भविस्यमा राम्रो चलचित्र बनाउने सोंच छ
दावा फिन्जो तामाङ
दावा फिन्जो तामाङको जन्म रसुवाको गोल्जुङ हाल आमा छोदिङ्ग्मो गाउँपालिका–०४ मा बुवा राम तामाङ र आमा कार्साङ्ग ब्रीको कोखबाट वि.स.२०४४ कार्तिक २० गते भएको हो । परिवारका अधिकांश व्यक्तिहरु शिक्षण पेसामा नभएकाले पनि होला उनको बाल्यकाल प्राय गोठालो र खेती किसानमा नै बित्यो ।

बिहान बेलुका काम गरेर फर्किए सके पछि घरमा पढ्नैपथ्र्यो अनि स्कुलमा पनि गाउँमा अलि नाम चलेका अर्थात आमा स्वयंसेवकको छोरा नपढे बेईज्जत हुन्छ भन्दै अरु सरहरुले पनि दबाब दिने हुदा पनि उनी पढाई साथै भन्दा अरु कुरामा ध्यान दिन पाउथेनन । जे जस्तो भए पनि होला उनी पढाईमा राम्रो थिए पहिलो दोश्रो भैराख्थे नै । त्यसपछि फेरि उनको घरमा दुःखद घटना भयो ११ महिना नबित्दै आमा बाबाको मृत्यु भयो र पनि उनी घरको काम र पड्न भने छाडेन, यसरी नै उनको बाल्यकाल किताब र गाउँ घरमा कर्म गरेर दुख सङ्गै बित्यो भन्दा फरक पर्दैन ।

उनी स्कुलमा मात्रै हैन, हाजिरी जवाफ प्रतीयोगीता, बक्तित्वकला प्रतियोगीताहरुमा पनि श्रोतकेन्द्र सम्म पुगेर ४०÷४५ बिद्यालयका विद्यार्थीसङ्ग भिड्दा पनि पहिलो दोश्रो नै हुने गर्थे । उनको पढाई राम्रो नै थियो, गाउको बिद्यालयमा पढेका उनी सदरमुकाम आएर अङ्ग्रेजी माध्यममा पढ्दा भने अलिक गार्हो हुन्थ्यो, त्यही पनि उनी राम्रै मेहनत गर्ने विद्यार्थीमै पर्थे किन भने सानोमै लामा पढ्न गएका रहेछन् तेति खेरै अङ्ग्रेजी सिकेका रहेछन् । ९ कक्षामा पढ्दै गर्दा उनलाई कता कताबाट गाउँमा फिल्मको सुटिङ अएर कलाकारको अफर आयो मौकामा चौका भने झै फिल्मा साधारण कलाकारबाट यात्रा शुरु भयो ।

बिस्तारै दावा फिन्जो तामाङ लगातार चलचित्र यात्रामा लाग्नु भयो । तामाङ फिल्म गोदेवादेखि यात्र गरेको यात्रामा निरन्तरता दिए कै कारण होला दावा फिन्जो तामाङ कलाकार भुमिकाबाट नायकको भुमिकामा प्रस्ताव बड्न थाल्यो र केवा धिम नाम टुहुरा ल ल्हुई तिङ ल जो लगायत दर्जनौं तामाङ फिल्ममा मुख्य पात्रमा देख्न थाल्यो । यति मत्रै हैन उनी अहिले दुई दुई वाट कलाकारहरुको संघ तामाङ चलचित्र संघ र राष्ट्रिय संगीतकर्मी संघ बागमती प्रदेशका अध्यक्ष समेत भएका छन् भने नेपाली फिल्म मङ्गोलियन हर्ट राम साईली अभियन यो मन धर्म जस्तो ठूलो पर्दामा समेत मुख्य पात्रको रुपमा अभिनय गरेको भेटिन्छ । दावा फिन्जो को यात्र त्यतीमा सिमित रहेन उनको अहिले नेपाल र अमेरिकामा समेत व्यावसाय छ। काठमाडौ मात्रै २२ धारा फुड हाउस रेस्टुरेन्ट, नुपेरा मल्ट्री प्रपोज कम्पनी ,डाउन ज्याकेट फेक्ट्री,श्यामु फेन्सी सप गरेर थुप्रै व्यावसायको संचालक पनि हुन् । उनी समाजमा कोहि कसैलाई दुख परेको थाहा पायो भने मन देखि सकेको सहयोगमा पनि अग्रसर रहेको पाइन्छ । अहिले उनी ब्यापार व्यावसाय र समाज सेवा साथै संघ सन्स्थामै ब्यस्त छन । भविस्यमा चलचित्र बनाउने र राम्रो फल दिने फिल्म बनाउनेतर्फ उनी छन्् ।
ताजा
आजदेखि फिफा विश्वकप–२०२६ः उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने
२०८३ जेष्ठ २८ गते, बिहीबार
आजदेखि फिफा विश्वकप–२०२६ः उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने
२०८३ जेष्ठ २८ गते, बिहीबार
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
२०८३ जेष्ठ २८ गते, बिहीबार
‘बसौँ हजुर’ मा सेजल र जोन्दिरको रोमान्टिक अवतार
२०८३ जेष्ठ २८ गते, बिहीबार
संगीत रोयल्टी संकलन समाज नेपालद्वारा रोयल्टी वितरण
२०८३ जेष्ठ २८ गते, बिहीबार
सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो
२०८३ जेष्ठ २६ गते, मंगलवार
गृहमन्त्रीमा पुनः सुधन गुरुङ, आजै शपथ
२०८३ जेष्ठ २६ गते, मंगलवार
बुधबारसम्म प्रतिनिधि सभा बैठक स्थगित
२०८३ जेष्ठ २६ गते, मंगलवार
महावीर पुन मन्त्री बन्दै
२०८३ जेष्ठ २६ गते, मंगलवार
मध्यरातमा फेसबुकमार्फत प्रधानमन्त्रीको व्यंग्यः ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर दिनुस् न’
२०८३ जेष्ठ २४ गते, आईतवार
हामी र हाम्रो कृति समाजको २५औँ कृति मीरा न्यौपाने गजुरेलको मुक्तकसङ्ग्रह ‘मधुरिमा’ सार्वजनिक
२०८३ जेष्ठ २४ गते, आईतवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





