार ९ गते, मंगलवार

आज रास्वपाको बन्दसत्र, प्रतिनिधिलाई परिचय वितरण

२०८३ असार ९ गते, मंगलवार

प्रधानमन्त्री बालेन शाहकी स्वकीय उपसचिव प्रकृति ढकाल रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

२०८३ असार ९ गते, मंगलवार

आधुनिक प्रबिधिले आजको नारिलाई धेरैनै आधुनिक बनाएको छ

२०८३ असार ९ गते, मंगलवार

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ असार ५ गते, शुक्रबार

किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?

२०८३ असार ५ गते, शुक्रबार

‘क्याप्टेन साब’को सकियो छायांकन

२०८३ असार ५ गते, शुक्रबार

‘रोल नं १’को टिकटमा ५० प्रतिशत

२०८३ असार ५ गते, शुक्रबार

फाइभ जीका लागि सरकार र सेवा प्रदायक दुवै तयार

२०८३ असार ५ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal