कृषकहरुलाई मल, बिउ सहज रुपमा उपलब्ध गराउन परिवार दलको माग
काठमाडौं । नेपाल परिवार दलले नेपाल सरकारले संघीय संसदमा पेश गरेको आर्थिक बर्ष २०८२÷ ८३ को बजेट बारे बैठकमा छलफल गरी उक्त बजेट जिम्मेवार तथा यथार्थपरक रहेको बताएको छ । दलको शनिवार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बजेटले आर्थिक अनुशासन भित्र रही अर्थतन्त्रको समस्याहरु समाधानको प्रयास गरेको, बजेटले व्यवसाहिहरुलाई प्रोत्साहन गर्नुका साथै यसको प्रभावकारी कार्यन्वयन हुँदा देशमा शुशासन र विकास बढ्ने आशा व्यक्त गर्दै बजेटको स्वागत गर्ने निर्णय गरेको छ ।
दलका अध्यक्ष एकनाथ ढकालको अध्यक्षतामा बसेको बैठकले मुलुकमा बर्षायाम सुरु भएसँगै आपतकालीन रुपमा आइपर्न सक्ने बाढी, पैरो, डुबान लगायतका प्राकृतिक बिपत्तिको सामनाको लागि पूर्व तयारी गर्न, कृषकहरुलाई मल, बिउ सहज रुपमा उपलब्ध गराऊन, सार्बजानिक यातायातमा यात्रीहरुलाई सहज रुपमा यात्रा गर्न सक्ने ब्यबस्था मिलाउन, सार्वजनिक काममा हुने ढिलासुस्ती हटाऊन र सुशाशनको एजेन्डा थप प्रभावकारी ढंगबाट अघि बढाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ । बैठकले नेपाल परिवार दलका केन्द्रीयय अध्यक्ष, पूर्वमन्त्री प्रतिनिधि सभाका सदस्य एकनाथ ढकाल अप्रिल ११ तारिक २०२५ का दिन गणतन्त्र कोरियाको राजधानी सिउल सम्पन्न विश्वभरिका सभामुख हरुको बैठक वाट “इन्टर–पार्लियामेन्टरी स्पिकर्स कन्फेरेन्स“ (आइएससी)’Inter–Parliamentary Speakers’ Conference’ -ISC को महासचिब जस्तो अन्तराष्ट्रिय स्तरको गरिमामय पदमा मनोनोयन हुनु भएकोमा बधाई तथा शुभकामना व्यक्त गरेक ेछ । बैठकले मुस्लिम धर्मावलम्बीको दोस्रो ठूलो पर्व बकर इद (इद उल अज्हा ) को अवसरमा देश भित्र र बाहिर रहनु भएका सम्पूर्ण नेपाली मुस्लिम समुदायमा सुख, शान्ति र संमृद्धिको शुभकामना व्यक्त गरेको छ । बैठकमा संबिधान सभा सदस्य मिलन कुमारी राजबंशी दलका बरिष्ठ उपाध्यक्ष बिनोद डागी महामन्त्री सन्तोष कुमार पौडले कोषाध्यक्ष गोबिन्द नाथ मिश्र प्रवता रुपसिह भण्डारी लगायतका नेताहरुको सहभागिता रहेका दलका महासचिव सन्तोषकुमार पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
ताजा
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबार
बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
२०८३ भाद्र २२ गते, सोमबार
भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला
२०८३ भाद्र २२ गते, सोमबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबार
उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै
२०८३ भाद्र १९ गते, शुक्रबार
राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी
२०८३ भाद्र १९ गते, शुक्रबार
बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन
२०८३ भाद्र १९ गते, शुक्रबार
आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
२०८३ भाद्र १९ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





