सहकारी ठगीमा मेरो नाम छैन : गृहमन्त्री लामिछाने

२०८० चैत्र १४ गते, बुधबार

काठमाडौँ । ‘सूर्यदर्शन सहकारी ठगी मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगीमा आफ्नो नाम मात्रै भएको बताएका छन् ।

संसदीय समिति अन्तर्गत बुधबार राज्य व्यवस्था समितिको बैठकमा सम्बोधन गर्ने क्रममा उनले यस्तो कुरा बताएका हुन् । नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडुले सहकारी प्रकरणमा मुछिएका गृहमन्त्रीले राजीनामा दिनुपर्ने समितिमा आवाज उठाएपछि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री लामिछानले सहकारी ठगीमा आफ्नो नाम मात्रै भएको तर्क गरेका हुन्।

लामिछानेले भने, ‘सहकारी ठगीमा मेरो नाम मात्रै छ,म माथि अनुसन्धान भएको छैन । उक्त प्रकरणसम्बन्धी बयानमा कसैले पनि मेरो नाम लिएको छैन र म विरुद्ध मुद्धा पनि परेको छैन।’

बैठकमा समिति सदस्य काँग्रेस सांसद बडुले सहकारी प्रकरणको निष्पक्ष छानबिनको अवधिभर गृहमन्त्री लामिछाने पदबाहिर बस्नुपर्ने जिकिर गरेका थिए।

150 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

‘ईयुमा डट कम’ले बुधबारदेखि आफ्नो औपचारिक सेवा सञ्चालनमा

२०८३ श्रावण २० गते, बुधबार

हलमा छैन ‘गौँथली’को टिकट

२०८३ श्रावण १९ गते, मंगलवार

‘आइतबारको अफिस’ को परिचर्चा सम्पन्न

२०८३ श्रावण १९ गते, मंगलवार

अर्जुन चन्द्रको ‘संवेदनाका प्रतिध्वनि’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ श्रावण १९ गते, मंगलवार

‘दुर्गा’ निर्माण गर्दै सम्राट

२०८३ श्रावण १८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक

२०८३ श्रावण १८ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal