कृषकहरुलाई मल, बिउ सहज रुपमा उपलब्ध गराउन परिवार दलको माग
काठमाडौं । नेपाल परिवार दलले नेपाल सरकारले संघीय संसदमा पेश गरेको आर्थिक बर्ष २०८२÷ ८३ को बजेट बारे बैठकमा छलफल गरी उक्त बजेट जिम्मेवार तथा यथार्थपरक रहेको बताएको छ । दलको शनिवार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बजेटले आर्थिक अनुशासन भित्र रही अर्थतन्त्रको समस्याहरु समाधानको प्रयास गरेको, बजेटले व्यवसाहिहरुलाई प्रोत्साहन गर्नुका साथै यसको प्रभावकारी कार्यन्वयन हुँदा देशमा शुशासन र विकास बढ्ने आशा व्यक्त गर्दै बजेटको स्वागत गर्ने निर्णय गरेको छ ।
दलका अध्यक्ष एकनाथ ढकालको अध्यक्षतामा बसेको बैठकले मुलुकमा बर्षायाम सुरु भएसँगै आपतकालीन रुपमा आइपर्न सक्ने बाढी, पैरो, डुबान लगायतका प्राकृतिक बिपत्तिको सामनाको लागि पूर्व तयारी गर्न, कृषकहरुलाई मल, बिउ सहज रुपमा उपलब्ध गराऊन, सार्बजानिक यातायातमा यात्रीहरुलाई सहज रुपमा यात्रा गर्न सक्ने ब्यबस्था मिलाउन, सार्वजनिक काममा हुने ढिलासुस्ती हटाऊन र सुशाशनको एजेन्डा थप प्रभावकारी ढंगबाट अघि बढाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ । बैठकले नेपाल परिवार दलका केन्द्रीयय अध्यक्ष, पूर्वमन्त्री प्रतिनिधि सभाका सदस्य एकनाथ ढकाल अप्रिल ११ तारिक २०२५ का दिन गणतन्त्र कोरियाको राजधानी सिउल सम्पन्न विश्वभरिका सभामुख हरुको बैठक वाट “इन्टर–पार्लियामेन्टरी स्पिकर्स कन्फेरेन्स“ (आइएससी)’Inter–Parliamentary Speakers’ Conference’ -ISC को महासचिब जस्तो अन्तराष्ट्रिय स्तरको गरिमामय पदमा मनोनोयन हुनु भएकोमा बधाई तथा शुभकामना व्यक्त गरेक ेछ । बैठकले मुस्लिम धर्मावलम्बीको दोस्रो ठूलो पर्व बकर इद (इद उल अज्हा ) को अवसरमा देश भित्र र बाहिर रहनु भएका सम्पूर्ण नेपाली मुस्लिम समुदायमा सुख, शान्ति र संमृद्धिको शुभकामना व्यक्त गरेको छ । बैठकमा संबिधान सभा सदस्य मिलन कुमारी राजबंशी दलका बरिष्ठ उपाध्यक्ष बिनोद डागी महामन्त्री सन्तोष कुमार पौडले कोषाध्यक्ष गोबिन्द नाथ मिश्र प्रवता रुपसिह भण्डारी लगायतका नेताहरुको सहभागिता रहेका दलका महासचिव सन्तोषकुमार पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





