राजन लम्साल लायन्स क्लब इन्टरनेशनल मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपाल “आइडी इन्डोर्सी” पदमा विजय
काठमाण्डौं । लायन्स क्लब इन्टरनेशनल मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालले शनिवार काठमाडौंमा सम्पन्न ऐतिहासिक मल्टिपल कन्भेन्सनबाट लायन राजन लम्साल अत्याधिक मतसहित ‘आईडी इन्डोर्सी’ पदमा विजयी भएका छन् । कुल खसेको सदर मतमध्ये १३८७ मत प्राप्त गर्दै लम्सालले प्रतिस्पर्धी लायन खगेन्द्र सिटौलालाई ८५६ मतको फराकिलो अन्तरले पराजित गरेका हुन्। पराजित सिटौलाले ५३१ मत पाएका छन् ।
यस जितसँगै अब लायन राजन लम्साल २०२६ मा हङकङ्मा हुने लायन्स क्लब इन्टरनेशनलको विश्व सम्मेलनमा नेपालबाट इन्टरनेशनल डाइरेक्टर पदका लागि औपचारिक उम्मेदवार बन्नेछन्।
लायन्सको विगत तीन दशक लामो सफल यात्रा, समाजसेवामा समर्पित जीवनशैली र प्रेरणादायी नेतृत्वले लम्साललाई यस उच्चतम अवसरसम्म पुर्याएको हो। पूर्व डिष्ट्रिक्ट गभर्नर, पूर्व मल्टिपल काउन्सिल चेयरपर्सन तथा हाल एलसीआईएफ एरिया लिडर रहेका लम्सालले नेपालभरिका १५ वटा डिष्ट्रिक्टका प्रतिनिधिहरूबाट व्यापक समर्थन पाएका थिए।
स्याङ्जाको ग्रामीण पृष्ठभूमिबाट उदाएका लम्सालले १९९७ मा संखुवासभाको खाँदबारीस्थित लायन्स क्लबबाट औपचारिक लायन यात्रा सुरु गरेका थिए। नेतृत्व क्षमताका कारण सन् २०१०र११ मा उनी डिष्ट्रिक्ट ३२५ बी नेपालका गभर्नर बने। त्यसपछिका वर्षहरूमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहका पदमा सक्रिय भई उनले लायन आन्दोलनलाई प्रभावकारी ढंगले अघि बढाए।
उनको नेतृत्वमा दृष्टिविहीनता निवारण, स्वास्थ्य शिविर, छात्रवृत्ति, पुस्तकालय, अस्पताल र खानेपानी योजनाजस्ता धेरै समाजोपयोगी कार्यक्रम सञ्चालन भएका छन्। कपिलवस्तुदेखि नवलपरासी, दाङ, रूपन्देही जस्ता जिल्लामा आफ्नै उपस्थितिमा मोतियाबिन्दु शल्यक्रिया कार्यक्रमहरू सञ्चालन गराएका छन्।
लम्सालद्वारा स्थापित ‘लायन्स मनराम प्रतिष्ठान’ अन्तर्गत १३३ भन्दा बढी पुस्तकालय स्थापना भएका छन्। त्यस्तै, उनले ‘सहयोगी हातहरू’ नामक संस्थामार्फत् पूर्वाधार निर्माणदेखि शिक्षा र स्वास्थ्यसम्मको क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आएका छन्।
नेतृत्व र प्रेरणाको उदाहरण
राजन लम्सालको जीवन राजनीतिक सचेतनादेखि संस्कृति संरक्षण, पेशागत सफलता र अन्तर्राष्ट्रिय अनुभवले भरिएको छ। उनीले सन् २००६ मा ट्युनिसियामा सम्पन्न वरिष्ठ लायन लिडरशिप इन्स्टिच्युट (SLLI) मा सहभागिता जनाइसकेका छन्। अमेरिका, फ्रान्स, जर्मनी, जापान, स्वीजरल्याण्ड, इटली लगायत २५ भन्दा बढी देश भ्रमण गरी उनले विभिन्न मुलुकका लायन परियोजनाको अध्ययन गरेका छन्।
लायन रामबहादुर श्रेष्ठको प्रेरणाले उनी सामाजिक सेवातर्फ आकर्षित भएका थिए। श्रेष्ठकै प्रेरणाले उनले ‘मनराम शिक्षाकोष’ स्थापना गरे, जसले हालसम्म सयौं विद्यार्थीलाई लाभ पुर्याएको छ।
उनकी जीवनसाथी इन्दु लम्साल पनि लायन आन्दोलनमा अग्रणी छन्। उनी सन् २०१९–२० मा डिष्ट्रिक्ट गभर्नर भई नेपालकै पहिलो ‘एम्बेसडर अफ गुडविल’ अवार्ड प्राप्त गर्ने महिला मध्येकी हुन्। लम्साल दम्पती नेपालकै पहिलो पति–पत्नी डिष्ट्रिक्ट गभर्नर जोडीका रूपमा परिचित छन्।
लायन राजन लम्सालको यो जित केवल व्यक्तिगत सफलता मात्र नभई, नेपाली लायन आन्दोलनको अन्तर्राष्ट्रिय पहिचानका लागि नयाँ ढोका खोल्ने अवसर पनि हो। बोस्टन सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय नेतृत्वमा पुग्ने सम्भावना बढेको छ।
लायन्स आन्दोलनमा आफ्नो कर्म, दूरदृष्टि र समर्पणमार्फत पहिचान बनाएका लायन राजन लम्साल अब ‘इन्टरनेशनल डाइरेक्टर’ बन्ने अन्तिम दौडतर्फ अघि बढिरहेका छन्।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





