राष्ट्रिय संगीतकर्मी संघ नुवाकोटको अध्यक्षमा छिरिङ, सचिवमा पुजा

२०८१ चैत्र २५ गते, सोमबार

नुवाकोट । राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्यसमिति नुवाकोटको सातौँ वार्षिक साधारणसभा तथा तेस्रो जिल्ला अधिवेशन तामाङ प्लाजा बट्टार नुवाकोटमा आईतबार सम्पन्न भएको छ । अध्यक्षमा चलचित्रकर्मी छिरिङ तामाङ निर्वाचित भएका छन् भने सचिवमा संगीतकर्मी पुजा तामाङ निर्वाचित भएकी हुन् ।

कार्यसमितिमा अध्यक्षमा नायक छिरिङ तामाङ , बरिष्ठ उपाध्यक्षमा उत्तम भण्डारी, उपाध्यक्षमा सन्दिप तामाङ, महिला उपाध्यक्षमा मोडल रोजी रुम्बा, उपाध्यक्षमा चर्चित गायिका जानुका तामाङ, सचिवमा कलाकार पुजा तामाङ, सह सचिवमा सुनिता तामाङ (शिवपुरी), प्रवक्तामा बिमल गुरुङ, कोषाध्यक्षमा मन्दकिनी रिमाल, सह कोषाध्यक्षमा सुनिता तामाङ ९म्यागङ० र सदस्यहरुमा गायिका बिमला लामा, कलाकार विजय तामाङ, रमेश तामाङ, अनिशा तामाङ, प्रेम तामाङ, निरज तामाङ, राधिका रिमाल, ठाकुर लामा लो, ठुली माया तामाङ, शेरप रुम्बा, भेमसेन थापा लगायतका सदस्य तथा पदाधिकारीहरु निर्वाचित भएका हुन् । कार्यक्रममा प्रमुख अतिथिका रुपमा पुर्व संस्कृति पर्यटन नागरिक उड्डयनमन्त्री हित बहादुर तामाङ , विशेष अतिथिका रुपमा बागमती प्रदेशका प्रदेश सभा सदस्य रमेशकुमार महत, राष्ट्रिय संगीतकर्मी संघमा केन्द्रीय अध्यक्ष बहुचर्चित गायक प्रकाश कटुवाल, जिल्ला समन्वय समिति प्रमुख रजिन्द्र बिक्रम सिङ ठकुरी, युवा नेता तथा समाजसेवी सुशील खड्का, राजु थापा, तादी गाउँपालिका प्रमुख सन्तमान तामाङ, संस्थाका प्रभावशाली केन्द्रीय उपमहासचिव तथा राष्ट्रिय स्वतन्त्रता पार्टीका नेता मान बहादुर तामाङ, तरुण दलका अध्यक्ष गुरुङ लगायतको विशेष उपस्थिति र सम्बोधन रहेको थियोे ।

नुवाकोटमा उक्त संस्थाको पहिलो अधिवेशन २०७४ मा भएको थियोे । नुवाकोटमा संस्थापकको रुपमा रामहरि भण्डारी करण तामाङ र दिनेश तामाङ लगायतको समुह रहेको थियोे ।

120 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

हाउसफूल हुँदै ‘रोल नं १’

२०८३ जेष्ठ २१ गते, बिहीबार

यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार

२०८३ जेष्ठ २१ गते, बिहीबार

विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित

२०८३ जेष्ठ २१ गते, बिहीबार

टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान

२०८३ जेष्ठ २१ गते, बिहीबार

आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा

२०८३ जेष्ठ २१ गते, बिहीबार

हिन्दुधर्म विश्वको पुरानो धर्म

२०८३ जेष्ठ २० गते, बुधबार

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत

२०८३ जेष्ठ १९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal