गगनलाई किशोर सिंह राठौरको चुनौती
रोशन ज्ञवाली
ललितपुर/ नेपाली कांग्रेसको १५औँ महाधिवेशन असोज १८ गते काठमाडौंको खुलामञ्चमा आरम्भ हुने भएको छ । महाधिवेशन नजिकिँदै जाँदा सभापति तथा अन्य पदका आकांक्षीहरू खुल्ने क्रम बढेकाले कांग्रेसभित्रको नेतृत्व प्रतिस्पर्धा थप स्पष्ट हुँदै गएको छ ।
यसैबीचमा सभापति पदको प्रतिस्पर्धा थप रोचक बनेको छ । पूर्वसहमहामन्त्री किशोरसिंह राठौरले सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
क्षेत्रीय महाधिवेशन बाँकी भएका कारण गृहजिल्ला बर्दियामै रहेका उनले सभापति पदको प्रतिस्पर्धाबाट पछाडि नहट्ने बताए । विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा स्वयं पनि सभापति पदका दावेदार छन् ।
उनले आफू सभापति पदमै प्रतिस्पर्धा गर्ने र कुनै तल्लो पदमा उम्मेदवारी दिने योजना नरहेको स्पष्ट पारेका छन् । राठौरले सभापति पदका लागि उम्मेदवारी दर्ता गर्ने बताउँदै आवश्यक परे आफ्नो समूह वा समूह निर्माणबारे पछि निर्णय गर्ने संकेत गरेका छन् । उनले पार्टीको नेतृत्वमा आफ्नो भूमिका आवश्यक रहेको भन्दै नेता– कार्यकर्ताको सहयोग र समर्थनको अपेक्षा गरेका छन् ।
विशेष महाधिवेशनबाट सभापति बनेका गगनकुमार थापा पनि १५औँ महाधिवेशनमा सभापति पदका लागि प्रतिस्पर्धा गर्ने तयारीमा छन् । हालसम्म सभापति पदका लागि थापा र राठौरको नाम प्रमुख रूपमा चर्चामा आएको छ । राठौरले आफू थापाभन्दा वरिष्ठ राजनीतिक पुस्ताको प्रतिनिधि भएको उल्लेख गर्दै सभापतिमै प्रतिस्पर्धा गर्ने बताएका छन् । उनले आफ्नो अजेन्डा र आगामी रणनीतिबारे छिट्टै पत्रकार सम्मेलनमार्फत जानकारी गराउने बताएका छन् ।
राठौरको उम्मेदवारीले थापा सर्वसम्मत सभापति बन्ने सम्भावनाबारे भइरहेका चर्चामाझ प्रत्यक्ष प्रतिस्पर्धाको अवस्था सिर्जना गरेको छ । राठौरले पार्टी एकता गर्ने सङ्कल्पसहित सभापति पदको उम्मेदवारी घोषणा गरेको समेत बताए ।
ताजा
गति लिँदै राजापुर–ओखरिया सडक
२०८३ आश्विन १६ गते, शुक्रबार
गति लिँदै राजापुर–ओखरिया सडक
२०८३ आश्विन १६ गते, शुक्रबार
गगनलाई किशोर सिंह राठौरको चुनौती
२०८३ आश्विन १६ गते, शुक्रबार
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
सञ्चार तथा खेलकुदकर्मी करण र प्रहरी नायब निरीक्षक कुञ्जाङलाई ’राष्ट्रिय गौरव सम्मान’
२०८३ आश्विन १६ गते, शुक्रबार
भव्यताका साथ सि.एस. इन्टरटेनमेन्टको ‘च्यारिटी रनवे भोल्युम–३’ सम्पन्न
२०८३ आश्विन १६ गते, शुक्रबार
बिनाकसुर कसैलाई पनि पक्राउ नगर्न सरकारलाई नेपाल मानव अधिकार संगठनको अपील
२०८३ आश्विन १२ गते, सोमबार
फेरि पक्राउ परे दुर्गा प्रसाईँ
२०८३ आश्विन १२ गते, सोमबार
पर्यटनः चुनौती, अवसर र दिगो यात्रा
२०८३ आश्विन १२ गते, सोमबार
छापा माध्यम सिध्याउने खेलमा मन्त्री विक्रम तिमिल्सिना
२०८३ आश्विन १२ गते, सोमबार
देशका विभिन्न स्थानमा सडक तथा राजमार्ग अवरुद्ध
२०८३ आश्विन १२ गते, सोमबारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





