पशुपति क्षेत्रमा पहिलो पटक ‘विश्वमेध श्रीविद्या कोटि अर्चना महायज्ञ’ हुने
काठमाडौँ । पाशुपत क्षेत्रस्थित नेपाल वेदविद्याश्रम परिसरमा आगामी माघ २३ गतेदेखि फागुन ४ गतेसम्म (फेब्रुअरी ६ देखि १६ सम्म) ‘विश्वमेध श्रीविद्या ललितामहात्रिपुरसुन्दरी कोटि अर्चना महायज्ञ’ दिव्य महोत्सव आयोजना हुने भएको छ ।
नेपाल राष्ट्रको शान्ति, समृद्धि र जनकल्याणको सङ्कल्पसहित श्रीविद्याका परम उपासक श्रीविद्यादेशिक प्रवर परमपूज्य गुरुदेव महेश चैतन्य ब्रह्मचारी महाराजज्यूको सान्निध्य एवं निर्देशनमा यो ऐतिहासिक अनुष्ठान सम्पन्न हुन लागेको हो ।
नेपालको यज्ञिय इतिहासमा नै प्रथम पटक हुन लागेको यस प्रकारको विशिष्ट यज्ञमा कोटि अर्चनाका साथै महागणपति, सूर्य, नारायण, दक्षिणमूर्ति, मातङ्गी, वाराही र कुमारीका लक्षार्चन अनुष्ठानहरू समेत एकैसाथ सञ्चालन गरिनेछन् । महायज्ञ केवल कर्मकाण्ड मात्र नभई एक वैज्ञानिक प्रक्रिया भएको गुरुदेव महेश चैतन्यले बताए । उनले भने ‘प्राचीन कालमा ऋषि वशिष्ठ र दत्तात्रेयले गर्ने गरेको र पछिल्लो समय लोप हुन लागेको यो विद्याको पुनर्जागरणले नेपालको वायुमण्डलमा सकारात्मक ऊर्जा सञ्चार गर्ने छ ।’
११ दिनसम्म चल्ने यस कठिन साधनाले देशमा व्याप्त भ्रष्टाचार र बेथिति अन्त्य गर्न शासकहरूमा इमानदारी र सेवाभाव जागृत गराउन मद्दत गर्नेछ । तन्त्र विद्या (आगम) को प्राचीन केन्द्र पशुपति क्षेत्रमा हुने यस यज्ञले शिक्षा र स्वास्थ्यको क्षेत्रमा देखिएका समस्या समाधान गरी युवा पलायन रोक्न र देशलाई समर्थ बनाउन आध्यात्मिक बल प्रदान गर्ने पनि गुरु चैतन्यको भनाई छ ।
अनुष्ठानमा करिब १५१ जना दीक्षित साधकहरू सहभागी हुनेछन् । जसमा ११० जना ब्राह्मण बटुक र विद्वान्हरूले दैनिक १४–१५ घण्टासम्म साधना गर्नेछन् । व्यापारिक लेनदेन र यजमान प्रथाभन्दा टाढा रहेर सबै साधकहरू समान फलका भागीदार हुने बताइएको छ ।
यज्ञमा प्रतिष्ठित श्रीयन्त्रमा ललितासहस्रनामद्वारा कोटि अर्चना, सप्तशती चण्डी पाठ, शिवोपासना र सुवासिनी पूजा जस्ता गतिविधि हुनेछन् । भगवान राम, कृष्णदेखि विभिन्न देवताहरूले समेत उपासना गरेको यो ब्रह्माण्ड शक्ति तत्वको आराधनाले नेपालको सर्वाङ्गीण विकासमा टेवा पुरÞ्याउने र देवभूमिका रूपमा रहेको यस राष्ट्रको गौरवलाई पुनः जागृत गराउने विश्वासका साथ सम्पूर्ण श्रीविद्या प्रेमीहरूलाई महोत्सवमा सहभागी हुन आह्वान पनि गरिएको छ ।
श्री विद्या के हो ?
यो ब्रह्माण्ड चलाउने शक्ति तत्वको आराधना हो । यसको साधना स्वयं शिव, विष्णु, ब्रह्मा, इन्द्र, मनु र कुबेर जस्ता देवताहरूले गर्छन् । भगवान राम र कृष्णले पनि यो विद्याको उपासना गरेका थिए । यो साधना अत्यन्त कठिन (दैनिक १४–१५ घण्टा) लाग्छ छ । आजभोलि मानिसहरू मनोरञ्जनका लागि कथा प्रवचनमा झुम्मिन्छन्, तर वास्तविक साधना र ब्रह्मचर्यको पालन गर्न गाह्रो मान्छन् ।
धर्मले मानिसलाई इमानदार बनाउँछ र दुःखीको सेवा गर्न सिकाउँछ । यदि जनतामा यो भावना जागृत भयो भने सत्ता आफैँ सुध्रिन्छ । नेपालको कुनै पूर्वजन्मको पुण्यले गर्दा नै आज यो दुर्लभ कार्यक्रम यहाँ हुन गइरहेको हो । यो देवभूमि हो (पाणिनि र भरत राजाको भूमि), यसलाई साधनाद्वारा जागृत गराउनु पर्छ । यसबाट देशको कल्याण निश्चित छ ।
ताजा
देउवा मंगलबार स्वदेश फर्किंदै
२०८३ श्रावण २२ गते, शुक्रबार
देउवा मंगलबार स्वदेश फर्किंदै
२०८३ श्रावण २२ गते, शुक्रबार
कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक
२०८३ श्रावण २२ गते, शुक्रबार
माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा
२०८३ श्रावण २१ गते, बिहीबार
नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु
२०८३ श्रावण २० गते, बुधबार
‘ईयुमा डट कम’ले बुधबारदेखि आफ्नो औपचारिक सेवा सञ्चालनमा
२०८३ श्रावण २० गते, बुधबार
हलमा छैन ‘गौँथली’को टिकट
२०८३ श्रावण १९ गते, मंगलवार
‘आइतबारको अफिस’ को परिचर्चा सम्पन्न
२०८३ श्रावण १९ गते, मंगलवार
अर्जुन चन्द्रको ‘संवेदनाका प्रतिध्वनि’ मुक्तकसङ्ग्रह लोकार्पण
२०८३ श्रावण १९ गते, मंगलवार
‘दुर्गा’ निर्माण गर्दै सम्राट
२०८३ श्रावण १८ गते, सोमबार
चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक
२०८३ श्रावण १८ गते, सोमबारलोकप्रिय
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





