बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
नुवाकोट । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका तथा बेपत्ता भएका नागरिकको चिरशान्तिको कामना गर्दै नुवाकोटमा बुधबार निशुल्क संयुक्त ‘घेवा पूजा’ गरिएको छ ।
बौद्ध जागरण केन्द्र जिल्ला शाखा नुवाकोटको आयोजना तथा बौद्ध जागरण केन्द्र केन्द्रीय कार्यालयको विशेष सहयोगमा बट्टारस्थित साङेगे छोईलिङ गुम्बा परिसरमा पाँचौँ हप्ताको पुण्य तिथिको अवसरमा पूजा गरिएको हो । अायाेजकले संयुक्त घेवा पुजाका लागि मृतक सदस्यकाे नाम र फाेटाे उपलब्ध गराउन अाह्वान गरेकोमा २६० जना पुगेको र पुजा परम पूजनीय क्याब्जे लोसाङ नाम्याल रिम्पोछेको विशिष्ट सानिध्यता तथा बौद्ध जागरण केन्द्र जिल्ला शाखा नुवाकोटकाे अध्यक्ष लामा गुरु शेरब लामाको अध्यक्षतामा सम्पन्न पूजामा बाढीमा ज्यान गुमाएका तथा बेपत्ता भएका नागरिकको आत्माको शान्ति र मोक्षको कामना गर्दै पूजापाठ तथा प्रार्थना गरिएको आयोजकले जनाएको छ ।
घेवा पुजाकाे क्रममा मृतककाे 45 घर परिवारलाई नगद र फाईबर शिरक पनि अायाेजक लगायतका टिमबाट प्रदान गरिएको छ । बाढीमा परी रसुवा तथा नुवाकोट लगायत विभिन्न क्षेत्रमा ठूलो मानवीय क्षति भएको थियो। विपत्तिमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारजन तथा स्थानीय समुदायको उपस्थितिमा सामूहिक रूपमा धार्मिक अनुष्ठान गरिएको हो। पूजाका क्रममा दिवंगत आत्माको चिरशान्ति तथा बेपत्ता नागरिकको शीघ्र खोजी र परिवारजनलाई धैर्य प्राप्त होस् भन्ने कामना समेत गरिएको आयोजकले जनाएको छ।
ताजा
गति लिँदै राजापुर–ओखरिया सडक
२०८३ आश्विन १६ गते, शुक्रबार
गति लिँदै राजापुर–ओखरिया सडक
२०८३ आश्विन १६ गते, शुक्रबार
गगनलाई किशोर सिंह राठौरको चुनौती
२०८३ आश्विन १६ गते, शुक्रबार
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
सञ्चार तथा खेलकुदकर्मी करण र प्रहरी नायब निरीक्षक कुञ्जाङलाई ’राष्ट्रिय गौरव सम्मान’
२०८३ आश्विन १६ गते, शुक्रबार
भव्यताका साथ सि.एस. इन्टरटेनमेन्टको ‘च्यारिटी रनवे भोल्युम–३’ सम्पन्न
२०८३ आश्विन १६ गते, शुक्रबार
बिनाकसुर कसैलाई पनि पक्राउ नगर्न सरकारलाई नेपाल मानव अधिकार संगठनको अपील
२०८३ आश्विन १२ गते, सोमबार
फेरि पक्राउ परे दुर्गा प्रसाईँ
२०८३ आश्विन १२ गते, सोमबार
पर्यटनः चुनौती, अवसर र दिगो यात्रा
२०८३ आश्विन १२ गते, सोमबार
छापा माध्यम सिध्याउने खेलमा मन्त्री विक्रम तिमिल्सिना
२०८३ आश्विन १२ गते, सोमबार
देशका विभिन्न स्थानमा सडक तथा राजमार्ग अवरुद्ध
२०८३ आश्विन १२ गते, सोमबारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





