गगनलाई किशोर सिंह राठौरको चुनौती

२०८३ आश्विन १६ गते, शुक्रबार

रोशन ज्ञवाली
ललितपुर/ नेपाली कांग्रेसको १५औँ महाधिवेशन असोज १८ गते काठमाडौंको खुलामञ्चमा आरम्भ हुने भएको छ । महाधिवेशन नजिकिँदै जाँदा सभापति तथा अन्य पदका आकांक्षीहरू खुल्ने क्रम बढेकाले कांग्रेसभित्रको नेतृत्व प्रतिस्पर्धा थप स्पष्ट हुँदै गएको छ ।
यसैबीचमा सभापति पदको प्रतिस्पर्धा थप रोचक बनेको छ । पूर्वसहमहामन्त्री किशोरसिंह राठौरले सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
क्षेत्रीय महाधिवेशन बाँकी भएका कारण गृहजिल्ला बर्दियामै रहेका उनले सभापति पदको प्रतिस्पर्धाबाट पछाडि नहट्ने बताए । विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा स्वयं पनि सभापति पदका दावेदार छन् ।

उनले आफू सभापति पदमै प्रतिस्पर्धा गर्ने र कुनै तल्लो पदमा उम्मेदवारी दिने योजना नरहेको स्पष्ट पारेका छन् । राठौरले सभापति पदका लागि उम्मेदवारी दर्ता गर्ने बताउँदै आवश्यक परे आफ्नो समूह वा समूह निर्माणबारे पछि निर्णय गर्ने संकेत गरेका छन् । उनले पार्टीको नेतृत्वमा आफ्नो भूमिका आवश्यक रहेको भन्दै नेता– कार्यकर्ताको सहयोग र समर्थनको अपेक्षा गरेका छन् ।
विशेष महाधिवेशनबाट सभापति बनेका गगनकुमार थापा पनि १५औँ महाधिवेशनमा सभापति पदका लागि प्रतिस्पर्धा गर्ने तयारीमा छन् । हालसम्म सभापति पदका लागि थापा र राठौरको नाम प्रमुख रूपमा चर्चामा आएको छ । राठौरले आफू थापाभन्दा वरिष्ठ राजनीतिक पुस्ताको प्रतिनिधि भएको उल्लेख गर्दै सभापतिमै प्रतिस्पर्धा गर्ने बताएका छन् । उनले आफ्नो अजेन्डा र आगामी रणनीतिबारे छिट्टै पत्रकार सम्मेलनमार्फत जानकारी गराउने बताएका छन् ।

राठौरको उम्मेदवारीले थापा सर्वसम्मत सभापति बन्ने सम्भावनाबारे भइरहेका चर्चामाझ प्रत्यक्ष प्रतिस्पर्धाको अवस्था सिर्जना गरेको छ । राठौरले पार्टी एकता गर्ने सङ्कल्पसहित सभापति पदको उम्मेदवारी घोषणा गरेको समेत बताए ।

70 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न

२०८३ कार्तिक १५ गते, आईतवार

पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न

२०८३ कार्तिक १५ गते, आईतवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक १० गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal