जापानमा राष्ट्रपति पौडेल
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल आज जापान पुगेका छन्। चारदिने औपचारिक भ्रमणका क्रममा उनी त्यहाँ पुगेका हुन् । उनलाई त्यहाँस्थित नारिता अन्तरराष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका लागि जापानका राजदूत तोरु मायदा र जापानका लागि नेपालका कार्यवाहक राजदूत हरिहरकान्त पौडेललगायतले स्वागत गरेका थिए ।
जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी आइतबार राति त्यसतर्फ प्रस्थान गरेका हुन्। राष्ट्रपति नेपाल र जापानबीचको कूटनीतिकसम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा जापानमा आयोजना हुने विशेष समारोहमा सहभागी हुने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
उनका अनुसार टोकियोस्थित इम्पेरियल प्यालेसमा राष्ट्रपति पौडेलको जापानका सम्राट् नारुहितोसँग राजकीय शिष्टाचार भेटवार्ता गर्नेछन् । साथै राष्ट्रपतिले जापानका प्रधानमन्त्री सुश्री ताकाइची सानाए र विदेश राज्यमन्त्री होरिइ इवाओले शिष्टाचार भेटवार्ता गर्नेछन् ।
प्रेस सल्लाहकार पोखरेलका अनुसार राष्ट्रपति पौडेल भ्रमणका क्रममा जापानी व्यावसायिक समुदायसँग र जापानस्थित नेपाली राजदूतावासले उनको सम्मानमा आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् ।
नेपाल जापानबीच १ सेप्टेम्बर १९५६ मा कूटनीतिकसम्बन्ध स्थापना भएको थियो । कूटनीतिकसम्बन्ध स्थापनापछि नेपालले १९६५ मा टोकियोमा र जापानले १९६७ मा काठमाडौँमा आफ्नो दूतावास स्थापना गरेको थियो ।
राष्ट्रपति चार दिने भ्रमण सम्पन्न गरी यही माघ २१ गत बुधबार स्वदेश फर्कने कार्यक्रम छ ।
ताजा
डोल्पाका जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना
२०८३ आश्विन ८ गते, बिहीबार
डोल्पाका जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना
२०८३ आश्विन ८ गते, बिहीबार
आजदेखि देशभर मुसलधारे वर्षा
२०८३ आश्विन ८ गते, बिहीबार
गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण
२०८३ आश्विन ४ गते, आईतवार
आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प
२०८३ आश्विन ३ गते, शनिबार
‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन
२०८३ आश्विन ३ गते, शनिबार
चलचित्र ‘बखत्ते’को शुभमुहूर्त
२०८३ आश्विन ३ गते, शनिबार
प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण
२०८३ आश्विन ३ गते, शनिबार
चलचित्र चंगुलको ट्रेलर रिलिज
२०८३ आश्विन ३ गते, शनिबार
भूपेशको ‘मेरी आमा’ सार्वजनिक
२०८३ आश्विन ३ गते, शनिबार
आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै
२०८३ आश्विन ३ गते, शनिबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





