सेजलले ‘मिस इको इन्टरनेशनल २०२६’ नेपालको प्रतिनिधित्व गर्ने
काठमाडौँ । इजिप्टमा आयोजना हुने प्रतिष्ठित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेशनल २०२६’मा नेपालको प्रतिनिधित्व सेजल राजभण्डारीले गर्ने भएकी छन् । ग्रीन आर्ट मिडियाले सिजेललाई ‘मिस इको इन्टरनेशनल नेपाल २०२६’को ताज पहिर्याउँदै उक्त प्रतियोगीताका लागि आधिकारिक प्रतिनिधि चयन गरेको हो ।
द हाइट रेस्ट्रो एण्ड वेलनेस, महाराजगञ्जमा आयोजित एक विशेष कार्यक्रमका बीच सेजललाई गत बर्षकी (मिस इको इन्टरनेशनल नेपाल २०२५) विजेता संस्कृति भट्टले ‘मिस इको इन्टरनेशनल २०२६’ ताज पहिर्याएकी थिइन् ।
ताज लगाएपछि सेजलले यसलाई आफ्नो जीवनको एक महत्वपूर्ण अवसर भएको बताइन् । आफूलाई यो अवसर प्रदान गरेकोमा ग्रीन आर्ट मिडियाप्रति आभार व्यक्त गर्दै उनले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको मौलिक संस्कृति र पर्यटकीय स्थलहरूको विश्वमाझ प्रचारप्रसार गर्ने प्रतिबद्धता जनाइन् ।
आगामी अप्रिलमा आयोजना हुने प्रतियोगीतामा ७५ भन्दा बढी देशका ‘इको सुन्दरी’हरूको सहभागिता रहनेछ, जहाँ सेजल नेपालको तर्फबाट एक्लो प्रतिनिधिको रूपमा उभिनेछिन् । प्रतियोगीताका लागि सेजललाई ग्रीन आर्ट मिडियाकी प्रबन्ध निर्देशक तथा अन्तर्राष्ट्रिय कोरियोग्राफर अनिला श्रेष्ठलगायत नेपालका प्रतिष्ठित व्यक्तिहरूबाट विशेष ग्रुमिङ (प्रशिक्षण) दिइनेछ । श्रेष्ठ २०१५ देखि नै प्रतियोगीताका लागि नेपालको लागि आधिकारिक राष्ट्रिय निर्देशकको रुपमा छानिएकी हुन् ।
वातावरण र पर्यटन प्रवद्र्धन गर्ने मुख्य उद्देश्यका साथ ‘ब्युटी फर इको’ नारासहित एल. टी.सि.पि. अर्गनाइजेशनले सन् २०१५ बाट इजिप्टमा यो प्रतियोगिता सुरु गरेको हो । विश्वभरका पर्यावरण र संस्कृतिलाई अन्तर्राष्ट्रिय नेटवर्कमार्फत सूचना प्रवाह गर्नु यसको मुख्य लक्ष्य रहेको ग्रीन आर्टस मिडियाका सिइयो प्रविन लाकौलले जानकारी दिए ।
ताजा
एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट
२०८३ श्रावण ४ गते, सोमबार
एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट
२०८३ श्रावण ४ गते, सोमबार
अर्जेन्टिनालाई स्तब्ध पार्दै १६ वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि
२०८३ श्रावण ४ गते, सोमबार
मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला
२०८३ श्रावण २ गते, शनिबार
आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
२०८३ श्रावण २ गते, शनिबार
डडेल्धुरामा जिप दुर्घटना, २ जनाको मृत्यु, ३ जना घाइते
२०८३ श्रावण २ गते, शनिबार
कमैया मुक्तिको २६ वर्ष: समस्या जहाँको त्यहीँ,पुर्जा छ, श्रेस्ता छैन
२०८३ श्रावण २ गते, शनिबार
सवारीचालक अनुमतिपत्रको राजस्व अबदेखि अनलाइनबाटै तिर्न सकिने
२०८३ असार ३२ गते, बिहीबार
नेपाल मेडिकल कलेजका विएस्सी नर्सिङ विद्यार्थीहरूलाई ‘सिमुलेसन अन ट्रायेज म्यानेजमेन्ट’ प्रशिक्षण
२०८३ असार ३२ गते, बिहीबार
ध्रुवे हात्तीलाई नयाँ रेडियो कलर जडान, ६ इन्च दाह्रा काटियो
२०८३ असार ३२ गते, बिहीबार
सप्तकोसीमा पानीको बहाव बढ्दै, २१ ढोका खोलियो
२०८३ असार ३२ गते, बिहीबारलोकप्रिय
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





