बिबाहित महिलाहरुको सौन्दर्य प्रतियोगिता राजधानीमा सम्पन्न
काठमाडौं । बिबाहित महिलाहरुको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वल्र्ड २०२५ का विजेताहरुलाई राजधानीमा आयोजित एक समारोहबीच पुरस्कार र उपहार प्रदान गरिएको छ ।
रिवन इन्टरटेनमेन्टको आयोजनामा राजधानीमा केही अघि सम्पन्न मिसेस नेपाल वल्र्ड २०२५ का विजेताहरुलाई पुरस्कार, उपहार र प्रमाणपत्र प्रदान गरिएको हो। पानीपोखरीस्थित तपाईंको बजार शोरुम परिसरमा आयोजित विशेष समारोहबीच मिसेस नेपाल वल्र्ड २०२५ विजेता रक्षा पन्तलाई तपाइको बजारको प्रायोजनमा इलेक्ट्रिक स्कुटर प्रदान गरिएको हो ।
समारोहमा प्रमुख अतिथि ख्यातिप्राप्त हास्यव्यग्यकार, गीतकार, संगीतकार तथा गायक मदनकृष्ण श्रेष्ठ, तपाइको बजारका प्रबन्ध निर्देशक सुशील संग्रौला, प्रमुख कार्यकारी अधिकृत माया लामा, अभिनेता सरोज खनाल र धिरेन शाक्य, फोटोग्राफर राजभाइ सुवाल, रिवन इन्टरटेनमेन्टका सिइओ निशुकान्त झा, कोरियोग्राफर अश्विनीकान्त झालगायतले विजेता रक्षा पन्तलाई इलेक्ट्रिक स्कुटरको साँचो हस्तान्तरण गरेका थिए। सोही अवसरमा मिसेस नेपाल वल्र्ड २०२५ का अन्य विजेताहरूलाई आयोजक संस्थाद्वारा विभिन्न आकर्षक पुरस्कार प्रदान गरिएको थियो।
त्यसै गरी, अभिनेताहरु मदनकृष्ण श्रेष्ठ, सरोज खनाल, धिरेन शाक्य, फोटोग्राफर राजभाइ सुवाल, अधिवक्ता तथा अभिनेता कृष्ण ढुंगाना, पत्रकारद्धय विदुर गिरी र डब्बु क्षत्री, अटो नेपालका अध्यक्ष रोशनकुमार श्रेष्ठ, आयोजक निशुकान्त झा, कोरियोग्राफर अश्विनीकान्त झालगायतले प्रतियोगिताका प्रायोजक, सहयोगी र प्रतिस्पर्धीहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए ।
समारोहमा प्रमूख अतिथी मदनकृष्ण श्रेष्ठले पुरस्कार र उपहार प्रदान गरेर महिलालाई प्रेरित गरिनु सुखद् कदम भएको बताए। तपाइको बजारका प्रबन्ध निर्देशक सुशील संग्रौलाले सामाजिक उत्तरदायित्वअन्तर्गत प्रतिभाशाली महिलालाई सम्मान गर्न पाउनु संस्थाका लागि गौरवको विषय भएको बताए। त्यसै गरी तपाइको बजारी प्रमुख कार्यकारी अधिकृत माया लामाले आत्मनिर्भर महिलालाई प्रोत्साहन गर्नु सामाजिक दायित्व भएको बताइन्। ‘हामी केवल व्यवसायिक संस्था मात्र होइन, समाजसँग प्रत्यक्ष रूपमा जोडिएको जिम्मेवार संस्था हौँ। प्रतिभाशाली तथा आत्मनिर्भर महिलाहरूलाई प्रोत्साहन गर्नु हाम्रो सामाजिक दायित्व हो’ उनले भनिन्। कार्यक्रमका सहभागीहरूले विजेताहरूलाई बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका थिए। सहभागीहरुले इलेक्ट्रिक सवारी साधनको प्रवद्र्धनसँगै महिला सशक्तीकरणलाई जोड्ने उद्देश्यले गरिएको यो पहल अत्यन्त सकारात्मक र प्रेरणादायी कदम भएको चर्चा गरे ।
ताजा
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबार
बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
२०८३ भाद्र २२ गते, सोमबार
भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला
२०८३ भाद्र २२ गते, सोमबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबार
उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै
२०८३ भाद्र १९ गते, शुक्रबार
राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी
२०८३ भाद्र १९ गते, शुक्रबार
बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन
२०८३ भाद्र १९ गते, शुक्रबार
आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
२०८३ भाद्र १९ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





