पशुपति क्षेत्रमा पहिलो पटक ‘विश्वमेध श्रीविद्या कोटि अर्चना महायज्ञ’ हुने
काठमाडौँ । पाशुपत क्षेत्रस्थित नेपाल वेदविद्याश्रम परिसरमा आगामी माघ २३ गतेदेखि फागुन ४ गतेसम्म (फेब्रुअरी ६ देखि १६ सम्म) ‘विश्वमेध श्रीविद्या ललितामहात्रिपुरसुन्दरी कोटि अर्चना महायज्ञ’ दिव्य महोत्सव आयोजना हुने भएको छ ।
नेपाल राष्ट्रको शान्ति, समृद्धि र जनकल्याणको सङ्कल्पसहित श्रीविद्याका परम उपासक श्रीविद्यादेशिक प्रवर परमपूज्य गुरुदेव महेश चैतन्य ब्रह्मचारी महाराजज्यूको सान्निध्य एवं निर्देशनमा यो ऐतिहासिक अनुष्ठान सम्पन्न हुन लागेको हो ।
नेपालको यज्ञिय इतिहासमा नै प्रथम पटक हुन लागेको यस प्रकारको विशिष्ट यज्ञमा कोटि अर्चनाका साथै महागणपति, सूर्य, नारायण, दक्षिणमूर्ति, मातङ्गी, वाराही र कुमारीका लक्षार्चन अनुष्ठानहरू समेत एकैसाथ सञ्चालन गरिनेछन् । महायज्ञ केवल कर्मकाण्ड मात्र नभई एक वैज्ञानिक प्रक्रिया भएको गुरुदेव महेश चैतन्यले बताए । उनले भने ‘प्राचीन कालमा ऋषि वशिष्ठ र दत्तात्रेयले गर्ने गरेको र पछिल्लो समय लोप हुन लागेको यो विद्याको पुनर्जागरणले नेपालको वायुमण्डलमा सकारात्मक ऊर्जा सञ्चार गर्ने छ ।’
११ दिनसम्म चल्ने यस कठिन साधनाले देशमा व्याप्त भ्रष्टाचार र बेथिति अन्त्य गर्न शासकहरूमा इमानदारी र सेवाभाव जागृत गराउन मद्दत गर्नेछ । तन्त्र विद्या (आगम) को प्राचीन केन्द्र पशुपति क्षेत्रमा हुने यस यज्ञले शिक्षा र स्वास्थ्यको क्षेत्रमा देखिएका समस्या समाधान गरी युवा पलायन रोक्न र देशलाई समर्थ बनाउन आध्यात्मिक बल प्रदान गर्ने पनि गुरु चैतन्यको भनाई छ ।
अनुष्ठानमा करिब १५१ जना दीक्षित साधकहरू सहभागी हुनेछन् । जसमा ११० जना ब्राह्मण बटुक र विद्वान्हरूले दैनिक १४–१५ घण्टासम्म साधना गर्नेछन् । व्यापारिक लेनदेन र यजमान प्रथाभन्दा टाढा रहेर सबै साधकहरू समान फलका भागीदार हुने बताइएको छ ।
यज्ञमा प्रतिष्ठित श्रीयन्त्रमा ललितासहस्रनामद्वारा कोटि अर्चना, सप्तशती चण्डी पाठ, शिवोपासना र सुवासिनी पूजा जस्ता गतिविधि हुनेछन् । भगवान राम, कृष्णदेखि विभिन्न देवताहरूले समेत उपासना गरेको यो ब्रह्माण्ड शक्ति तत्वको आराधनाले नेपालको सर्वाङ्गीण विकासमा टेवा पुरÞ्याउने र देवभूमिका रूपमा रहेको यस राष्ट्रको गौरवलाई पुनः जागृत गराउने विश्वासका साथ सम्पूर्ण श्रीविद्या प्रेमीहरूलाई महोत्सवमा सहभागी हुन आह्वान पनि गरिएको छ ।
श्री विद्या के हो ?
यो ब्रह्माण्ड चलाउने शक्ति तत्वको आराधना हो । यसको साधना स्वयं शिव, विष्णु, ब्रह्मा, इन्द्र, मनु र कुबेर जस्ता देवताहरूले गर्छन् । भगवान राम र कृष्णले पनि यो विद्याको उपासना गरेका थिए । यो साधना अत्यन्त कठिन (दैनिक १४–१५ घण्टा) लाग्छ छ । आजभोलि मानिसहरू मनोरञ्जनका लागि कथा प्रवचनमा झुम्मिन्छन्, तर वास्तविक साधना र ब्रह्मचर्यको पालन गर्न गाह्रो मान्छन् ।
धर्मले मानिसलाई इमानदार बनाउँछ र दुःखीको सेवा गर्न सिकाउँछ । यदि जनतामा यो भावना जागृत भयो भने सत्ता आफैँ सुध्रिन्छ । नेपालको कुनै पूर्वजन्मको पुण्यले गर्दा नै आज यो दुर्लभ कार्यक्रम यहाँ हुन गइरहेको हो । यो देवभूमि हो (पाणिनि र भरत राजाको भूमि), यसलाई साधनाद्वारा जागृत गराउनु पर्छ । यसबाट देशको कल्याण निश्चित छ ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





