रवि लामिछानेलाई अपराधी प्रमाणित गर्न सक्छुः मुकुल ढकाल

२०८१ भाद्र ७ गते, शुक्रबार

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पुर्व महामन्त्री डा. मुकुल ढकालले सभापति रवि लामिछानेलाई राहदानी प्रकरणमा कहिल्लै चुनाव लड्न नपाउने गरि जेल जान सक्ने बताएका छन्।

रास्वपाले सोधेको स्पष्टीकरणको जवाफ लेख्दै ढकालले रवि लामिछानेलाई सहकारीमा ठगी गरेको, मन्त्री हुँदा भ्रष्ट्राचार गरेको र राहदानी दुरुपयोग गरेको एक अपराधी हो भनेर म प्रमाणित गर्न सक्ने दाबि गरेका छन्।

उनले पत्रमा भनेका छन्

उपरोक्त सम्बन्धमा मलाई “पुनः स्पष्टीकरण पेश गर्ने बारे” विषयमा प।सं। ०८१,८२ च।नं। ०५७ मिति २०८१,०५र०५ गते कविन्द्र बुर्लाकोटी हस्ताक्षरित पत्र प्राप्त भएकोमा मैले मिति २०८१,०४र२८ मा तपाईँ रवि लामिछाने, पार्टी सभापतिलाई सम्बोधन गरी ममाथि गरिएको भनिएको कारबाहीको कागजात प्रमाणहरूको प्रमाणित प्रतिलिपि उपलब्ध गरिपाऊँ भनी लेखिएको पत्र पार्टी कार्यालयमा दर्ता नगरी उल्टै स्पष्टीकरणको पत्र पठाउनु भयो ।

साथै मिति २०८१,०४,३१ गते तपाईँ रवि लामिछानेलाई सम्बोधन गरी मैले मलाई गरिएको भनिएको कारबाहीको कागजात प्रमाणहरूको प्रतिलिपि माग गरिएको मिति २०८१,०४,२८ मा लेखिएको पत्रका बारेमा स्मरण गराएको थिएँ ।

मेरो माग बमोजिम प्रमाणहरूको प्रतिलिपि माग गरिएको पत्र दर्ता गरी सो बमोजिम कागजात उपलब्ध गराउनको सट्टा यसरी फेरी स्पष्टीकरण सोध्नाले तपाईँले पार्टीमा विधि विधान विपरीत, थितिरहित हैकमे निरङ्कुश शासन चलाइरहेको स्पष्ट हुन्छ । मेरो माग बमोजिम कागजात उपलब्ध गराउनु हुन पुनः अनुरोध गर्दछु ।

मैले प।सं। ०८१,८२ च.नं. ०५७ मिति २०८१,०५,०५ को पत्रमा भनिए अनुसार पार्टीको विधान र आचारसंहिता विपरीत कार्य गरेको छैन । बरु पार्टी जोगाउन म लडिरहेको छु । आज पार्टीलाई तपाईँ रवि लामिछानेको निरङ्कुशता, व्यक्ति केन्द्रित व्यवहार र सोचबाट जोगाउन लागिपरेको छु ।

तपाईँ उपर सत्य र प्रमाणका आधारमा प्रश्न उठाउनु पार्टी विरुद्ध लाग्नु होइन । प्रश्नका माध्यमबाट पार्टी शुद्धीकरण गर्न पाउने नेपालको संविधानले नै दिएको मेरो लोकतान्त्रिक र राजनीतिक अधिकार हो । तपाईँ रवि लामिछानेले सहकारीमा ठगी गर्नु भएको छ, तपाईँले मन्त्री हुँदा भ्रष्ट्राचार गर्नु भएको छ र तपाईँ राहदानी दुरुपयोग गरेको एक अपराधी हो भनेर म प्रमाणित गर्न सक्छु ।

सहकारी मुद्दामा तपाईँ ६(८ वर्ष वा त्योभन्दा बढी जेल जान सक्नुहुन्छ, भ्रष्ट्राचार मुद्दामा पनि जेल जान सक्नुहुन्छ । राहदानी दुरुपयोगमा तपाईँ कहिले निर्वाचनमा भाग लिन पाउनु हुन्न । यी सँगै अन्य धेरै ठाउँमा किर्ते , ठगीमा संलग्न हुनुहुन्छ । आफू ठगी, भ्रष्ट्राचारी र राहदानी दुरुपयोगको अपराधी होइन भनेर प्रमाणित गर्नुको सट्टा तपाईँ दुराशयका साथ ममाथि कारबाहीको प्रयास गर्दै हुनुहुन्छ ।

आम पार्टी सदस्य एवं नेतागणका राजनीतिक भविष्यलाई तपाईँले कसरी आफ्नो निहित स्वार्थका लागी प्रयोग गरिरहनु भएको छ, म त छर्लङ्गै छु र पार्टीमा तपाईँले गरेको कुकर्मको पर्दाफास गर्नु पार्टीको संस्थापकको हैसियतले मेरो कर्तव्य हो ।

आफ्नो वाक कलाको आधारमा जनतालाई भ्रमित पार्दै हुनुहुन्छ, र प्रश्न गर्नेलाई कारबाहीको डन्डा चलाउने दुस्साहस गर्दै हुनुहुन्छ । यसले नेपाली माटोमा नै लोकतन्त्रमाथि खतरा उत्पन्न भएको छ । आज पार्टी जोगाउनकै लागि म बोल्दै गर्दा कारबाही गर्ने प्रयास जुन गर्नुहुँदै छ, यसको परिणाम स्वरूप पार्टीमा कसैले बोल्ने हिम्मत गर्ने छैनन् ।

हामीले पार्टी स्थापना गर्दा लोकतान्त्रिक पार्टीको परिकल्पना गरेका थियौ तर २ वर्ष नबित्दै पार्टीको लोकतन्त्र शब्दमा मात्र सीमित भएको छ । तर नेपाली जनताले पटक पटक बलिदानी र त्याग गरेर ल्याएको लोकतन्त्र तपाईँको निरङ्कुशतासँग हार्दैन ।

सिंहको मुटु छ भनेर भाषण गर्नुभयो तर फिस्टो चराको जत्रो पनि मुटु देखिएन । उल्टै भ्रष्ट्राचारमा लिप्त हुनु भयो । तपाईँजस्तो ठग, भ्रष्ट र अपराधीको पन्जाबाट पार्टीलाई मुक्त गराउन लड्नु, पार्टीको हितमा हो, पार्टी विपरीत होइन । यसरी म पार्टी र जनताको हितका लागि लडिरहँदा पार्टीबाट साधारण सदस्य समेत नरहने गरी कारबाहीको प्रयास गर्नु भनेको लोकतन्त्रमाथि नै हमला गर्नु सरह हुनेछ । पार्टी विपरीत म होइन तपाईँ लाग्नु भएको छ ।

पार्टीलाई स्वार्थको झुन्डबाट बचाउन मैले केही कदमहरू चालेकै हो, त्यो कदमलाई तपाईँले पार्टीको हित विपरीत भन्नु सरासर गलत हो । किनकि मैले उल्लेख गरेका सबै कुरा म प्रमाणित गर्न सक्छु । पार्टीको प्रस्तावनामा नै रास्वपा बहुलवादी लोकतान्त्रिक पार्टी रहेको उल्लेख छ ।

अध्ययन गर्ने बानी त तपाईँमा छैन, तर पनि बहुलवादी लोकतान्त्रिक पार्टी भनेको के हो, विश्वव्यापी मान्यता के छन्, अध्ययन गर्नुहोस् । नेपालको संविधानले नेपाललाई बहुदलीय लोकतान्त्रिक व्यवस्था भएको देशको रूपमा चित्रण गरेको छ, र संविधानले नै पार्टीहरू लोकतान्त्रिक हुन पर्ने उल्लेख गरेको छ । प्रश्न सोध्दैमा कारबाही गर्न न संविधानले दिन्छ, न देशको नियम कानुनले । तपाईँले चाहेर पनि लोकतन्त्रमाथि प्रहार गर्न सक्नुहुन्न ।

बहुमततन्त्र र लोकतन्त्रमा फरक छ , र मैले नेपालको संविधान, पार्टीको विधानले दिएको लोकतान्त्रिक एवं राजनीतिक अधिकार उपभोग गरेर तपाईँलाई प्रश्न गरेको हुँ र यसले पार्टीको विधान, आचारसंहिता केही पनि उल्लङ्घन गर्दैन । यसलाई विषयान्तरको रूपमा नबुझियोस् , यो त तपाईँ जस्तो ठग, भ्रष्ट र अपराधीको पन्जाबाट पार्टीलाई जोगाउन गरिएको लडाइँ हो ।

यसर्थ ममाथिको गरिएको भनिएको र गरिने भनिएको कारबाही पार्टीको विधान, नियमावली, कार्यविधि, पार्टी केन्द्रीय समितिको विगतको निणर्य बर्खिलाप छ, साथै नेपालको संविधान र विश्वव्यापिरूपमा स्थापित लोकतान्त्रिक मूल्य मान्यता विपरीत छन् ।

25 Views

ताजा

लामिछानेलाई थुनामा पठाउने उच्चको आदेशमा सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन

२०८१ चैत्र ३१ गते, आईतवार

लामिछानेलाई थुनामा पठाउने उच्चको आदेशमा सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन

२०८१ चैत्र ३१ गते, आईतवार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

कवि-कलाकार नरेन्द्रबहादुर श्रेष्ठको अभिनन्दन

२०८१ चैत्र ३० गते, शनिबार

फेवा महोत्सव आजदेखि

२०८१ चैत्र ३० गते, शनिबार

वरिष्ठ गायिका देविका बन्दनालाई आईएनसीद्वारा सम्मान

२०८१ चैत्र ३० गते, शनिबार

गोलन्जोरको दोस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता वडा नं ७ खुर्कोटले जित्यो

२०८१ चैत्र ३० गते, शनिबार

टेलिश्रृखला ‘रहरहरु’ को प्रोमो सार्वजनिक

२०८१ चैत्र ३० गते, शनिबार

रवि लामिछानेलाई कारागार चलान गर्ने आदेशको बदर माग गर्दै निकिता पुगिन् सर्वोच्च अदालत

२०८१ चैत्र २९ गते, शुक्रबार

एमाले सिध्याउँछु भन्नेहरू सफल भएनन् : प्रधानमन्त्री ओली

२०८१ चैत्र २९ गते, शुक्रबार

असिना पानीका कारण भारतमा २५ जनाको मृत्यु

२०८१ चैत्र २९ गते, शुक्रबार

लोकप्रिय

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal