बिबाहित महिलाहरुको सौन्दर्य प्रतियोगिता राजधानीमा सम्पन्न

२०८२ फाल्गुन ११ गते, सोमबार

काठमाडौं । बिबाहित महिलाहरुको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वल्र्ड २०२५ का विजेताहरुलाई राजधानीमा आयोजित एक समारोहबीच पुरस्कार र उपहार प्रदान गरिएको छ ।

रिवन इन्टरटेनमेन्टको आयोजनामा राजधानीमा केही अघि सम्पन्न मिसेस नेपाल वल्र्ड २०२५ का विजेताहरुलाई पुरस्कार, उपहार र प्रमाणपत्र प्रदान गरिएको हो। पानीपोखरीस्थित तपाईंको बजार शोरुम परिसरमा आयोजित विशेष समारोहबीच मिसेस नेपाल वल्र्ड २०२५ विजेता रक्षा पन्तलाई तपाइको बजारको प्रायोजनमा इलेक्ट्रिक स्कुटर प्रदान गरिएको हो ।

समारोहमा प्रमुख अतिथि ख्यातिप्राप्त हास्यव्यग्यकार, गीतकार, संगीतकार तथा गायक मदनकृष्ण श्रेष्ठ, तपाइको बजारका प्रबन्ध निर्देशक सुशील संग्रौला, प्रमुख कार्यकारी अधिकृत माया लामा, अभिनेता सरोज खनाल र धिरेन शाक्य, फोटोग्राफर राजभाइ सुवाल, रिवन इन्टरटेनमेन्टका सिइओ निशुकान्त झा, कोरियोग्राफर अश्विनीकान्त झालगायतले विजेता रक्षा पन्तलाई इलेक्ट्रिक स्कुटरको साँचो हस्तान्तरण गरेका थिए। सोही अवसरमा मिसेस नेपाल वल्र्ड २०२५ का अन्य विजेताहरूलाई आयोजक संस्थाद्वारा विभिन्न आकर्षक पुरस्कार प्रदान गरिएको थियो।

त्यसै गरी, अभिनेताहरु मदनकृष्ण श्रेष्ठ, सरोज खनाल, धिरेन शाक्य, फोटोग्राफर राजभाइ सुवाल, अधिवक्ता तथा अभिनेता कृष्ण ढुंगाना, पत्रकारद्धय विदुर गिरी र डब्बु क्षत्री, अटो नेपालका अध्यक्ष रोशनकुमार श्रेष्ठ, आयोजक निशुकान्त झा, कोरियोग्राफर अश्विनीकान्त झालगायतले प्रतियोगिताका प्रायोजक, सहयोगी र प्रतिस्पर्धीहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

समारोहमा प्रमूख अतिथी मदनकृष्ण श्रेष्ठले पुरस्कार र उपहार प्रदान गरेर महिलालाई प्रेरित गरिनु सुखद् कदम भएको बताए। तपाइको बजारका प्रबन्ध निर्देशक सुशील संग्रौलाले सामाजिक उत्तरदायित्वअन्तर्गत प्रतिभाशाली महिलालाई सम्मान गर्न पाउनु संस्थाका लागि गौरवको विषय भएको बताए। त्यसै गरी तपाइको बजारी प्रमुख कार्यकारी अधिकृत माया लामाले आत्मनिर्भर महिलालाई प्रोत्साहन गर्नु सामाजिक दायित्व भएको बताइन्। ‘हामी केवल व्यवसायिक संस्था मात्र होइन, समाजसँग प्रत्यक्ष रूपमा जोडिएको जिम्मेवार संस्था हौँ। प्रतिभाशाली तथा आत्मनिर्भर महिलाहरूलाई प्रोत्साहन गर्नु हाम्रो सामाजिक दायित्व हो’ उनले भनिन्। कार्यक्रमका सहभागीहरूले विजेताहरूलाई बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका थिए। सहभागीहरुले इलेक्ट्रिक सवारी साधनको प्रवद्र्धनसँगै महिला सशक्तीकरणलाई जोड्ने उद्देश्यले गरिएको यो पहल अत्यन्त सकारात्मक र प्रेरणादायी कदम भएको चर्चा गरे ।

95 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal