सिजनल ज्वरोका कारण मुगुमा ३ को मृत्यु

२०८० माघ ११ गते, बिहीबार

मुगु । मुगुको सोरुगाउँपालिका ६ पुरुमुरु गाउँमा सिजनल भाइरल ज्वरोले ३ जनाको मृत्यू भएको छ । सिजनल ज्वरोका कारण एक साता यता मृत्यू हुनेमा सोरु गाँउपालिका ६ पुरुमुरु गाँउका बर्ष ७२ का हरिबहादुर शाही, बर्ष ७५ की कृति छत्याल र बर्ष २४ की कुशुम ढोली रहेका छन् ।

पुरुमुरु, जिमा, भिई, नार्थपु, सिप, ख्याल्च, वुम्चलगायतका दर्जन बढी बस्तीका घरघरमा ज्वरो,रुगाखोकि लाग्ने,श्वास फेर्न गार्हो हुने, टाउको दुख्र्ने र नाक मुख सुख्खा हुने जस्ता लक्ष्यण देखिने बिरामीहरु रहेका छन् । बिरामीहरुले सिटामोलसमेत नपाउँदा थप बिरामीहरुको संख्या बढदै गएको हो ।

जिल्ला स्वास्थ्य कार्यँलय मुगुको डाक्टर सहीतको टोलीले मंगलबार सोरु गाँउपालिका ६ पुरुमुरु र जिमा गाँउका १ सय ५० जना भन्दा बढीलाई स्वास्थ्य परिक्षण गरी रुगा, खोकी ज्वरो, शरीर दुखेको औषधी बितरण गरिएको र कोभिड, मलेरीया, औलोलगायतको समेत चेक गरिएको खासै अन्य कुनै पनि भाइरस नदेखिएको र केही स्थानीय नागरिकहरुको स्वाप परिक्षणको लागी सुर्खेत पठाएका छौ त्यसको रिपोर्ट आएपछि मात्र कुन भाइरस हो भन्न सकिन्छ ।

विरामीका लक्षण हेर्दा मौसमी भाइरस हुन सक्ने जिल्ला अस्पताल मुगुका डाक्टर कमल ढुङ्गानाले बताए ।

143 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal