देउवाले रेकर्ड नै बनाए

२०८० माघ २१ गते, आईतवार

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको इतिहासमा एउटा काम गरेर रेकर्ड नै राखेका छन् । पार्टी सञ्चालन गर्नेसहित अन्य केही कुरामा उनीसँग कसैको केही असन्तुष्टि भए पनि २०४८ सालदेखि निरन्तर संसद जितेर उनले रेकर्ड राखेका छन् ।

उनी २०४८, २०५१, २०५६ सालको प्रतिनिधिसभाको निर्वाचनमा विजयी भए । उनी २०६४ र २०७० सालको संविधानसभाका साथै २०७४ सालको र २०७९ सालको प्रतिनिधिसभाको निर्वाचनमा पनि विजयी भए । उनले कहिले दुई क्षेत्रबाट त कहिले एक क्षेत्रबाट निर्वाचन जिते । उनले आफ्नो गृहजिल्ला डडेलधुरा भनें छोडेका छैनन् । उनले कुनैकुनै निर्वाचनमा अन्य क्षेत्रमा पनि गएर निर्वाचन जिते । अहिले भनें एकैजना दुइवटा क्षेत्रमा उम्मेदवार हुन पाइँदैन । देउवाबाहेक अरु कसैले पनि निरन्तर ७ पटक निर्वाचन जितेका छैनन् । देउवा पाँच पटक प्रधानमन्त्री भएका छन् । उनले २०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार भएर मत माग्न जाँदा ज्योतिषीले आफूलाई सात पटकसम्म प्रधानमन्त्री हुने योग छ भनेर भनेको बताएका थिए । उनी नेपाली कांग्रेस संसदीय दलका नेतासमेत हुन् । ठूलो दलको हैसियतमा प्रधानमन्त्री बन्ने अवस्था आए देउवा फेरि पनि प्रधानमन्त्री बन्न सक्छन् ।

142 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal