सडक निर्माणमा लापरवाही गर्ने ठेकेदार खोज्दै सांसद भगबती चौधरी फिल्डमा

सुनसरी । रणनीतिक सडक निर्माणमा ठेकेदारको लापरवाही देखेपछि सांसद भगबती चौधरीले फिल्डमै उत्रिएर अनुगमन गरेकी छन् । गृहजिल्ला रहेकी चौधरीले सुनसरी क्षेत्र नं। ३ मा पर्ने रणनैतिक सडक निर्माणमा ठेकेदारले ढिलासुस्तीसँगै लापरवाही गरेको देखेपछि सडक डिभिजन कार्यालय विराटनगरका प्रमुख राजेन्द्रप्रसाद साहलाई फिल्डबाटै सडकको गुणस्तरीयता कायम गर्न निर्देशन दिएकी हुन् ।
रणनीतिक सडकको चतरा नहरबाट एकम्बा–चाँदबेला–औरावनी–छिटाहा–चिमडी देखि अमडुवासम्मको सडक खण्डको इनरुवा चाँदवेला क्षेत्रमा निरीक्षण गर्दा साइड ड्रेन निर्माणमा लापरवाही गरिएको, एकनासले ड्रेन निर्माण नगरेको तथा दैनिक धुलो, हिलोले स्थानीयबासी प्रताडित भएको पाएपछि सांसद चौधरीले लापरवाही गर्ने ठेकेदारलाई कारवाही गर्न कार्यालय प्रमुख साहलाई निर्देशन दिएकी हुन् ।
‘म अहिले चाँदबेला मै छु, काम त राम्रो भएको छैन । ठेकेदारलाई बोलाएर सोध्नुस, अनुगमन गर्नुस् ।’ चौधरीले सडक डिभिजन कार्यालयका प्रमुख साहलाई निर्देशन दिइन् ।
रणनीतिक सडकका लागि सांसद चौधरीले संघीय सरकारबाट बजेट विनियोजन गर्न ठूलै कसरत गरेकी थिइन् । गत आर्थिक वर्ष सांसद चौधरीकै प्रयासमा २० करोड रुपैंया विनियोजन भएको थियो भने, चालू आर्थिक वर्षका लागि १० करोड रुपैंया विनियोजन भएपनि सडक निर्माणको कामभने सुस्तगतीमा हुँदा स्थानीय आक्रान्त बनेका छन् ।
गत वर्षको फागुनदेखि बन्द रहेको सडक निर्माण कार्य केही दिन यता पुनः सूचारु भएपनि साईड ढलानमा लापरवाही र सुस्तगतीमा भइरहेको अनुगमनको क्रममा स्थानीयले सांसद चौधरीलाई जानकारी गराउँदै धुलो र हिलोले स्थानीयहरु सडकमा हिँड्नै नसक्ने अवस्था रहेको बताए ।
स्थानीय नेता कार्यकर्ता सहित क्षेत्रमा भइरहेका रणनीतिक सडक, पुल लगायत विकास निर्माणका कार्यहरुको अनुगमनमा रहेकी चौधरीले जनतालाई सास्ती नहुने गरी काम गर्न आयोजना प्रमुखलाई निर्देशन दिइन् । सो क्रममा प्रमुखले सडक निर्माणमा ठेकेदारबाट भएका लापरवाहीमा आवश्यक अनुसन्धान गरेर कारवाही गर्ने प्रतिबद्धता जनाए ।
ताजा

माओवादी आन्दोलन भारतीय गुप्तचर संस्था ‘रअ’ ले चलाएको मालेका महासचिव मैनालीको गम्भीर आरोप
२०८१ चैत्र ४ गते, सोमबार
माओवादी आन्दोलन भारतीय गुप्तचर संस्था ‘रअ’ ले चलाएको मालेका महासचिव मैनालीको गम्भीर आरोप
२०८१ चैत्र ४ गते, सोमबार
प्रचण्ड र ज्ञानेन्द्रलाई एउटै खोरमा थुन्ने सक्ने तागत एमाले–कांग्रेसमा छः दयाल बहादुर शाही
२०८१ चैत्र ४ गते, सोमबार
सुन्दा अचम्मः सिङ्गो दलित परिवार नै नागरिकताविहीन
२०८१ चैत्र ४ गते, सोमबार
एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा
२०८१ चैत्र ४ गते, सोमबार
फूल बिक्री गरेरै मासिक दुई लाख रुपैयाँ आम्दानी
२०८१ चैत्र ४ गते, सोमबार
श्रीमद् भागवत पुराण ज्ञान महायज्ञको उद्घाटन
२०८१ चैत्र ४ गते, सोमबार
धनगढीमा ग्यास सिलिन्डर विष्फोट तीन जना घाइते
२०८१ चैत्र ३ गते, आईतवार
समाजवादी मोर्चाले चैत १५ गते जनप्रदर्शन गर्ने
२०८१ चैत्र ३ गते, आईतवार
लोकगायक बद्री पंगेनी बने सजिलो नेटको ब्राण्ड एम्बासडर
२०८१ चैत्र ३ गते, आईतवार
प्रमोद खरेलको स्वरमा ’मायाको व्यापार’ गीत सार्वजनिक
२०८१ चैत्र ३ गते, आईतवारलोकप्रिय

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार
मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार
शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने
२०८० भाद्र १ गते, शुक्रबार