राजन लम्साल लायन्स क्लब इन्टरनेशनल मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपाल “आइडी इन्डोर्सी” पदमा विजय
काठमाण्डौं । लायन्स क्लब इन्टरनेशनल मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालले शनिवार काठमाडौंमा सम्पन्न ऐतिहासिक मल्टिपल कन्भेन्सनबाट लायन राजन लम्साल अत्याधिक मतसहित ‘आईडी इन्डोर्सी’ पदमा विजयी भएका छन् । कुल खसेको सदर मतमध्ये १३८७ मत प्राप्त गर्दै लम्सालले प्रतिस्पर्धी लायन खगेन्द्र सिटौलालाई ८५६ मतको फराकिलो अन्तरले पराजित गरेका हुन्। पराजित सिटौलाले ५३१ मत पाएका छन् ।
यस जितसँगै अब लायन राजन लम्साल २०२६ मा हङकङ्मा हुने लायन्स क्लब इन्टरनेशनलको विश्व सम्मेलनमा नेपालबाट इन्टरनेशनल डाइरेक्टर पदका लागि औपचारिक उम्मेदवार बन्नेछन्।
लायन्सको विगत तीन दशक लामो सफल यात्रा, समाजसेवामा समर्पित जीवनशैली र प्रेरणादायी नेतृत्वले लम्साललाई यस उच्चतम अवसरसम्म पुर्याएको हो। पूर्व डिष्ट्रिक्ट गभर्नर, पूर्व मल्टिपल काउन्सिल चेयरपर्सन तथा हाल एलसीआईएफ एरिया लिडर रहेका लम्सालले नेपालभरिका १५ वटा डिष्ट्रिक्टका प्रतिनिधिहरूबाट व्यापक समर्थन पाएका थिए।
स्याङ्जाको ग्रामीण पृष्ठभूमिबाट उदाएका लम्सालले १९९७ मा संखुवासभाको खाँदबारीस्थित लायन्स क्लबबाट औपचारिक लायन यात्रा सुरु गरेका थिए। नेतृत्व क्षमताका कारण सन् २०१०र११ मा उनी डिष्ट्रिक्ट ३२५ बी नेपालका गभर्नर बने। त्यसपछिका वर्षहरूमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहका पदमा सक्रिय भई उनले लायन आन्दोलनलाई प्रभावकारी ढंगले अघि बढाए।
उनको नेतृत्वमा दृष्टिविहीनता निवारण, स्वास्थ्य शिविर, छात्रवृत्ति, पुस्तकालय, अस्पताल र खानेपानी योजनाजस्ता धेरै समाजोपयोगी कार्यक्रम सञ्चालन भएका छन्। कपिलवस्तुदेखि नवलपरासी, दाङ, रूपन्देही जस्ता जिल्लामा आफ्नै उपस्थितिमा मोतियाबिन्दु शल्यक्रिया कार्यक्रमहरू सञ्चालन गराएका छन्।
लम्सालद्वारा स्थापित ‘लायन्स मनराम प्रतिष्ठान’ अन्तर्गत १३३ भन्दा बढी पुस्तकालय स्थापना भएका छन्। त्यस्तै, उनले ‘सहयोगी हातहरू’ नामक संस्थामार्फत् पूर्वाधार निर्माणदेखि शिक्षा र स्वास्थ्यसम्मको क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आएका छन्।
नेतृत्व र प्रेरणाको उदाहरण
राजन लम्सालको जीवन राजनीतिक सचेतनादेखि संस्कृति संरक्षण, पेशागत सफलता र अन्तर्राष्ट्रिय अनुभवले भरिएको छ। उनीले सन् २००६ मा ट्युनिसियामा सम्पन्न वरिष्ठ लायन लिडरशिप इन्स्टिच्युट (SLLI) मा सहभागिता जनाइसकेका छन्। अमेरिका, फ्रान्स, जर्मनी, जापान, स्वीजरल्याण्ड, इटली लगायत २५ भन्दा बढी देश भ्रमण गरी उनले विभिन्न मुलुकका लायन परियोजनाको अध्ययन गरेका छन्।
लायन रामबहादुर श्रेष्ठको प्रेरणाले उनी सामाजिक सेवातर्फ आकर्षित भएका थिए। श्रेष्ठकै प्रेरणाले उनले ‘मनराम शिक्षाकोष’ स्थापना गरे, जसले हालसम्म सयौं विद्यार्थीलाई लाभ पुर्याएको छ।
उनकी जीवनसाथी इन्दु लम्साल पनि लायन आन्दोलनमा अग्रणी छन्। उनी सन् २०१९–२० मा डिष्ट्रिक्ट गभर्नर भई नेपालकै पहिलो ‘एम्बेसडर अफ गुडविल’ अवार्ड प्राप्त गर्ने महिला मध्येकी हुन्। लम्साल दम्पती नेपालकै पहिलो पति–पत्नी डिष्ट्रिक्ट गभर्नर जोडीका रूपमा परिचित छन्।
लायन राजन लम्सालको यो जित केवल व्यक्तिगत सफलता मात्र नभई, नेपाली लायन आन्दोलनको अन्तर्राष्ट्रिय पहिचानका लागि नयाँ ढोका खोल्ने अवसर पनि हो। बोस्टन सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय नेतृत्वमा पुग्ने सम्भावना बढेको छ।
लायन्स आन्दोलनमा आफ्नो कर्म, दूरदृष्टि र समर्पणमार्फत पहिचान बनाएका लायन राजन लम्साल अब ‘इन्टरनेशनल डाइरेक्टर’ बन्ने अन्तिम दौडतर्फ अघि बढिरहेका छन्।
ताजा
आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती
२०८३ जेष्ठ २८ गते, बिहीबार
आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती
२०८३ जेष्ठ २८ गते, बिहीबार
आजदेखि फिफा विश्वकप–२०२६ः उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने
२०८३ जेष्ठ २८ गते, बिहीबार
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
२०८३ जेष्ठ २८ गते, बिहीबार
‘बसौँ हजुर’ मा सेजल र जोन्दिरको रोमान्टिक अवतार
२०८३ जेष्ठ २८ गते, बिहीबार
संगीत रोयल्टी संकलन समाज नेपालद्वारा रोयल्टी वितरण
२०८३ जेष्ठ २८ गते, बिहीबार
सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो
२०८३ जेष्ठ २६ गते, मंगलवार
गृहमन्त्रीमा पुनः सुधन गुरुङ, आजै शपथ
२०८३ जेष्ठ २६ गते, मंगलवार
बुधबारसम्म प्रतिनिधि सभा बैठक स्थगित
२०८३ जेष्ठ २६ गते, मंगलवार
महावीर पुन मन्त्री बन्दै
२०८३ जेष्ठ २६ गते, मंगलवार
मध्यरातमा फेसबुकमार्फत प्रधानमन्त्रीको व्यंग्यः ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर दिनुस् न’
२०८३ जेष्ठ २४ गते, आईतवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





