जनतामा सरकारप्रति विश्वासको वातावरण सिर्जना भएको छः गृहमन्त्री लेखक

२०८१ भाद्र ७ गते, शुक्रबार

जनकपुर। गृहमन्त्री रमेश लेखकले दुई ठूला दल एकठाउँमा आएर सरकार निर्माण गर्दा मुलुकमा व्याप्त समस्या समाधान गर्न सहज हुने बताएका छन्। यसले नेपाली जनतामा सरकारप्रति विश्वासको वातावरणको सिर्जना भएको बताए।

शुक्रबार बिहान जिल्ला प्रशासन कार्यालय धनुषाको भवनको शिलान्यास गर्दै गृहमन्त्री लेखकले दुई ठूलाको समीकरणबाट निर्माण भएको यो सरकारले मुलुकको आत्मविश्वास मात्रै नभई जटिल समस्या समाधान गर्न समेत सघाएको दावी गरे।

१८ वर्षदेखि संक्रमणकालीन न्याय सम्बन्धि विषय निश्कर्षमा पुग्न सकिरहेको थिएन तर दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले एकठाउँमा उभिँदा संक्रमणकालीन न्याय सम्बन्धि विषय निश्कर्षमा पुर्याउन सफल भएको बताए। यसले जटिल समस्या समाधान मात्रै गरेको छैन मुलुकमा राजनीतिक स्थायित्व समेत प्रदान गरेको उनको भनाइ थियो।

गृहमन्त्री लेखकले कांग्रेस र एमाले एकठाउँमा आएर महज सरकार निर्माणका लागि मात्रै नभई देशमा राजनीतिक स्थायित्व प्रदान गर्नुका साथै मुलुकमा व्याप्त समस्याहरुलाई समाधान गर्ने अभिप्रायले यो समिकरणको निर्माण गरिएको बताए।

उनले भने, ‘केही दिनमै समीकरण बन्ने र भत्किने हुँदा देशले राजनीतिक रुपमा स्थायित्व पाएन, यसले प्रत्यक्ष सेवा प्रवाहलाई समेत प्रभावित गर्यो।’ अगाडि भने, ‘अहिले निर्माण गरिएको नयाँ समिकरण मुलुकका लागि निर्विकल्प छ, यो समिकरण निश्कर्षमा नपुगेसम्म यसको विकल्प खोज्नु उचित हुने छैन।’

148 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal