आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा.धवलशम्शेर राणाको नेतृत्वमा १८३ जना नेताले पार्टीबाट सामूहिक राजीनामा दिएका छन्। बिहीबार आयोजित सामूहिक भेटघाट कार्यक्रममा उनीहरूले राजीनामाको घोषणा गरेका हुन्।
राजीनामा घोषणा कार्यक्रममा बोल्दै डा. राणाले आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुगेको बताए। उनले यसलाई खुसीभन्दा पनि दुःखद दिनका रूपमा चित्रण गर्दै आफूहरूले लामो समयदेखि बोकेको राजनीतिक मूल्य, मान्यता र एजेन्डालाई पार्टीभित्रबाट अघि बढाउन नसकिएको बताए।
उनले भने, ‘हामीले आफ्नो घरैबाट छाड्नुपर्ने अवस्था आयो। यो खुसीको होइन, दुःखको दिन हो। जब आफूले बोकेको मूल्य र मान्यतालाई आफू बसेको घरबाट पार लगाउन सकिँदैन भन्ने निष्कर्षमा पुगिन्छ, तब हिम्मत गरेर त्यो घर छाड्नुपर्छ र अर्को घर निर्माण गर्नुपर्छ।’
डा. राणाले विगत चार वर्ष आफ्नो राजनीतिक जीवनकै सबैभन्दा पीडादायी समय रहेको उल्लेख गर्दै राप्रपालाई सही दिशा र एजेन्डा प्राप्तिको मार्गमा अघि बढाउन प्रयास गरेको दाबी गरे। उनले पार्टीको आन्दोलनको नेतृत्व गरेको, संगठन सुधार गर्न खोजेको तथा राप्रपालाई राष्ट्रकै बलियो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने प्रयास गरेको बताए।
‘मैले राप्रपालाई सही बाटोमा, एजेन्डा प्राप्तिको बाटोमा लैजान खोजेको थिएँ। आन्दोलनको नेतृत्व गरेको थिएँ। पार्टीलाई सुधारेर राष्ट्रकै बलियो पार्टी बनाउन चाहेको थिएँ। तर मेरा ती सबै प्रयासलाई अगाडि बढ्न दिइएन,’उनले भने। उनले पार्टी नेतृत्वप्रति प्रत्यक्ष आरोप नलगाउँदै आफूले छाडेको ‘घर’ अर्थात् पार्टी र त्यहाँ रहेका साथीहरूका विषयमा गुनासो नगर्ने पनि बताए। यसैगरी उनले राष्ट्रवादी शक्ति यो देशमा निर्माण गर्नको लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ता सबै राष्ट्रियता बोकेका, हिन्दु अधिराज्य खोजेका, यो देशमा भ्रष्टाचार हटाउन खोज्ने सबै एकजुट हुन आह्वान गरे।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





