प्रचण्डले माधवलाई प्रधानमन्त्री दिए पनि संविधानले नदिने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राजनीतिमा नैतिकता र इमानदारितामा विश्वास राख्ने नेतामा पर्छन् । उनले यसअघि पनि सत्ता साझेदारसँग भएको भद्र सहमति अनुसार सरकार छोडिदिएपछि उनलाई यस ढंगले हेरिएको हो । त्यसअघि ‘भद्र सहमति’ गरेका एमाले नेता केपी शर्मा ओलीले भनें सरकार छोड्ने बेलामा प्रचण्डसँग निकै ठूलो लडाई लडेका थिए ।
राजनीतिमा तत्कालको स्वार्थ पूरा गर्नका लागि केही शीर्ष नेताले भद्र सहमति गर्ने गर्छन् । भोलिका दिनमा आफूलाई र अरुलाई पनि फाइदा हुने ढंगले गरिने ‘भद्र सहमति’ अन्तिम अवस्थामा आएर लागू नहुने गरेको पनि छ । ओलीले नेकपा हुँदा प्रचण्डसँग आलोपालो सरकारको नेतृत्व गर्ने सहमति गरेका भए पनि अन्तिममा आएर ओलीले सरकार नछोड्ने भनेपछि उनीहरुबीच आन्तरिक विवाद हुँदै नेकपासमेत विभाजन भएको थियो । अहिलेको सत्ता गठबन्धनको सरकारले पनि प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच यो सरकार निर्माण हुने बेलामा गोप्य रुपमा ‘भद्र सहमति’ भएको भनिएको छ । सहमति के भएको हो भन्ने बाहिर नआए पनि समाचारस्रोतले भनें प्रचण्डले दुई वर्ष, नेपालले एक वर्ष र चुनाव गराउने बेलामा अन्तिम समयमा देउवा प्रधानमन्त्री हुने भन्ने सहमति भएको जानकारी दिएको छ । प्रचण्ड संविधानको धारा ७६ को उपधारा (२) अनुसार प्रधानमन्त्री भएका हुन् । उनको सरकार कुनै कारणले ढलेको खण्डमा संविधानको धारा ७६ को उपधारा (३) ले संसदमा रहेको ठूलो दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने भन्ने व्यवस्था छ, संसदमा रहेको ठूलो दल कांग्रेस हो त्यसैले पनि नेपालले प्रधानमन्त्री हुने अवसर पाउने सम्भावना यतिबेला रहँदैन ।
दलहरुबीच सहमति भए पनि संविधानका कारण नेपाल प्रचण्डले सरकार छोडे पनि सजिलै प्रधानमन्त्री बन्न पाउने छैनन् । प्रचण्ड र देउवाले हाम्रो सहमति भएको हो भनेर भने पनि नेपालले प्रधानमन्त्री पाउने सम्भावना छैन । नेपाल नेतृत्वको पार्टीबाट प्रतिनिधिसभामा १० जनामात्र सांसद रहेका छन् ।
दलहरुबीच यस्तो सहमति भएको नै भनिए पनि संविधान नेपालको लागि प्रधानमन्त्री बन्न बाधक बनेको छ । प्रधानमन्त्रीले प्रधानमन्त्रीको सपथ गरेको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ ।
ताजा
Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न
२०८३ श्रावण ६ गते, बुधबार
Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न
२०८३ श्रावण ६ गते, बुधबार
एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट
२०८३ श्रावण ४ गते, सोमबार
अर्जेन्टिनालाई स्तब्ध पार्दै १६ वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि
२०८३ श्रावण ४ गते, सोमबार
मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला
२०८३ श्रावण २ गते, शनिबार
आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
२०८३ श्रावण २ गते, शनिबार
डडेल्धुरामा जिप दुर्घटना, २ जनाको मृत्यु, ३ जना घाइते
२०८३ श्रावण २ गते, शनिबार
कमैया मुक्तिको २६ वर्ष: समस्या जहाँको त्यहीँ,पुर्जा छ, श्रेस्ता छैन
२०८३ श्रावण २ गते, शनिबार
सवारीचालक अनुमतिपत्रको राजस्व अबदेखि अनलाइनबाटै तिर्न सकिने
२०८३ असार ३२ गते, बिहीबार
नेपाल मेडिकल कलेजका विएस्सी नर्सिङ विद्यार्थीहरूलाई ‘सिमुलेसन अन ट्रायेज म्यानेजमेन्ट’ प्रशिक्षण
२०८३ असार ३२ गते, बिहीबार
ध्रुवे हात्तीलाई नयाँ रेडियो कलर जडान, ६ इन्च दाह्रा काटियो
२०८३ असार ३२ गते, बिहीबारलोकप्रिय
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





