जनतामा सरकारप्रति विश्वासको वातावरण सिर्जना भएको छः गृहमन्त्री लेखक
जनकपुर। गृहमन्त्री रमेश लेखकले दुई ठूला दल एकठाउँमा आएर सरकार निर्माण गर्दा मुलुकमा व्याप्त समस्या समाधान गर्न सहज हुने बताएका छन्। यसले नेपाली जनतामा सरकारप्रति विश्वासको वातावरणको सिर्जना भएको बताए।
शुक्रबार बिहान जिल्ला प्रशासन कार्यालय धनुषाको भवनको शिलान्यास गर्दै गृहमन्त्री लेखकले दुई ठूलाको समीकरणबाट निर्माण भएको यो सरकारले मुलुकको आत्मविश्वास मात्रै नभई जटिल समस्या समाधान गर्न समेत सघाएको दावी गरे।
१८ वर्षदेखि संक्रमणकालीन न्याय सम्बन्धि विषय निश्कर्षमा पुग्न सकिरहेको थिएन तर दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले एकठाउँमा उभिँदा संक्रमणकालीन न्याय सम्बन्धि विषय निश्कर्षमा पुर्याउन सफल भएको बताए। यसले जटिल समस्या समाधान मात्रै गरेको छैन मुलुकमा राजनीतिक स्थायित्व समेत प्रदान गरेको उनको भनाइ थियो।
गृहमन्त्री लेखकले कांग्रेस र एमाले एकठाउँमा आएर महज सरकार निर्माणका लागि मात्रै नभई देशमा राजनीतिक स्थायित्व प्रदान गर्नुका साथै मुलुकमा व्याप्त समस्याहरुलाई समाधान गर्ने अभिप्रायले यो समिकरणको निर्माण गरिएको बताए।
उनले भने, ‘केही दिनमै समीकरण बन्ने र भत्किने हुँदा देशले राजनीतिक रुपमा स्थायित्व पाएन, यसले प्रत्यक्ष सेवा प्रवाहलाई समेत प्रभावित गर्यो।’ अगाडि भने, ‘अहिले निर्माण गरिएको नयाँ समिकरण मुलुकका लागि निर्विकल्प छ, यो समिकरण निश्कर्षमा नपुगेसम्म यसको विकल्प खोज्नु उचित हुने छैन।’
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





