सेजलले ‘मिस इको इन्टरनेशनल २०२६’ नेपालको प्रतिनिधित्व गर्ने
काठमाडौँ । इजिप्टमा आयोजना हुने प्रतिष्ठित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेशनल २०२६’मा नेपालको प्रतिनिधित्व सेजल राजभण्डारीले गर्ने भएकी छन् । ग्रीन आर्ट मिडियाले सिजेललाई ‘मिस इको इन्टरनेशनल नेपाल २०२६’को ताज पहिर्याउँदै उक्त प्रतियोगीताका लागि आधिकारिक प्रतिनिधि चयन गरेको हो ।
द हाइट रेस्ट्रो एण्ड वेलनेस, महाराजगञ्जमा आयोजित एक विशेष कार्यक्रमका बीच सेजललाई गत बर्षकी (मिस इको इन्टरनेशनल नेपाल २०२५) विजेता संस्कृति भट्टले ‘मिस इको इन्टरनेशनल २०२६’ ताज पहिर्याएकी थिइन् ।
ताज लगाएपछि सेजलले यसलाई आफ्नो जीवनको एक महत्वपूर्ण अवसर भएको बताइन् । आफूलाई यो अवसर प्रदान गरेकोमा ग्रीन आर्ट मिडियाप्रति आभार व्यक्त गर्दै उनले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको मौलिक संस्कृति र पर्यटकीय स्थलहरूको विश्वमाझ प्रचारप्रसार गर्ने प्रतिबद्धता जनाइन् ।
आगामी अप्रिलमा आयोजना हुने प्रतियोगीतामा ७५ भन्दा बढी देशका ‘इको सुन्दरी’हरूको सहभागिता रहनेछ, जहाँ सेजल नेपालको तर्फबाट एक्लो प्रतिनिधिको रूपमा उभिनेछिन् । प्रतियोगीताका लागि सेजललाई ग्रीन आर्ट मिडियाकी प्रबन्ध निर्देशक तथा अन्तर्राष्ट्रिय कोरियोग्राफर अनिला श्रेष्ठलगायत नेपालका प्रतिष्ठित व्यक्तिहरूबाट विशेष ग्रुमिङ (प्रशिक्षण) दिइनेछ । श्रेष्ठ २०१५ देखि नै प्रतियोगीताका लागि नेपालको लागि आधिकारिक राष्ट्रिय निर्देशकको रुपमा छानिएकी हुन् ।
वातावरण र पर्यटन प्रवद्र्धन गर्ने मुख्य उद्देश्यका साथ ‘ब्युटी फर इको’ नारासहित एल. टी.सि.पि. अर्गनाइजेशनले सन् २०१५ बाट इजिप्टमा यो प्रतियोगिता सुरु गरेको हो । विश्वभरका पर्यावरण र संस्कृतिलाई अन्तर्राष्ट्रिय नेटवर्कमार्फत सूचना प्रवाह गर्नु यसको मुख्य लक्ष्य रहेको ग्रीन आर्टस मिडियाका सिइयो प्रविन लाकौलले जानकारी दिए ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





