प्रचण्डले माधवलाई प्रधानमन्त्री दिए पनि संविधानले नदिने

२०८० माघ २१ गते, आईतवार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राजनीतिमा नैतिकता र इमानदारितामा विश्वास राख्ने नेतामा पर्छन् । उनले यसअघि पनि सत्ता साझेदारसँग भएको भद्र सहमति अनुसार सरकार छोडिदिएपछि उनलाई यस ढंगले हेरिएको हो । त्यसअघि ‘भद्र सहमति’ गरेका एमाले नेता केपी शर्मा ओलीले भनें सरकार छोड्ने बेलामा प्रचण्डसँग निकै ठूलो लडाई लडेका थिए ।

राजनीतिमा तत्कालको स्वार्थ पूरा गर्नका लागि केही शीर्ष नेताले भद्र सहमति गर्ने गर्छन् । भोलिका दिनमा आफूलाई र अरुलाई पनि फाइदा हुने ढंगले गरिने ‘भद्र सहमति’ अन्तिम अवस्थामा आएर लागू नहुने गरेको पनि छ । ओलीले नेकपा हुँदा प्रचण्डसँग आलोपालो सरकारको नेतृत्व गर्ने सहमति गरेका भए पनि अन्तिममा आएर ओलीले सरकार नछोड्ने भनेपछि उनीहरुबीच आन्तरिक विवाद हुँदै नेकपासमेत विभाजन भएको थियो । अहिलेको सत्ता गठबन्धनको सरकारले पनि प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच यो सरकार निर्माण हुने बेलामा गोप्य रुपमा ‘भद्र सहमति’ भएको भनिएको छ । सहमति के भएको हो भन्ने बाहिर नआए पनि समाचारस्रोतले भनें प्रचण्डले दुई वर्ष, नेपालले एक वर्ष र चुनाव गराउने बेलामा अन्तिम समयमा देउवा प्रधानमन्त्री हुने भन्ने सहमति भएको जानकारी दिएको छ । प्रचण्ड संविधानको धारा ७६ को उपधारा (२) अनुसार प्रधानमन्त्री भएका हुन् । उनको सरकार कुनै कारणले ढलेको खण्डमा संविधानको धारा ७६ को उपधारा (३) ले संसदमा रहेको ठूलो दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने भन्ने व्यवस्था छ, संसदमा रहेको ठूलो दल कांग्रेस हो त्यसैले पनि नेपालले प्रधानमन्त्री हुने अवसर पाउने सम्भावना यतिबेला रहँदैन ।

दलहरुबीच सहमति भए पनि संविधानका कारण नेपाल प्रचण्डले सरकार छोडे पनि सजिलै प्रधानमन्त्री बन्न पाउने छैनन् । प्रचण्ड र देउवाले हाम्रो सहमति भएको हो भनेर भने पनि नेपालले प्रधानमन्त्री पाउने सम्भावना छैन । नेपाल नेतृत्वको पार्टीबाट प्रतिनिधिसभामा १० जनामात्र सांसद रहेका छन् ।

दलहरुबीच यस्तो सहमति भएको नै भनिए पनि संविधान नेपालको लागि प्रधानमन्त्री बन्न बाधक बनेको छ । प्रधानमन्त्रीले प्रधानमन्त्रीको सपथ गरेको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ ।

145 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न

२०८३ कार्तिक १५ गते, आईतवार

पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न

२०८३ कार्तिक १५ गते, आईतवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक १० गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal