प्रचण्डले माधवलाई प्रधानमन्त्री दिए पनि संविधानले नदिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राजनीतिमा नैतिकता र इमानदारितामा विश्वास राख्ने नेतामा पर्छन् । उनले यसअघि पनि सत्ता साझेदारसँग भएको भद्र सहमति अनुसार सरकार छोडिदिएपछि उनलाई यस ढंगले हेरिएको हो । त्यसअघि ‘भद्र सहमति’ गरेका एमाले नेता केपी शर्मा ओलीले भनें सरकार छोड्ने बेलामा प्रचण्डसँग निकै ठूलो लडाई लडेका थिए ।
राजनीतिमा तत्कालको स्वार्थ पूरा गर्नका लागि केही शीर्ष नेताले भद्र सहमति गर्ने गर्छन् । भोलिका दिनमा आफूलाई र अरुलाई पनि फाइदा हुने ढंगले गरिने ‘भद्र सहमति’ अन्तिम अवस्थामा आएर लागू नहुने गरेको पनि छ । ओलीले नेकपा हुँदा प्रचण्डसँग आलोपालो सरकारको नेतृत्व गर्ने सहमति गरेका भए पनि अन्तिममा आएर ओलीले सरकार नछोड्ने भनेपछि उनीहरुबीच आन्तरिक विवाद हुँदै नेकपासमेत विभाजन भएको थियो । अहिलेको सत्ता गठबन्धनको सरकारले पनि प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच यो सरकार निर्माण हुने बेलामा गोप्य रुपमा ‘भद्र सहमति’ भएको भनिएको छ । सहमति के भएको हो भन्ने बाहिर नआए पनि समाचारस्रोतले भनें प्रचण्डले दुई वर्ष, नेपालले एक वर्ष र चुनाव गराउने बेलामा अन्तिम समयमा देउवा प्रधानमन्त्री हुने भन्ने सहमति भएको जानकारी दिएको छ । प्रचण्ड संविधानको धारा ७६ को उपधारा (२) अनुसार प्रधानमन्त्री भएका हुन् । उनको सरकार कुनै कारणले ढलेको खण्डमा संविधानको धारा ७६ को उपधारा (३) ले संसदमा रहेको ठूलो दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने भन्ने व्यवस्था छ, संसदमा रहेको ठूलो दल कांग्रेस हो त्यसैले पनि नेपालले प्रधानमन्त्री हुने अवसर पाउने सम्भावना यतिबेला रहँदैन ।
दलहरुबीच सहमति भए पनि संविधानका कारण नेपाल प्रचण्डले सरकार छोडे पनि सजिलै प्रधानमन्त्री बन्न पाउने छैनन् । प्रचण्ड र देउवाले हाम्रो सहमति भएको हो भनेर भने पनि नेपालले प्रधानमन्त्री पाउने सम्भावना छैन । नेपाल नेतृत्वको पार्टीबाट प्रतिनिधिसभामा १० जनामात्र सांसद रहेका छन् ।
दलहरुबीच यस्तो सहमति भएको नै भनिए पनि संविधान नेपालको लागि प्रधानमन्त्री बन्न बाधक बनेको छ । प्रधानमन्त्रीले प्रधानमन्त्रीको सपथ गरेको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ ।
ताजा

वरिष्ठ सईको तलब समायोजन गर्न सरकारलाई सर्वोच्च अदालतको ताकेता
२०८१ फाल्गुन २८ गते, बुधबार
वरिष्ठ सईको तलब समायोजन गर्न सरकारलाई सर्वोच्च अदालतको ताकेता
२०८१ फाल्गुन २८ गते, बुधबार
ज्ञानेन्द्रलाई गद्दीमा फर्काउन चैत १ बाट राप्रपाले फेरि आन्दोलन थाल्ने
२०८१ फाल्गुन २६ गते, सोमबार
चौधरी र राउतले छिट्टै पार्टी एकता गर्ने
२०८१ फाल्गुन २६ गते, सोमबार
राजतन्त्रको पक्षमा मैले माहोल देखेको छैनः कांग्रेस सभापति देउवा
२०८१ फाल्गुन २६ गते, सोमबार
ज्ञानेन्द्र बोक्ने राजावादीहरुलाई सडकबाटै ठेगान लगाउनुपर्ने माओवादीको निश्कर्ष
२०८१ फाल्गुन २६ गते, सोमबार
मेरो बोल्ने समय एकदमै नजिक आउँदैछ, अब प्रतिक्षा लामो छैनः लामिछाने
२०८१ फाल्गुन २६ गते, सोमबार
काठमाडौं महानगरलाई राप्रपाले बुझायो जरिवाना
२०८१ फाल्गुन २६ गते, सोमबार
पूर्वराजा ज्ञानेन्द्रलाई त्रिभुवन विमानस्थलबाहिर भव्य स्वागत
२०८१ फाल्गुन २५ गते, आईतवार
साइत बिग्रने डरले दही खाएर काठमाडौं फर्किँदै पूर्व राजा ज्ञानेन्द्र
२०८१ फाल्गुन २५ गते, आईतवार
भ्रष्टाचारीको नेतृत्वमा सर्लाही कांग्रेस, देउवाले नै काखी च्यापेको आरोप
२०८१ फाल्गुन २५ गते, आईतवारलोकप्रिय

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार
मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार
शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने
२०८० भाद्र १ गते, शुक्रबार