अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा
काठमाडौं । अन्तत राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भुटेको छ । आन्तरिक विवाद चरम उत्कर्षमा पुगेपछि पार्टीका महामन्त्री डा. धवलशम्शेर राणासहितका शीर्ष नेताहरूले सामूहिक रूपमा पार्टी परित्यागको घोषणा गरेका छन्।
आज एक संयुक्त विज्ञप्ति जारी गर्दै उपत्यकामा उपलब्ध पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य, जनवर्गीय संगठनका पदाधिकारी तथा अगुवा कार्यकर्ताहरूले पहिलो चरणको सामूहिक राजीनामा दिएका हुन् । राजीनामा दिने प्रमुख नेताहरूमा महामन्त्री डा. धवलशम्शेर राणा -बाँके), उपाध्यक्ष मुकुन्दश्याम गिरी -सुर्खेत), पूर्वमन्त्री एवं नेता दिलनाथ गिरी -संखुवासभा) र नेता केशव राज श्रेष्ठ -काठमाडौँ) रहेका छन्।
महामन्त्री राणाद्वारा जारी विज्ञप्तिमा उल्लेख भए अनुसार, राजसंस्था पुनर्स्थापनाको मूल एजेन्डा बोकेको राप्रपाको वर्तमान नेतृत्वले केन्द्रीय कार्यसमितिलाई समेत जानकारी नदिई ‘संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढीकरण’ गर्ने प्रचण्ड सरकारको ‘न्यूनतम साझा कार्यक्रम’ को साझेदार बन्ने आत्मघाती निर्णय गरेको थियो।
यसका साथै, पार्टीभित्र विधानको पालना नभएको, निष्ठा र इमानदारी संकटमा परेको, र राजसंस्था पुनर्स्थापनाका आन्दोलनहरूलाई पटक–पटक तुहाउन मूल अगुवाहरू नै अग्रसर भएको जस्ता गम्भीर आरोप नेतृत्वमाथि लगाइएको छ।
विज्ञप्तिमा नेतृत्वको कमजोरीका कारण निर्वाचन २०७९ मा पार्टीले ठूलो धक्का ब्यहोर्नुपरेको तथ्य पनि अघि सारिएको छ। नेतृत्वको गलत कार्यशैलीका कारण जनताको विश्वास गुम्दै जाँदा गत निर्वाचनमा राप्रपाका ९७ प्रतिशत उम्मेदवारहरूको जमानत जफत भएको दाबी पत्रमा गरिएको छ।
संस्थापक र पुराना नेताहरूको अवमूल्यन गरिएको र पटक-पटक सचेत गराउँदा पनि मूल नेतृत्व नसच्चिएका कारण राप्रपासँग सम्बन्धित सम्पूर्ण जिम्मेवारी परित्याग गरी अलग हुनुपरेको घोषणा उनीहरूले गरेका छन्। राप्रपाका प्रभावशाली र स्थापित नेताहरूले नै यसरी सामूहिक राजीनामा दिएपछि पार्टीको आन्तरिक राजनीतिमा ठूलो संकट उत्पन्न हुने देखिएको छ।
ताजा
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबार
बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
२०८३ भाद्र २२ गते, सोमबार
भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला
२०८३ भाद्र २२ गते, सोमबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबार
उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै
२०८३ भाद्र १९ गते, शुक्रबार
राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी
२०८३ भाद्र १९ गते, शुक्रबार
बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन
२०८३ भाद्र १९ गते, शुक्रबार
आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
२०८३ भाद्र १९ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





