‘आँखा’को टिजर सार्वजनिक, फिल्म असोज ११ गतेबाट प्रदर्शन
काठमाडौं । फरक कथावस्तुमा तयार भएको नेपाली चलचित्र ‘आँखा’को टिजर सार्वजनिक भएको छ । टिजरले काठमाडौंको बागमती नदी किनारको सुकुम्वासी बस्तीको दयनीय अवस्था र यसलाई सरकारले हेर्ने दृष्टिकोणलाई मार्मिक ढंगले चित्रण गरेको छ ।
केही समयअघि काठमाडौंका विभिन्न नदी किनारमा टहरो बनाएर बसोबास गर्दै आएका सुकुम्बासीहरुको संरचनालाई महानगरले बलपूर्वक हटाउन प्रयास गर्दा उत्पन्न झडप र आन्दोलनको स्मरण टिजरले गराउँछ । वर्षौंदेखि सरकारका लागि टाउको दुखाइको विषय बनेको सुकुम्बासी व्यवस्थापनको मुद्दालाई फिल्मले उठाएको छ । टिजरले फिल्मको दृश्यभाषा बलियो रहेको छनक दिन्छ । टिजरको अन्त्यमा एउटा संवाद राखिएको छ, यिनीहरुले गर्दा यो सहर गन्हाइसक्यो ।’
निर्देशक जोन योन्जनले यसको कथा, पटकथा लेखन र निर्देशन आफैं गरेका छन् । निर्देशक योञ्जनले काठमाडौं महानगरका प्रमुख बालेन शाहले खेपिरहेको यतिबेला ज्वलन्त मुद्दालाई फिल्मको कथावस्तु बनाएका छन् ।
टिजरमा चलचित्रका सबै प्रमुख कलाकारलाई परिचय गराइएको छ चलचित्रमा स्मिता लामिछाने, आरके मेहता, निशा अधिकारी, बुद्धि तामाङ, विजय बराल, सरोज खनाल लगायतका कलाकारहरूको अभिनय रहेको छ । चलचित्रमा मुख्य भुमिकामा स्मिता लामिछाने र आर के मेहता देखिन्छन् । लामिछानेले यसअघि बाह्र सत्ताईस, म राजेश हमाल लगायतका थुप्रै चलचित्रहरुमा अभिनय गरिसकेकी छिन् भने आर के मेहता यसै चलचित्रमार्फत् डेब्यु गर्दैछन् । उनले यो चलचित्रको लागि १५ किलो वजन घटाएका थिए ।
रंगमञ्चमा लामो समय सक्रिय मेहताले शिल्पी थिएटरमा जेसिमो बेटा भर्सन, कोमा, माझिपा लाखे, नारी, के लाग्यो हाल्का ले, एल्लो कमेडी जस्ता थुप्रै नाटकहरु गरेका थिए । उनी ’हारजित’ ‘वीच’, ‘जिउँदो आकाश’ नाटकका अभिनेता तथा निर्देशक पनि हुन् । उनले इटालीमा एकडेमिया डेल् आर्ते मा फिजिकल थिएटरको डिप्लोमा गरेर त्यही प्रशिक्षण पनि दिएका थिए । इटालीमा पनि उनले धेरै प्रदर्शनहरू गर्नुका साथै नेपालको मण्डला थिएटर, कान्तिपुर फिल्म एकेडेमी, एनएफडीसी, पिफिटमा पनि ओकर्सप दिएका थिए ।
ढाका टोपी फिल्म्स, कार्यक्रम नेपाल, साइलेन्ट एक्ट र ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा यो चलचित्र निर्माण गरिएको हो । सम्पादन कृष्ण भण्डारीले गरेका छन् भने छायाङ्कन आलोक शुक्लाको रहेको छ । आरआर फिल्म्सले यसको वितरण गर्दैछ । पब्लिसिटी डिजाइन रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट)ले गरेका छन् । यो फिल्म असोज ११ गतेबाट प्रदर्शन हुँदैछ ।
ताजा
शैक्षिक परामर्श सेवा नियमनावली २०८३ स्वागतयोग्य, तर नियन्त्रणमुखी व्यवस्था स्वीकार्य नहुने व्यवसायीहरुको माग
२०८३ श्रावण ११ गते, सोमबार
शैक्षिक परामर्श सेवा नियमनावली २०८३ स्वागतयोग्य, तर नियन्त्रणमुखी व्यवस्था स्वीकार्य नहुने व्यवसायीहरुको माग
२०८३ श्रावण ११ गते, सोमबार
नागढुंगा–सिस्नेखोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदै
२०८३ श्रावण ११ गते, सोमबार
झडप र तनावपछि सुनसरीमा अनिश्चितकालीन कर्फ्यु
२०८३ श्रावण ११ गते, सोमबार
बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक
२०८३ श्रावण ११ गते, सोमबार
मःमभित्र कपाल, कारवाही होला त ?
२०८३ श्रावण ११ गते, सोमबार
Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न
२०८३ श्रावण ६ गते, बुधबार
एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट
२०८३ श्रावण ४ गते, सोमबार
अर्जेन्टिनालाई स्तब्ध पार्दै १६ वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि
२०८३ श्रावण ४ गते, सोमबार
मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला
२०८३ श्रावण २ गते, शनिबार
आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
२०८३ श्रावण २ गते, शनिबारलोकप्रिय
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





