‘मिस नेपाल २०२४’ का लागि आवेदन खुला

२०८० चैत्र १४ गते, बुधबार

काठमाडौँ । ‘मिस नेपाल २०२४’का लागि आवेदन खुला भएको छ । बुधबार होटल हिमालयनमा एक कार्यक्रमका बिच नयाँ संस्करण घोषणा गरिएको हो ।

आवेदन दिने अन्तिम मिति नयाँ वर्षको जेठ १ गतेसम्म रहेको आयोजक द हिडन ट्रेजरले जानकारी दियो । आयोजकका अनुसार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा साउन १९ गते फाइनल आयोजना हुनेछ ।

५ फिट ३ इन्च उचाइ भएका तथा १८ देखि २७ वर्ष उमेर समूहका अविवाहित नेपाली नागरिक युवतीले सहभागीका लागि आवेदन दिन सक्नेछन् ।

यस वर्ष पनि प्रतियोगितामा ‘मिस नेपाल वर्ल्ड’, ‘मिस नेपाल अर्थ’ र ‘मिस नेपाल इन्टरनेसनल’तीन विजेता छानिनेछ । पोखरा, बिर्तामोड, इटहरी, वीरगञ्ज, चितवन, भैरहवा, नेपालगञ्ज, सुर्खेत र काठमाडौंमा छनौट चरणको अडिसन हुनेछ ।

कार्यक्रममा यसैवर्षदेखि हिडन ट्रेजरले पुरुष सौन्दर्य प्रतियोगिता पनि आयोजनाको जानकारी दियो । संस्थाका प्रबन्ध निर्देशक प्रमोद कंसाकारले चाँडै यसबारे विस्तृत जानकारी दिइने जनाए ।

167 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

‘ईयुमा डट कम’ले बुधबारदेखि आफ्नो औपचारिक सेवा सञ्चालनमा

२०८३ श्रावण २० गते, बुधबार

हलमा छैन ‘गौँथली’को टिकट

२०८३ श्रावण १९ गते, मंगलवार

‘आइतबारको अफिस’ को परिचर्चा सम्पन्न

२०८३ श्रावण १९ गते, मंगलवार

अर्जुन चन्द्रको ‘संवेदनाका प्रतिध्वनि’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ श्रावण १९ गते, मंगलवार

‘दुर्गा’ निर्माण गर्दै सम्राट

२०८३ श्रावण १८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक

२०८३ श्रावण १८ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal