अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा
काठमाडौं । अन्तत राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भुटेको छ । आन्तरिक विवाद चरम उत्कर्षमा पुगेपछि पार्टीका महामन्त्री डा. धवलशम्शेर राणासहितका शीर्ष नेताहरूले सामूहिक रूपमा पार्टी परित्यागको घोषणा गरेका छन्।
आज एक संयुक्त विज्ञप्ति जारी गर्दै उपत्यकामा उपलब्ध पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य, जनवर्गीय संगठनका पदाधिकारी तथा अगुवा कार्यकर्ताहरूले पहिलो चरणको सामूहिक राजीनामा दिएका हुन् । राजीनामा दिने प्रमुख नेताहरूमा महामन्त्री डा. धवलशम्शेर राणा -बाँके), उपाध्यक्ष मुकुन्दश्याम गिरी -सुर्खेत), पूर्वमन्त्री एवं नेता दिलनाथ गिरी -संखुवासभा) र नेता केशव राज श्रेष्ठ -काठमाडौँ) रहेका छन्।
महामन्त्री राणाद्वारा जारी विज्ञप्तिमा उल्लेख भए अनुसार, राजसंस्था पुनर्स्थापनाको मूल एजेन्डा बोकेको राप्रपाको वर्तमान नेतृत्वले केन्द्रीय कार्यसमितिलाई समेत जानकारी नदिई ‘संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढीकरण’ गर्ने प्रचण्ड सरकारको ‘न्यूनतम साझा कार्यक्रम’ को साझेदार बन्ने आत्मघाती निर्णय गरेको थियो।
यसका साथै, पार्टीभित्र विधानको पालना नभएको, निष्ठा र इमानदारी संकटमा परेको, र राजसंस्था पुनर्स्थापनाका आन्दोलनहरूलाई पटक–पटक तुहाउन मूल अगुवाहरू नै अग्रसर भएको जस्ता गम्भीर आरोप नेतृत्वमाथि लगाइएको छ।
विज्ञप्तिमा नेतृत्वको कमजोरीका कारण निर्वाचन २०७९ मा पार्टीले ठूलो धक्का ब्यहोर्नुपरेको तथ्य पनि अघि सारिएको छ। नेतृत्वको गलत कार्यशैलीका कारण जनताको विश्वास गुम्दै जाँदा गत निर्वाचनमा राप्रपाका ९७ प्रतिशत उम्मेदवारहरूको जमानत जफत भएको दाबी पत्रमा गरिएको छ।
संस्थापक र पुराना नेताहरूको अवमूल्यन गरिएको र पटक-पटक सचेत गराउँदा पनि मूल नेतृत्व नसच्चिएका कारण राप्रपासँग सम्बन्धित सम्पूर्ण जिम्मेवारी परित्याग गरी अलग हुनुपरेको घोषणा उनीहरूले गरेका छन्। राप्रपाका प्रभावशाली र स्थापित नेताहरूले नै यसरी सामूहिक राजीनामा दिएपछि पार्टीको आन्तरिक राजनीतिमा ठूलो संकट उत्पन्न हुने देखिएको छ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





